शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • चाडपर्वसँगै चुनावमा केन्द्रीत हुन एमाले नेताहरुको निर्देशन
चाडपर्वसँगै चुनावमा केन्द्रीत हुन एमाले नेताहरुको निर्देशन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असोज १६, २०७९
IMG_0876
म्याग्दी । नेकपा एमाले जनसङ्गठन संयन्त्र समन्वय कमिटी म्याग्दीको आयोजनामा आज (शनिवार) सदरमुकाम बेनीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान् पर्व विजयादशमीको अवसर पारेर एमाले म्याग्दीद्वारा पार्टीका नेता तथा जनसङ्गठनका प्रमुख एवं प्रतिनिधिहरुबीच शुभकामना आदानप्रदान गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले चाडपर्व मनाउँदै चुनावकेन्द्रीत अभियानमा सहभागी हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले विगतको समयमा जता मतदान गरेको भए पनि मुलुक बनाउने पार्टी एमाले भएकाले यसपटक एमालेको पक्षमा मतदान गर्ने वातावरण बनाउने गरी लाग्नुपर्ने भन्ँदै देशको विकास गर्नका लागि एमालेको विकल्प नभएको बताउनुभयो । सोही कार्यक्रममा आफ्नो धारणा राख्दै एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले देशमा विकासको लहर सिर्जना गर्ने र नेपाली जनताको मुहारमा खुशी ल्याउने पार्टी एमाले भएकाले देश विकासको नेतृत्व एमालेले मात्रै गर्न सक्ने बताउनुभयो । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य पदमा एमाले म्याग्दीको सर्वसम्मत उम्मेदवार समेत बन्नुभएका नेता श्रेष्ठले म्याग्दीमा आफ्नो र एमालेको जित सुनिश्चित रहेकाले सोहीअनुसार पार्टी पङ्ति सबै खट्नुपर्ने बताउनुभयो । एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले म्याग्दीमा नेकपा एमालेको विजयलाई कसैले पनि रोक्न नसक्ने भन्दै अहिलेको सत्तारुढ गठबन्धनको तुलनामा एमाले सबैभन्दा लोकप्रिय पार्टी भएकाले एमाले र एमालेका उम्मेदवारलाई भोट दिएर जिताउनुपर्ने बताउनुभयो । कार्यक्रममा एमाले म्याग्दीका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसीको विशेष उपस्थिति रहेको थियो । एमाले जिल्ला उपसचिव एवं जनसङ्गठन संयन्त्र समन्वय कमिटी प्रमुख थमसरा पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्टीको जनसङ्गठनका प्रमुख तथा प्रतिनिधि लगायतले सहभागिता जनाएका थिएभने एकापसमा चाडपर्वको शुभकामना आदानप्रदान गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  ०७:२८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP