शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बाढी पहिरो पीडितलाई लायन्स क्लबको सहयोग
बाढी पहिरो पीडितलाई लायन्स क्लबको सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ ५, २०७९
viber_image_2022-08-21_21-46-47-271
दरबाङ। म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २,३, ४ र ५ का बाढी पहिरो पीडितलाई लायन्स क्लबले सहयोग राहत सामग्री वितरण गरेको छ । लायन्स क्लब अफ म्याग्दी दरबाङको पहलमा लायन्स अन्तर्राष्ट्रिय एलसी आइएफको डिजास्टार रिलिफ इमरजेन्सी ग्राण्ड र डिष्ट्रक ३२५ आई नेपालको डिजास्टर फण्डबाट प्राप्त आपतकालिन सामग्री वितरण गरिएको गाउँपालिकाका ४ वटा वडाका बाढी पहिरो पीडितलाई राहत सामग्री वितरण गरिएको लायन्स क्लब अफ म्याग्दी दरबाङका अध्यक्ष थम्मन गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार,१७साउनमा आएको अविरल बर्षातका कारण आएको बाढी पहिरो पीडित परिवारलाई आवश्यकता अनुसार भाँडाकुडा देखि दैनिक उपभोग्य खाद्यान्न सामग्री वितरण गरिएको हो । वडा नम्बर २ को बेली ,गाल्दाका ७ ,वडा नम्बर ३ मा शेर र जिमिरेका २ ,वडा नम्बर ४ का महभिर र छिपछिपे गरी ६ तथा वडा नम्बर ५ का रुन्मा र ओखलढुङ्गाका ८ परिवारलाई राहत सामग्री वितरण गरिएकाे छ। प्रति परिवार दश हजार रुपैयाँका दरले भाँडाकुँडादेखि खाद्यान्न राहत सामग्री वितरण गरिएको हो । वडाका जनप्रतिनिधिले सिफारिस गरिएका बाढी पहिरो पीडित परिवारलाई राहत वितरण गरिएको उहाँले बताउनुभयो । लायन्स क्लब अफ म्याग्दी दरबाङका अध्यक्ष गौतमको नेतृत्वमा वडाका जनप्रतिनिधि ,इप्रका दरबाङका प्रतिनिधि र स्थानीयको पस्थितीमा उक्त राहत सामग्री पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो । रिजन चियरपर्सन मोतिराज गौतमले मालिका गाउँपालिका संगै मंगला गाउँपालिकाका विभिन्न वडाका बाढी परिहो पीडितलाई समेत राहत सामग्री वितरण गरिने जानकारी दिनुभयो । १७ साउनमा अविरल बर्षात संगै वस्ती माथिबाट खसको पहिरोले पुरिएर गाल्दामा एकै परिवारको ज्यान गरएको थियो ।  
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  २२:१९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP