शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • मुक्तिनाथ सहकारीको ५७ करोडको कारोबार
मुक्तिनाथ सहकारीको ५७ करोडको कारोबार
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असोज ११, २०७९
IMG_7494
बेनी । बेनीको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले गत आर्थिक वर्ष २०७८÷७९ मा रु. ५७ करोडको कारोबार गरेको छ । बेनीमा सोमबार भएको १५ औ साधारणसभामा गत आर्थिक वर्षमा रु. ५७ करोड ७१ लख ३० हजार ८६८ बराबरको कारोबार भएको जानकारी गराइएको हो । संस्थाका अध्यक्ष लिलाराम गौतमले ४०० जना भन्दा बढी सदस्यको सात करोड रु. ८४ लाख १८ हजार ४०० सेयर पुजि रहेको बताउनुभयो । गत वर्ष रु. ४४ करोड ७७ लाख १३ हजार ७२९ बचत र रु. ५१ करोड ७७ लाख ३५ हजार ६५६ लगानी गरेको छ । वि.स. २०६५ मा स्थापना र म्याग्दी जिल्लाभर कार्यक्षेत्र भएको सहकारीले बेनीको न्युरोड स्थित मुख्य, रघुगंगाको केन्द्र मौवाफाँट र बेनपा–९ घतानको सेवा केन्द्रबाट सेवा दिदै आएको छ । संस्थापक हिराबहादुर केसीको स्मृतिमा रु. दुई लाखको अक्षयकोष स्थापना गरेको सहकारीले शेयर सदस्यका परिवारमा सुख र दुखमा साथ दिने कार्यक्रम चलाएको छ । साधारणसभाको अवसरमा संस्थाले पत्रकार सन्तोष गौतम, २०७८ को एसइईमा चार जिपिए ल्याएका सञ्चालक समिति सदस्य टेकप्रसाद सापकोटा सहित सेयर सदस्यका स्नाकोत्तर उतिर्ण सेयर र चौरासी वर्ष पुगेका अभिभावकलाई पुरस्कृत गरेको थियो । सिनियर प्रबन्धक तेजनाथ पौडेल र मौवाफाँट सेवा केन्द्रकी लेखापाल सुमित्रा शर्मालाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको थियो । सेयर सदस्य दुर्गाराम सुवेदीका छोरा इन्द्रलाल सुवेदी, सञ्चालक समितिका उपाध्यक्ष डण्डपाणी सापकोटाका छोरा किरन सापकोटा, सञ्चालक समितिका बरिष्ठ सदस्य देवीकुमारी के.सीका छोरी विपना के.सी., सेयर सदस्य अमर बानियाका बुहारी एलिना बानियालाई स्नाकोत्तर उतिर्णय गरेकोमा सम्मान गरिएको हो । पशुपतिनाथ शर्मा, लक्ष्मी सुवेदी, दण्डपानी शर्मा, सोभाकान्त सुवेदी, दुतमाया पाइजा र पुष्पा कार्की खत्रीलाई उत्कृष्ट कारोबार गर्ने सेयर सदस्यको सम्मान गरिएको थियो । साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सहकारीले आर्थिक गतिबिधीका साथै सामाजिक रुपान्तरणमा पनि अभियान चलाउनुपर्ने बताउनुभयो । सहकारीका आर्थिक सामाजिक रुपान्तरणका अभियानमा नगरपालिकाले पनि सघाउने प्रतिवद्धता जनाउनुभयो । जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्कीले स्थानीय तहका सहकारी शाखाको वेवास्ताका कारण सहकारी संस्था नियमन हुन नसकेको र केही संस्थामा समस्या देखिएको बताउनुभयो । संस्थाका सल्लाहकार शेरबहादुर केसीले ब्याजदर बढाउन भन्दा पनि सहकारीले आफ्ना सेयर सदस्यलाई बैंकको तुलनामा सस्तो दरमा कर्जा सुविधा दिन सक्नुपर्ने बताउनुभयो । अध्यक्ष लिलाराम गौतमको अध्यक्षता, सचिव डण्डपाणी पराजुलीको सञ्चालन र उपाध्यक्ष दण्डपाणी सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा सेयर सदस्य देवराज शर्माले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो । सहकारीको नयाँ नेतृत्व पनि चयन हुने जनाइएको छ ।    
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १०:०१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP