शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नियम विपरित सुविधा लिएको छैन् ,मलाई बदनाम गर्न खोजियो : निवर्तमान मेयर श्रेष्ठ (भिडिओ सहित)
नियम विपरित सुविधा लिएको छैन् ,मलाई बदनाम गर्न खोजियो : निवर्तमान मेयर श्रेष्ठ (भिडिओ सहित)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, साउन २७, २०७९
DSC_0122
बेनी। म्याग्दीको बेनी नगरपालिकाका निवर्तमान प्रमुख हरिकुमार श्रेष्ठले नियम विपरित सुविधा नलिएको बताउनुभएको छ । नगरपालिकामा विहिबार पत्रकारहरुसंग भेटघाट गर्दै श्रेष्ठले प्रदेशसभाले बनाएको कानुन अनुसार जनप्रतिनिधीको हैसियतमा आफ्नो खातामा जम्मा भएको रकम पुर्व घोषणा अनुसार सामाजिक क्षेत्रमा खर्चने दोहो¥याउनुभयो । प्रदेश सरकारले कानुन नबनाउँदा सम्म पेन्सन मात्र लिएको र पछि दोहोरो सुविधा पाउने गरी कानुनी व्यवस्था भएपछि मात्र आफ्नो खातामा रकम जम्मा भएको उहाँले बताउनुभयो । ‘म लगायत बेनी नगरपालिकाका तत्कालीन चार जना जनप्रतिनिधीले प्रदेशले कानुन नबनाउनदाँसम्म पेन्सन मात्र लिएका थियौं । प्रदेश सरकार कानुनले पेन्सन र जनप्रतिनिधीको सुविधा लिन पाउने व्यवस्था गरेपछि मात्रै कर्मचारीहरुले अन्यत्रको अभ्यास बुझेर र सुझाव लिएर हाम्रो खातामा दुई वर्षको सुविधा वापतको एकमुष्ट रकम जम्मा गर्नुभएको थियो,’ श्रेष्ठले भन्नुभयो ‘सम्परीक्षणको क्रममा रहेको महालेखाको प्रतिवेदनलाई आधार मानेर एकोहोरो प्रचार र बदनाम गर्न खोजिएकोमा दुखित छु ।’ भिडिओ हेर्नुहोस् https://fb.watch/eRozdY4Pkg/ महालेखाको ५८ औ प्रतिवेदनमा तत्कालिन नगरप्रमुख श्रेष्ठले १० लाख ८ हजार ६ सय ७५,वडा नम्बर ४ का वडाध्यक्ष गोविन्द पौडेलले ६ लाख ६७ हजार दुईसय ८०, बेनी नगरपालिका १ का वडा सदस्य टेकबहादुर थापाले तिन लाख ५६ हजार चारसय र वडा नम्बर ६ का वडा सदस्य दयासागर शर्माले तिन लाख ५६ हजार चारसय रुपैयाँ दोहोरो सुविधा लिएको उल्लेख छ । हाल नगरपालिकाका वडा अध्यक्ष रहेका थापाले स्थानीय तह निर्वाचनका क्रममा बेरुजु फस्यौट गर्नुभएको थियो । पुर्व नगरप्रमुख श्रेष्ठले महालेखा नियन्त्रक टंकमणी शर्मा लगायतका अधिकारीहरुले प्रदेश कानुन अनुसार लिएको सुविधा बेरुजुको शिर्षकबाट हटाउने बताएकाले आफूहरुले थप प्रक्रीया अघि नबढाएको र महालेखाले सम्परीक्षण नगरे उ विरुद्ध अदालत जाने बताउनुभयो । श्रेष्ठले जनप्रतिनिधीको हैसियतमा सुविधा वापत पाएको रकम छुट्टै बैंक खातामा जम्मा भएको बताउनुभयो । सो रकम आवश्यकता अनुसार विपद् व्यवस्थापन र गरिव विपन्न बालबालिकाको शिक्षामा परिचालन गर्ने बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले आफूहरुले सम्परक्षिणका लागि सफ्टवेयरमा अपलोड गरेको कागजात समावेश नहुँदा जनप्रतिनिधीले दोहोरो सुबिधा लिएको देखिएको र त्यसलाई हटाउन आवश्यक प्रक्रिया भइसकेको बताउनुभयो ।  
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९  ०६:५७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP