शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी सहकारीको १५औं बार्षिक साधारणसभा ,सदस्यहरुलाई १० प्रतिशत लाभांश प्रदान गर्ने (तस्बिरहरु )
म्याग्दी सहकारीको १५औं बार्षिक साधारणसभा ,सदस्यहरुलाई १० प्रतिशत लाभांश प्रदान गर्ने (तस्बिरहरु )
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असोज ८, २०७९
308502202_2566012260220141_5802361105615305527_n
काठमाडौं ।काठमाडौंमा १५ वर्ष पहिले स्थापना भएको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार राजधानीको सामाखुशीमा साधारणसभा सम्पन्न भएको हो । अध्यक्ष थदेवी पुनको अध्यक्षतामा सम्पन्न सहकारीको साधारणसभाको उद्घाटन संस्थाका बरिष्ठ सल्लाहकार डा. ज्योति शेरचनले गर्नुभयो ।संस्थाले आर्थिक वर्ष २०७८÷७९ मा ७ करोड ४४ लाख शेयर पूँजी, ३८ करोड ४० लाख बचत संकलन र ४२ करोड ६८ लाख कर्जा लगानी गरी बाँडफाँड योग्य मुनाफा २ करोड १४ लाख मुनाफा आर्जन गरेको हुनाले सो साधारणसभाले सदस्यहरुलाई १० प्रतिशत शेयर लाभाँश प्रदान गर्ने निर्णय गरेको छ । कुल २०१५सदस्य रहेको यस संस्थाले उत्कृष्ट बचत कारोवार गर्नु हुने सदस्यहरु कृष्णकुमारी छन्त्याल,हर्कनारायण घर्तिमगर,तमती गर्बुजा र विद्या खनाललाई कदर पत्रले सम्मान गरेको छ भने असल कर्जा कारोवार गर्नु हुने टिकाभक्ति क्षेत्री र टनसुवा फगामीलाई कदर पत्र प्रदान गरेको छ । कार्यक्रममा स्थापनाकालदेखि संस्थालाई योगदान पु¥याएका सहकारी अभियन्ता डिल्लीराम तिवारीलाई दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो । उक्त अवसरमा बचत तथा ऋणमा महत्वपूर्ण योगदान पु¥याएका ३५ जना नयाँ सदस्यहरुलाई शेयर प्रमाण पत्र प्रदान गरिएको थियो । साधारणसभाले अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन,लेखा समितिको प्रतिवेदन,लेखा परिक्षकको प्रतिवेदन, संरक्षित पूँजीफिर्ता कोष,आर्थिक बर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र अनुमानित बजेटलाई स्वीकृत गर्नुका साथै आर्थिक बर्ष २०७९÷०८० को लागि लेखा परिक्षकको नियुक्ती र पारिश्रमिक सम्बन्धी प्रस्तावलाई स्वीकृत गरेको छ । साधारणसभालाई सम्बोधन गर्दै डा.शेरचनले सहकारीलाई ठूलो क्षेत्रमा भन्दा असल संस्थाकोरुपमा विस्तार गर्न चाहेको बताउनुभयो । सहकारी अभियन्ता डिल्लीराम तिवारीले म्याग्दी सहकारी सफल हुनुमा म्याग्देलीहरुको सामुहिक सहभागिता र इमान्दारीता प्रमुख विशेषता भएकोले यसको भविष्य उज्ज्वल रहेको बताउनुहुँदै यहाँ व्यक्तिगत स्वार्थ भन्ने आसय र शब्द १५ वर्षको यात्रामा कहिलै अनुभूति नगरेका स्मरण गर्नुभयो । त्यसैगरी साधारणसभा धौलागिरी सहकारी समुहका संयोजक यामबहादुर श्रेष्ठ र राष्ट्रिय सहकारी बैंकका गोंगबु शाखाका प्रबन्धक विनोद भट्टराईले शुभकामना मन्तव्य दिने क्रममा म्याग्दी सहकारीको वित्तिय कारोवार र अवस्थाका सकरात्मक पक्षका बारेमा प्रशंसा गर्नु भएको थियो ।नयाँ शेयर सदस्यहरुको तर्फबाट म्याग्दीको साविक ओबरबोट गाविस स्थायी घरभई हाल राजधानीमा बसोबास गर्दै आउनुभएका उद्यमी तथा व्यवसायी तथा १० थकालीका जेठा धनबहादुर शेरचनले लामो समय पछि म्याग्देलीहरुले स्थापना गरेको यस सहकारीमा सदस्य बनी सामुहिक रुपमा प्रमाण पत्र ग्रहण गर्दाको क्षण मेरो लागि निकै महत्वपूर्ण रहेको बताउनु हुँदै यसको वित्तिय अवस्था अत्यन्तै राम्रो रहेकोले म सदस्य बनेको हुँ त्यसैले अरुलाई पनि सदस्य बन्न आब्हान गर्छु भन्नुभयो । संस्थाका उपाध्यक्ष सुशिला शेरचनको स्वागत मन्तव्य र कार्यकारी प्रमुख दिपबहादुर छन्त्यालबाट संचालित सो कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन प्रबन्धक विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नु भएको थियो भने शेयर सदस्य तथा लोक गायक खडग गर्बुजा र संचालक राजन भुजेल र पुराना गायीका धनकुमारी गौचनले केहि लोकप्रिय गीतहरु प्रस्तुत गर्नु भएको थियो ।
प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  २१:१४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP