शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दग्नाममा वडा स्तरीय भदौरे गाउँसभा, १८ बुँदे स्थानीय नीति पारित
दग्नाममा वडा स्तरीय भदौरे गाउँसभा, १८ बुँदे स्थानीय नीति पारित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, भदौ २७, २०७९
IMG_9254-copy-1536x872-1
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा यस वर्षको वडा स्तरीय भदौरे गाउँसभा सम्पन्न भएको छ । शनिबार वडा कार्यालयको आयोजनामा भएको आम भेलाले गाउँको मौलिक रीतिथिति, सामाजिक व्यवहार, स्थानीय उत्पादनको खरिद–बिक्री तथा मजदुरीसम्बन्धी दरभाउ समेटिएको १८ बुँदे स्थानीय नीति तथा नियम बहुमतबाट पारित गरेको हो । हरेक वर्ष भदौ महिनामा गाउँवासीलाई एक ठाउँमा भेला गराई आगामी एक वर्षका लागि गाउँमा लागू हुने मौलिक परम्परा, रीतिथिति तथा सामाजिक नियम तय गर्ने परम्परा रहँदै आएको छ । कृषकले मकै थन्क्याएर कोदो रोपेपछि भदौ महिनामा आयोजना गरिने भएकाले यस भेलालाई ‘भदौरे सभा’ भन्ने गरिएको वडा सदस्य कुमारी पुर्जा गर्बुजाले बताउनुभयो । गाउँको रीतिथिति व्यवस्थापन गर्न हरेक वर्ष भदौमा जनप्रतिनिधिले दग्नामवासीलाई भेला गराई मौलिक परम्परा तथा सामाजिक व्यवहारसम्बन्धी नीति–नियम तय गर्दै आएको वडा अध्यक्ष पविन गर्बुजाले बताउनुभयो । आम भेलाबाट स्वीकृत नियम समुदायले पालना नगरेमा वडा कार्यालयबाट प्राप्त हुने सेवा–सुविधाबाट वञ्चित गरिने उहाँले जानकारी दिनुभयो । सभाका लागि वडा कार्यालयमा रहेका ६ वटै टोलका संयोजक, भद्रभलाद्मी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा निर्वाचित जनप्रतिनिधिबीच छलफल गरी १८ बुँदे प्रस्ताव तयार पारिएको थियो । सो प्रस्तावमाथि आम भेलामा छलफल गरी बहुमतबाट अनुमोदन गरिएको हो ।

वडामा उत्पादन हुने रैथाने बाली तथा स्थानीय वस्तुको मूल्यसमेत निर्धारण गरिएको छ । आलु प्रतिपाथी रु. २००, मकै रु. २००, कोदो रु. २५०, जौ रु. २००, गहुँ रु. २००, औवा रु. २००, सिमी रु. ७००, भटमास रु. ४००, केराउ रु. ४००, रजुला रु. ७००, बोडी रु. ७०० र फापर रु. २५० कायम गरिएको छ । त्यसैगरी पेय पदार्थ रक्सी प्रतिजम्मु रु. १५०, जाँड प्रतिजम्मु रु. १००, घिउ र मह प्रतिमाना रु. १,०००, बेसार प्रतिमाना रु. १५० तथा टिम्मुर प्रतिमाना रु. ४०० निर्धारण गरिएको छ ।

खेतीपातीको ज्यालातर्फ असार र साउन महिनामा खाजासहित रु. ७०० तथा खाजाबिनाको रु. ८०० कायम गरिएको छ । यस अवधिमा बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म काम गर्नुपर्ने व्यवस्था गरिएको छ । अन्य महिनामा खाजासहित रु. ६०० ज्याला तोकिएको छ भने बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म कार्यसमय निर्धारण गरिएको छ ।

मिस्त्रीतर्फ दक्ष कामदारको दैनिक ज्याला रु. १,०००, अर्धदक्षको रु. ९०० र अदक्षको रु. ८०० तोकिएको छ । खेतको गारो लगाउने कामका लागि रु. ७००, हलगोरु र हलीसहित एक दिनको रु. १,६००, आरा काट्ने जोडीको दैनिक रु. २,००० तथा मेसिनबाट काठ चिर्ने कार्यका लागि प्रतिघण्टा रु. १,५०० कायम गरिएको अध्यक्ष गर्बुजाले बताउनुभयो । यी मजदुरी, दरभाउ तथा नीति–नियम रघुगंगा गाउँपालिका–४ दग्नाम वडा क्षेत्रभित्र मात्रै लागू हुने जनाइएको छ । सभामा गाउँका मौलिक सामाजिक मूल्य–मान्यता तथा अनुशासनलाई निरन्तरता दिने विषयमा पनि छलफल भएको थियो । कार्यक्रमपछि गाउँवासीले वर्षभरि एकअर्काप्रति अभद्र व्यवहार नगर्ने, बन्देज लगाइएका क्षेत्रमा पशुचौपाया छाडा नछाड्ने तथा चोरी, डकैतीलगायत अधर्मजन्य कार्य नगर्ने सामूहिक प्रतिबद्धता जनाउने परम्परा रहेको छ । भेलामा गाउँमा रहेका विभिन्न संघ–संस्थाले आर्थिक वर्ष २०७८/०७९ को आय–व्ययसमेत सार्वजनिक गरेका थिए । विवरण प्रस्तुत गर्ने संस्थामा जनता माध्यमिक विद्यालय, सामुदायिक वन उपभोक्ता समिति, नाङ्गीदेवी आमा समूह, सिद्धभूमे आमा समूह, धौलागिरि बहुउद्देश्यीय सहकारी संस्था, एकता युवा क्लब, दग्नाम स्वास्थ्य चौकी, नाङ्गीदेवी तथा भूमेथान संरक्षण समिति, पुर्ख्यौली संरक्षण समिति र दग्नाम नौमती बाजा समूह रहेका छन् । नीति निर्माण तथा छलफल कार्यक्रममा वडाध्यक्ष, वडा सदस्य, आमा समूहका प्रतिनिधि, क्लबका पदाधिकारी, स्वास्थ्य चौकी प्रमुख, वन उपभोक्ता समितिका प्रतिनिधि, कर्मचारी, भद्रभलाद्मी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता सहभागिता रहेको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  २२:५८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP