शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असोज १५, २०७९
IMG_0900
म्याग्दी । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा आज (शनिवार) मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको हो । आसन्न निर्वाचनमा उम्मेदवारहरुको उम्मेदवारी दर्ता, निर्वाचनसम्बन्धी सामग्रीको व्यवस्थापन तथा भण्डारण, निर्वाचनको प्रशासनिक काम–कारवाही, मतगणनालगायत निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कामहरु सञ्चालन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । जिल्ला समन्वय समितिको सभाहलमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको म्याग्दीका जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले उद्घाटन गर्नुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै निर्वाचनको आवश्यक तयारी औपचारिक रुपमा सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचनका सबै गतिविधिहरु सञ्चालन गरिने जनाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटनपछि निर्वाचन आचारसंहितासम्बन्धी अन्तत्र्रिmया गरिएको थियो । अन्तत्र्रिmयामा बोल्दै मुख्य निर्वाचन अधिकृत नेपालले आचारसंहिताको पूर्ण रुपमा कार्यान्वयन गरी निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने दायित्व राजनीतिक दल, उम्मेदवार, प्रशासन, सुरक्षाकर्मीलगायत सरोकारवाला सबैको भएको बताउनुभयो । आउँदो २३ गते हुने उम्मेदवारी दर्ताको क्रममा उम्मेदवारले आफ्नो सम्पत्ति विवरण भरेर गोप्य खामबन्दी गरी बुझाउनुपर्ने उहाँले जानकारी दिनुभयो । राजनीतिक दल र उम्मेदवारहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गर्ने समयमा यसपटक भने बाजागाजा र ठूलो जुलुस नगरी बढीमा २५ जना सहभागी हुनुपर्ने निर्वाचन आचारसंहितामा व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताउनुभयो । दलहरुले फरक–फरक समय मिलाई आवश्यक सबै कागजात र प्रक्रिया पु¥याएर उम्मेदवारी दर्ता गर्नुपर्ने तथा निर्वाचन प्रचारप्रसारको कार्यतालिका समेत बुझाउनुपर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना तथा निर्वाचन आचारसंहितासम्बन्धी अन्तत्र्रिmया कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, प्रमुख जिल्ला अधिकारी चिरन्जिवी राना, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख र जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरु लगायतको सहभागिता रहेको थियो । उनीहरुले आसन्न निर्वाचनलाई म्याग्दी जिल्लामा स्वच्छ, मर्यादित, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नुपर्ने बताउँदै निर्वाचन आचारसंहिताको पूर्ण रुपमा पालना गर्नुपर्ने र गराउनुपर्नेमा जोड दिएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्याग्दीमा कुल ८६ हजार १ सय २० जना मतदाता कायम भएका छन्भने तीमध्ये महिला ४४ हजार ६४, पुरुष ४२ हजार ५५ र अन्य १ जना रहेका छन् । प्रतिनिधि सभातर्फ १ र प्रदेश सभातर्फ २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा आसन्न निर्वाचनका लागि ८२ वटा मतदानस्थल र १ सय १९ वटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  २२:५६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP