शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • एमाले म्याग्दीले असोज २५ गतेदेखि निर्वाचन अभियान सुरु गर्ने
एमाले म्याग्दीले असोज २५ गतेदेखि निर्वाचन अभियान सुरु गर्ने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असोज १०, २०७९
IMG_0051
म्याग्दी ।नेकपा एमाले म्याग्दीले आसन्न निर्वाचनलाई लक्षित गरेर निर्वाचनको प्रचारप्रसार कार्यक्रम यही असोज महिनाको आउँदो २५ गतेदेखि जिल्लाभर सञ्चालन गर्ने भएको छ । आगामी मंसिर ४ गते सम्पन्न हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको लागि चुनाव प्रचारप्रसार कार्यक्रम सुरु गर्न लागिएको हो । आज (आइतबार) एमाले जिल्ला कमिटी म्याग्दीले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी यसअघि जिल्ला कमिटीको वैठकबाट भएको निर्णय तथा निर्वाचन प्रचारप्रसार कार्यक्रमबारे जानकारी गराएको छ । पत्रकार भेटघाट कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले पार्टी जिल्ला कमिटी वैठकबाट भएको निर्णयसहित निर्वाचन प्रचारप्रसार कार्यक्रमको जानकारी दिनुभयो । केन्द्रीय सदस्य थापाका अनुसार एमालेको असोज २५ गते मंगला गाउँपालिका–१, कुहुँको पूर्णगाउँबाट सुरु भई २८ गतेसम्म निर्वाचन प्रसारप्रसार कार्यक्रम सो पालिकाको सबै वडा, टोल र वस्तीसम्म सञ्चालन हुनेछ । यसैगरी मालिका गाउँपालिकामा असोज २९ गतेदेखि दरबाङबाट सुरु भई कार्तिक २ गते देवीस्थानमा पुगेर निर्वाचन प्रचारप्रसार कार्यक्रम सकिनेछ । त्यस्तै धवलागिरि गाउँपालिकामा कार्तिक ३ गते ताकमको धारापानीदेखि सुरु भई ८ गते मल्कबाङ पुगेर कार्यक्रम सकिने केन्द्रीय सदस्य थापाले बताउनुभयो । यता रघुगंगा गाउँपालिकामा कार्तिक ८ गते कुईनेमङ्गले र ९ गते ठाडाखानीमा एमाले म्याग्दीको निर्वाचन प्रचारप्रसार कार्यक्रम हुने जनाइएको छ । बेनी नगरपालिका–१, रत्नेचौरमा कार्तिक १२ गते निर्वाचन प्रचारप्रसार कार्यक्रम सुरु गरी कार्तिक १८ गते पात्लेखेतमा पुगेर समापन गरिनेछ । रघुगंगामा पुनः कार्तिक १८ गते झीँबाट निर्वाचनलक्षित प्रचारप्रसार कार्यक्रम सुरु गरी कार्तिक २३ गते बेगखोलाको तिप्ल्याङ पुगेर समापन हुने जनाइएको छ । अन्नपूर्ण गाउँपालिका भने कार्तिक २४ गते १ नम्बर वडा दोवाबाट निर्वाचन प्रचारप्रसार कार्यक्रम सञ्चालन गरेर कार्तिक ३० गते राम्चेको नागीमा समापन गरिने केन्द्रीय सदस्य थापाले बताउनुभयो । प्रतिनिधि सभातर्फ एक निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दी जिल्लामा चुनावी अभियान कार्यक्रम सञ्चालन गर्न संघको एक र प्रदेशको दुईवटा निर्वाचन प्रचारप्रसार टोली बनाउने एमाले म्याग्दीले जनाएको छ । संघको निर्वाचन प्रचारप्रसार टोलीसँगै प्रदेशको टोलीले पनि चुनावी अभियान सञ्चालन गर्ने भएको छ । एमाले जिल्ला कमिटीको वैठकले यसअघि पार्टी अध्यक्ष देवेन्द्रबहादुर केसीको अध्यक्षतामा पार्टीका पदाधिकारी, जिल्ला कमिटी सदस्यहरु, जनसङ्गठनका प्रमुख, प्रदेश र केन्द्रीय सदस्यहरु रहेको ५ सय १ सदस्यीय निर्वाचन मूल परिचालन कमिटी गठन गरिसकेको छ । पत्रकार भेटघाट कार्यक्रमको अवसरमा निवर्तमान प्रतिनिधि सभा सदस्य समेत रहनुभएका एमाले केन्द्रीय सदस्य थापाले आफ्नो कार्यकालमा म्याग्दीलाई हिमाली जिल्लामा सुचीकृत गरेको, जिल्लामा सडक, झोलुङ्गे तथा मोटरेबल पुल, खानेपानी, विद्यालय भवन, बजार क्षेत्रको संरक्षण योजना सञ्चालन, विद्युतीकरण, कृषि, पशुपालन र पर्यटनमा पर्याप्त बजेट विनियोजन गरी विकास निर्माणका कामलाई अगाडि बढाएको बताउनुभयो । सोही अवसरमा एमाले म्याग्दीको तर्फदेखि प्रतिनिधि सभाको सर्वसम्मत उम्मेदवार बन्नुभएका पार्टीको गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले आसन्न निर्वाचनलाई जिल्लामा स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  २१:२५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP