शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधिसभामा आकांक्षी उम्मेदवारको नाम सिफारिस
नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधिसभामा आकांक्षी उम्मेदवारको नाम सिफारिस
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, भदौ १८, २०७९
Nirbachan 2
बेनी । आगामी ०४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि नेपाली कांग्रेस म्याग्दीबाट प्रत्यक्षतर्फ ३ जनाको नाम सहित ३२ जना आकांक्षीहरुको नाम सिफारिस गरेको छ । शुक्रवार सम्पन्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र गण्डकी प्रदेश प्रतिनिधि समेतको बैठकबाट प्रदेश निर्वाचन क्षेत्रबाट आएको सिफारिस र जिल्ला कार्य समितिको बैठकमा उम्मेदवार बन्न आकांक्षा राखेका व्यक्तिहरुको नाम प्रदेश समितिमा सिफारिस गरिएको जनाइएको छ । बैठकबाट प्रतिनिधि सभाको प्रत्येक्षतर्फ ३ र समानुपातीकमा ११ जना, प्रदेश निर्वाचन क्षेत्र क मा प्रत्यक्ष र समानुपातीकमा ४/४ जना र ख मा प्रत्यक्षतर्फ १ र समानुपातीकतर्फ ९ जनाको नाम पार्टीको गण्डकी प्रदेश समितिमा सिफारिस गरेको जिल्ला सचिब हिराबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार, उम्मेदवार बन्न इच्छुक व्यक्तिहरुको नामावलीलाई जिल्ला समितिको बैठकले थपघट नगरिकन सिफारिस गरेको हो । बैठकको सुरुवातमा प्रतिनिधिसभाको उम्मेदवार बन्न इच्छुक देखिनुभएका नेत्र महत समानुपातीक तर्फ बस्न राजी भएपछि प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारमा तीन जनाको मात्रै नाम सिफारिस गरिएको जनाइएको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’, संविधान सभा सदस्य रेशमबहादुर बानियाँ र पार्टी जिल्ला उप–सभापति कर्णबहादुर भण्डारी (केवी) सिफारिस हुनुभएको जिल्ला सचिब पुनले जानकारी दिनुभयो । त्यस्तै प्रतिनिधिसभा तर्फकै समानुपातिकतर्फ माधवप्रसाद रेग्मी, नेत्रबहादुर महत, हिराबहादुर पुन, मनकुमारी विश्वकर्मा,विनाकुमारी खड्का, श्रीप्रसाद रोका मगर, भिमबहादुर रोका मगर ,दिलबहादुर बरुवाल, गोपाल बानियाँ, प्रताप पुर्जा र त्रिलोकचन्द विश्कर्माको नाम सिफारिस भएको छ । त्यसैगरि प्रदेश सभा क्षेत्र ‘क’ र ‘ख’ बाट समेत आएका उम्मेदवारहरुको नामलाई जिल्ला समितिले प्रदेश समितिमा सिफारिस गरेको छ । प्रदेश ‘क’ मा प्रत्यक्षतर्फको उम्मेदवारमा हरिकुमार श्रेष्ठ, ओम छन्त्याल, क्याप्टेन मिनबहादुर कार्की, क्याप्टेन डमबहादुर गर्बुजा सिफारिस हुनुभएको छ । त्यसैगरि सामानुपातिकतर्फ बिमला गौचन, अनोद श्रेष्ठ, मुकुन्द छन्त्याल र कमल विश्वकर्माको नाम सिफारिस गरिएको छ । त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’मा प्रत्यक्षतर्फ मनमोहन बुढाथोकी छन्त्याललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरी सिफारिस गरिएको छ भने समानुपातिकतर्फ खिमबहादुर पुर्जा, देविकुमारी बुढा ,यामबहादुर हर्मेल ,तमबहादुर थापा ,तेजिन्द्र थापा, कमरा पटेल, दिलबहादुर विक, रामदेवी पुन र सुरेन्द्र खत्रीको नाम सिफारिस गरिएको छ । निर्वाचनमा सिफारिस हुने उम्मेदवारलाई केन्द्रबाट तोकिएको मापदण्डलाई भने उल्लंघन गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभामा आकांक्षी धेरै भए मतदानको माध्यमबाट भएपनि उम्मेदवार बनाउन माग गरिएकोमा आकांक्षी सबैको नाम पठाइएको छ ।  
प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  १४:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP