शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनपा -७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
बेनपा -७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असोज ८, २०७९
Beni 7 ward office
बेनी। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीमा सञ्चालन हुने महिला भलिबल र तेक्वान्दोको खेललाई व्यवस्थित बनाउन बेनी नगरपालिका–७ ,मा विभिन्न उपसमिति गठन भएको छ । वडा अध्यक्ष रमेशकुमार श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको जनप्रतिनिधी, टोल सुधार समिति र संघ संस्थाका प्रतिनिधीहरुले म्याग्दीमा भित्रिएको भलिबल र तेक्वान्दोको राष्ट्रिय प्रतियोगितालाई सफल बनाउन उपसमिति बनाएको हो । “म्याग्दीमा राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने ऐतिहाँसिक अवसरले हामीलाई उत्साहित बनाएको छ,” वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो “हाम्रै वडामा सञ्चालन हुने प्रतियोगितामा देशभरबाट आउने खेलाडी, प्रशिक्षक, अफिसियल अतिथि, खेलप्रेमीलाई न्यानो आतिथ्यताका लागि उपसमिति बनाएका हौ ।” वडा सदस्य सृजना श्रेष्ठको संयोजकत्वमा अतिथि सत्कार, सुजाता किसानको संयोजकत्वमा सार्वजनिक स्थल मठमन्दिर सरसफाई, सोहन श्रेष्ठको संयोजकत्वमा बजार सरसपाई, सजावट, विद्युत व्यवस्थापन र स्वंमसेवक परिचालन, रमेश फगामीको संयोजकत्वमा झाँकी प्रर्दशनी समिति गठन भएको वडा कार्यालयले जनाएको छ । यसैगरी धार्मिक तथा पर्यटकीय स्थल वृत्तचित्र निर्माण गर्नका लागि म्याग्दी जेसिसलाई जिम्मेवारी दिने, बजार सजावटमा पहिलो, दोस्रो र तेस्रो हुने टोल विकास संस्थालाई पुरस्कृत तथा झाँकी प्रर्दशनीमा सहभागि संस्थालाई मायाको चिना प्रदान गरिने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । असोज २७ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको विभिन्न जिल्लामा नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुदैछ । जस अन्तरगत बेनीको खुल्ला मञ्चमा महिला भलिबल र कालीपुल कवर्डहलमा तेक्वान्दोको प्रतियोगिता सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  २१:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP