शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • कांगेस म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’बाट ८ जना र ‘ख’बाट ९ जनाको नाम सिफारिस
कांगेस म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’बाट ८ जना र ‘ख’बाट ९ जनाको नाम सिफारिस
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, भदौ १३, २०७९
congress myagdi 1 and 2
बेनी । आगमी मंसिर ०४ मा हुने निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीको प्रदेश सभा क्षेत्र ‘क’ र ‘ख’ले उम्मेद्वारहरुको नाम जिल्लालाई सिफारिस गरेका छन् । सोमबार सदरमुकाम बेनीमा सम्पन्न प्रदेश ‘क’को भेलाबाट प्रत्यक्षतर्फ हरिकुमार श्रेष्ठ, ओम छन्त्याल, क्या. मिनबहादुर कार्की, क्या. डमबहादुर गर्बुजा र सामानुपातिकतर्फ बिमला गौचन, अनोद श्रेष्ठ, मुकुन्द छन्त्याल र कमल विश्वकर्माको नाम सिफारिस गरिएको प्रदेश सभा क्षेत्र ‘क’ ले जनाएको छ । त्यस्तै दरबाङमा सम्पन्न प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’को भेलाबाट प्रत्यक्षतर्फ युवा नेता मनमोहन बुढाथोकी छन्त्याललाई उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गरी सिफारिस गरिएको छ । भने संघको समानुपातिक युवा नेता श्रीप्रसाद रोका मगरलाई सिफारिस गरिएको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’का सभापति टंकप्रसाद पुनले जानकारी दिनुभयो । उहाँका अनुसार,प्रदेशको समानुपातिकतर्फ खिमबहादुर पुर्जा,देविकुमारी बुढा ,यामबहादुर हर्मेल ,तमबहादुर थापा ,तेजिन्द्र थापा, कमरा पटेल र अपाङ्गताबाट सुरेन्द्र खत्रीलाई सिफारिस गरिएको छ । प्रत्यक्षतर्फका उम्मेद्वार छन्त्याल नेपाल छन्त्याल संघको केन्द्रीय अध्यक्ष हुनुहुन्छ भने नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रीय तदर्थ कार्यसमिति सदस्य समेत हुनुहुन्छ । राजनिक संगै युवा नेता छन्त्याल सामाजिक क्षेत्रमा पनि क्रियाशिल हुनुहुन्छ ।रोका निवर्तमान मालिका गाउँपालिका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि ,तरुणदल म्याग्दीका उपाध्यक्ष हुनुहुन्छ । पुर्जा प्रदेश महाधिवेशनको प्रतिनिधि ,बुढा महाधिवेशन प्रतिनिधि ,हर्मेल महाधिवेशनको प्रतिनिधि ,पुर्व महाधिवेशन प्रतिनिधि ,तेजिन्द्र थापा प्रदेश सभा ‘ख’को उपसभापति ,पटेल पुर्व क्षेत्रीय सदस्य,प्रदेश महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । सभापति पुनले बैठकले पार्टी संगठनलाई थप सुदृढ र बलियो बनाउने निर्णय समेत बताउनुभयो ।गठबन्धनलाई बलियो बनाउन पार्टीले पहल गर्ने सभापति पुनले बताउनुभयो । पार्टीेको केन्द्रीय कार्यतालिका अनुसार प्रदेशसभाबाट जिल्ला हुँदै प्रदेश समितिमा पठाइने छ । उम्मेदवार सिफारिसमा प्रत्यक्षतर्फका श्रेष्ठ पार्टी उपसभापति र बेनी नगरपालिकाका निवर्तमान मेयर, गबुर्जा अन्नपूर्ण गाउँपालिकाका निर्वतमान अध्यक्ष, छन्त्याल ,प्रदेश सभा ‘क’का सभापति छन्त्याल, निर्वतमान पार्टी सचिव हुनुहुन्छ। त्यस्तै समानुपातितर्फ गौचन पार्टी प्रदेश कार्यसमिति सदस्य तथा महिला संघ म्याग्दीकी अध्यक्ष, श्रेष्ठ प्रदेश कार्यसमितिका सदस्य, मुकुन छन्त्याल तरुण दल म्याग्दीका अध्यक्ष र विक दलित अगुवा हुनुहुन्छ । केन्द्रिय मापदण्ड अनुसार तोकिएका उम्मेदवार बाहेक धेरै आकांक्षी भए जिल्लामै मतदान प्रक्रियाबाट छनौट गर्नुपर्ने छ ।  
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  २३:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP