शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • ताकममा मोनाको आठौँ बार्षिक साधारणसभा हुँदै,पालिका स्तरीय भलिबल प्रतियोगिता हुने
ताकममा मोनाको आठौँ बार्षिक साधारणसभा हुँदै,पालिका स्तरीय भलिबल प्रतियोगिता हुने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असोज १५, २०७९
309218797_594557619074461_3878799674589454186_n
म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको आठौं बार्षिक साधारण सभा ताकममा हुने भएको छ । जिल्लाको हरेक क्षेत्रको विकासमा ठुलो सहयोग पु¥याउँदै आएको प्रवासी म्याग्दीलीहरुको साझा संस्था माेनाको धवलागिरि गाउँपालिका वडा नम्बर ७ ताकममा आठौं बार्षिक साधारण सभा हुने भएकाे हाे  । यस  अघि असोज २७ र २८ गते हुने भनिएकोमा  साधारणसभाको मिति परिवर्तन गरेर असोज २४ र २५ गते तय गरिएको हो ।नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा हुने राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिताको मितिसंग जुधेपछि मोनाले ३ दिन अगाडी मिति सारेर साधारण सभा सम्पन्न गर्न लागेको मोना अन्तराष्ट्रियका सचिव सुवोध वरुवालले जानकारी दिनुभयो । धवलागिरि गाउँपालिकाको एक सुन्दर पर्यटकीय बस्ती ताकममा साधारणसभा सम्पन्न गर्न स्थानीय वडा तथा पालिकासंग समन्वय गरि तयारी सुरु गरेको मोनाका महासचिव हरी राम्जालीले जानकारी दिनुभयो । उहाँका अनुसार, विश्वभर रहेका म्याग्देलीको साझा संस्था मोनाको बार्षिक साधारणसभाको अवसरमा अन्तरपालिका पुरुष तथा महिला भलिबल प्रतियोगिता, म्याग्दीको पहिचान थाली र पुख्यौली नाच सहित विविध कार्यक्रम समेत संचालन हुनेछन् । कार्यक्रममा जिल्लाका जनप्रतिनिधि, एनआरएनएका प्रतिनिधि लगायत विभिन्न संघसंस्थाको उपस्थितिमा प्रवासी म्याग्देलीको भावी योजना लगायतका विषयमा छलफल हुने मोनाले जनाएको छ । कार्यक्रममा ताकमको राधाकृष्ण नाच सहित स्थानीय कला र संस्कृतिलाई प्राथमिकता दिइएको मोनाले जनाएको छ । पालिका स्तरीय भलिबल प्रतियोगितामा प्रथमलाई १ लाख रुपैयाँ , द्धितियलाई ५० हजार रुपैयाँ, तृतीयलाई नगद २५ हजार रुपैयाँ र सान्त्वनालाई नगद १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने खेलकुद संयाेजक जंगबहादुर पुनले जानकारी दिनुभयाे । मोनाका अध्यक्ष अम्मर छन्त्यालले साधारणसभाले धवलागिरी गाउँपालिका भित्रका सम्भावनायुक्त क्षेत्रको पहिचान तथा कृषि, पर्यटन र धार्मिक क्षेत्रहरुको प्रचारप्रसारमा समेत सघाउने बताउनुभयो । मोनाको विश्वभर २८ देशमा राष्ट्रिय कार्यकारी समिति, ५ वटा क्षेत्रीय समिति रहेका छन् । ताकम धौलागिरि पदमार्गको पर्यटकीय गाउँको रुपमा परिचित छ भने ऐतिहासिक ताकमकोतको कारण पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । त्यसैगरी मोनाले जिल्लाको रघुगंगा गाउँपालिका–२, भगवतिमा असोज अन्तिम साता आँखा उपचार शिविर सञ्चालन गर्ने भएको छ । मोना अन्तराष्ट्रिय कार्यकारी समिति र अष्ट्रेलियाको आयोजनामा यही असोज २९ गते भगवतिमा निशूल्क आँखा शिविर आयोजना गरिएको मोनाका प्रवत्ता हिक्मत श्रेष्ठले जानकारी दिनुभयो । प्रवासी म्याग्देलीहरुले आर्थिक स्रोत जुटाएर ग्रामिण क्षेत्रका सर्वसाधारणलाई लक्षित गरेर शिविर आयोजना गरिएको उहाँले बताउनुभयो ।यस अघि धवालगिरी गाउँपालिकाको मुनामा आँखा शिविर सम्पन्नभ भएको छ । भने अन्य पालिकामा पनि संचालन गरिने मोनाले जनाएको छ ।  
प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  २०:१९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP