शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • म्याग्दीले १३ स्वर्ण, २१ रजत र ३० कास्य जित्यो
म्याग्दीले १३ स्वर्ण, २१ रजत र ३० कास्य जित्यो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, भदौ २१, २०७९
म्याग्दी । आगामी असोज २६ गतेदेखि गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पोखरामा सम्पन्न भएको छनौट खेलमा म्याग्दीले १३ वटा स्वर्ण पदक जितेको छ ।गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा विहिबारदेखि पोखरामा संचालन भएको प्रतियोगितामा म्याग्दीले विभिन्न १४ विधाका खेलमा सहभागीता जनाएको थियो । जिल्लाबाट करिव दुई सय जना खेलाडी सहभागी उक्त १४ विधाका खेलबाट जिल्लाले १३ स्वर्ण, २१ रजत र ३० कास्य पदक जित्न सफल भएको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । छनौट प्रतियोगिताबाट राष्ट्रिय खेलकुदमा म्याग्दीका ३२ जना खेलाडी छनौट भएका अध्यक्ष केसीले बताउनुभयो । उनिहरुले बन्द प्रशिक्षणमा सहभागी भई नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट भाग लिनेछन । एथलेटिक्समा लङजमतर्फ १ रजत, तेकवान्दो तर्फ २ स्वर्ण, ५ रजत र ११ कास्य पदक जितेको छ । भने २ जना राष्ट्रिय खेलमा छनौट भएका छन । करातेतर्फ ६ स्वर्ण, १ रजत र ८ कास्य जितेको छ भने ३ जना खेलाडी छनौटमा परेका छन । त्यस्तै उसुतर्फ २ स्वर्ण, ३ रजत र २ कास्य जितेको छ भने दुई स्वर्ण र २ रतज जितेका गरि ४ जना खेलाडी छनौट भएका छन ।   स्वर्ण पदक जितेको महिला भलिबलबाट ८ जना र पुरुष भलिबलबाट १ जना राष्ट्रिय खेलकुदका लागि छनौटमा परेको अध्यक्ष केसीले बताउनुभयो । बक्सिङतर्फ धवलागिरी गाउँपालिका ६ मराङकी एलिना गर्वुजाले स्वर्ण पदक जित्नुभएको थियो । उहाँ पनि राष्ट्रिय खेलकुदमा छनौट हुनुभएको छ । बास्केटवलमा पुरुषले रजत र महिलाले स्वर्ण पदक प्राप्त गरेका छन । पुरुष र महिला दुवैतर्फबाट ४÷४ जना खेलाडी राष्ट्रिय खेलमा छनौट भएका छन । महिला फुटवलबाट २ जना राष्ट्रिय खेलका लागि छनौट भएका छन । कवडी खेलमा महिलाले रजत र पुरुष कास्य पदक जितेका थिए । पुरुषका ३ र महिलाका ४ जना खेलाडी राष्ट्रिय खेलमा खेल्ने भएका छन । टेवल टेनिसमा कास्य पदक जितेको म्याग्दीबाट ४ जना र आर्चरीबाट दुई खेलाडी छनौटमा परेका छन । ७ रजत र ५ कास्य जितेको आइटिएफ तेक्वान्दोखेलबाट १ जना छनौट भएका छन ।   प्रतिभाशाली खेलाडीको छनौट, खेलाडीलाई कडा प्रशिक्षण, सवै खेलहरुमा टिम कोच तथा व्यवस्थापकको व्यवस्थापन, खेलकुद विकास समिति तथा विधागत समितिहरुको सक्रियता एवम् खेलाडीहरुको मेहनत र लगनशिलताले जिल्लाले विगतका बर्षहरुमा भन्दा यसबर्ष उत्कृष्ट नजिता प्राप्त गरेको समितिका अध्यक्ष केसीको भनाई छ । प्रतियोगितामा खट्ने प्रशिक्षक तथा व्यवस्थापकहरुलाई आभार प्रकट गर्दै अध्यक्ष केसीले जिल्लालाई पदक दिलाउन सफल खेलाडीहरुलाई सम्मान तथा बधाई ज्ञापनको कार्यक्रम पनि छिट्टैनै आयोजना गर्ने बताउनुभयो । महिला भलिबलको मुख्य प्रशिक्षकमा म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ र टिम व्यवस्थापकमा मलिन रोका, पुरुष भलिबलको प्रशिक्षकमा कुमार किसान र टिम व्यवस्थापकमा बाबुराम चोखाल, आर्चरीको प्रशिक्षकमा संघका अध्यक्ष डम प्रसाद पुन र टिम व्यवस्थापकमा तारामान रोका रहनुभएको थियो ।   महिला फुटवलको प्रशिक्षकमा सौगात गुरुङ र पुरुष फुटवलको प्रशिक्षकमा निशान गुरुङ, साजन फगामी र टिम व्यवस्थापकमा फुटवल संघका अध्यक्ष दिलिप बुढाथोकी रहनुभएको थियो । त्यस्तै एथलेटिक्सको प्रशिक्षकमा विनोद घर्ती र टिम व्यवस्थापकमा दिपेन राई, कराँतेको प्रशिक्षकमा विरेन्द्र श्रेष्ठ र व्यवस्थापकमा चन्द्र वुढाथोकी, कवड्ढीको प्रशिक्षकमा राजकुमार परियार र टिम व्यवस्थापकमा सन्तोष परियार र उसुका प्रशिक्षकमा विकल कँडेल हुनुहुन्थ्यो । टेवल टेनिको प्रशिक्षकमा प्रविण श्रेष्ठ, आइटिएफ टेक्वान्दोको प्रशिक्षकमा विवश वुढा मगर, पुरुष बास्केटवलको प्रशिक्षकमा विसन राना र महिला वास्केटवलको प्रशिक्षकमा एकिन पुर्जा रहनुभएको थियो ।  
प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  १७:३०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP