शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनीमा बजार अनुगमन, सुध्रिएनन् पसलहरु
बेनीमा बजार अनुगमन, सुध्रिएनन् पसलहरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असोज १२, २०७९
IMG_0100
म्याग्दी ।नेपालीहरुको घर, आँगनमा भित्रिएको बडादसैं पर्वलाई लक्षित गरेर म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित पसलहरुको अनुगमनले तीव्रता पाएको छ । यसैक्रममा हिँजो (मङ्गलवार) घरेलु तथा साना उद्योग कार्यालयको अगुवाइमा सदरमुकाम बेनीबजारको कालीपुल आसपास क्षेत्रमा स्थलगत अनुगमन गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा दुईवटा टोलीले कालीपुल बसपार्क क्षेत्र, हस्पिटलचोक, पिपलचोक, शिक्षामार्ग क्षेत्रमा सञ्चालित किराना तथा खुद्रा, तरकारी, फलफुल, मासु पसल तथा होटल, रेष्टुरेण्टको अनुगमन गरिएको थियो । नजिकिएको चाडपर्वलाई लक्षित गरेर बेनीका विभिन्न प्रकृतिका ३५ वटा पसलहरुमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । अनुगमनको क्रममा पसल दर्ता नगरी सञ्चालन गरेको, नवीकरण नगरेको, आन्तरिक राजश्वले छापा हानेको र दर्ता तथा नवीकरणको प्रमाणपत्र नदेखाएको, म्याद सकिएका सामानहरु बिक्री गरेको जस्ता कमी कमजोरीहरु भेटिएका छन् । अनुगमनमा भेटिएका कमी, कमजोरीलाई तत्कालै सुधार गर्नका लागि उद्योगी, व्यवसायीलाई एक हप्ताको समय दिइएको घरेलु तथा साना उद्योग कार्यालय प्रमुख पोषनाथ शर्माले बताउनुभयो । उहाँले मधेशीहरुको पसलहरुमा भन्दा पनि पहाडीयाहरुको पसलमा धेरै सामान म्याद सकिएको पाइएको जानकारी दिनुभयो । दसैँ पर्व आएपछि पछिल्लोपटक दुई दिनसम्म सदरमुकाम बेनीका मात्रै ७० वटा पसलहरुमा स्थलगत अनुगमन गरिएको छ । चाडपर्वलाई लक्षित गरेर तथा अन्य समयमा पनि निरन्तर रुपमा अनुगमन गरिने अनुगमन टोलीले जानकारी दिएको छ भने यसका साथै आम सर्वसाधारण तथा उपभोक्ताहरुलाई सामान खरिद गर्ने क्रममा म्याद भए, नभएको हेरेर मात्रै किन्न अनुरोध गरिएको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ र घरेलु तथा साना उद्योग कर्यालय म्याग्दीबाट १२ पटकसम्म बजार अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका कम्प्युटर अपरेटर सन्तोष ढुङ्गानाले बताउनुभयो । अनुगमनको क्रममा भेटिएका म्याद गुज्रिएका सामानहरु अनुगमन टोलीले जफत गरी नष्ट गरेको बताएको छ । जिल्लामा घरेलु तथा साना उद्योग कार्यालयले विभिन्न समयमा पटकपटक बजारका पसलहरुको अनुगमन गर्दै आइरहेको छ । मङ्गलबारको अनुगमनमा कालीपुल बसपार्कमा सञ्चालनमा रहेका केही होटल तथा रेष्टुरेण्टहरुमा भने सरसफाइको कमी देखिएको छ । खाना पकाउने (किचन)मा फोहोर, बासी खाना बिक्री भएको, जाँडरक्सी एकै ठाउँमा राखेको जस्ता स्वास्थ्यलाई गम्भीर रुपमा असर गर्ने खालका गतिविधिहरु भेटिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख शर्माको नेतृत्वमा भएको बजार अनुगमन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, म्याग्दी उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका प्रमुख, बेनी नगरपालिका, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कृषि ज्ञान केन्द्र म्याग्दी र पत्रकारको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  २१:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP