बेनी ।आगमी ०४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि नेपाली कांग्रेस म्याग्दीबाट १४ जना आकांक्षीहरु देखिएका छन् । बुधबार बेनी स्थित पार्टी कार्यालयमा बसेको बैठकमा प्रत्यक्षतर्फ सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’,सविधान सभा सदस्य रेशमबहादुर बानियाँ ,उपसभापति केवी भण्डारी र पुर्व सह–सभापति नेत्रबहादुर महतले प्रतिनिधि सभा टिकटका लागि नाम टिपाउनुभएको छ ।
त्यस्तै समानुपातिकतर्फ निवर्तमान उपसभापति माधवप्रसाद रेग्मी,सचिव हिराबहादुर पुन ,मनकुमारी विश्वकर्मा ,विनाकुमारी खड्का ,मालिका गाउँपालिकाका निवर्तमान अध्यक्ष श्रीप्रसाद रोका मगर,भिमबहादुर रोका मगर ,दिलबहादुर बरुवाल,गोपाल बानियाँ ,प्रताप पुर्जा र त्रिलोकचन्द विश्कर्माले नाम टिपाउनुभएको कांग्रेस म्याग्दीले जनाएको छ । भोली विहिबार थप छललफल गरेर मात्र आकांक्षी उम्मेद्वारहरुको नामावली प्रदेशमा सिफारीस गर्ने सचिव हिरबहादुर पुनले जानकारी दिनुभयो ।
याे पनि...
[embed]https://myagdinews.com/2022/08/62208/[/embed]
प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९ १६:५७