शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • यामले जिते ताकमकोतको छेलो प्रतियोगिताको उपाधी
यामले जिते ताकमकोतको छेलो प्रतियोगिताको उपाधी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असोज १८, २०७९
Takam 2
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ,को ऐतिहाँसिक ताकमकोतमा मंगलबार महानवमी पर्वको अवसरमा भएको छेलो फाल्ने प्रतियोगितामा मालिका गाउँपालिका–१ ,खहरेका यामबहादुर परियार विजयी हुनुभएको छ ।३४ जना सहभागी भएको छेलो फाल्ने प्रतियोगितामा यामबहादुर लगातार दोस्रो पटक विजयी हुनुभएको हो । यामबहादुरले गत वर्षको प्रतियोगितामा पनि सहभागी मध्य सबैभन्दा टाढा छेलो फालेर विजयी हुनुभएको थियो । विजयी यामबहादुरलाई आयोजकले  पाँच हजार रुपैयाँ नगद सहित फेता गुटाएर सम्मान गरेका थिए । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले विजयी यामबहादुरलाई फेटा गुटाएर सम्मान गर्नुभएको थियो । विजयीलाई बाजा सहित काँधमा बोकेर कोतघर परिसरमा परिक्रमा गराइएको थियो । बाइसे चौविसे राज्यका पालामा तत्कालीन थापा राजाले राज्य सञ्चालन गरेको ताकमकोतमा पहलमान पहिचानका लागि हरेक वर्षको रामनवमी पर्वको अवसरमा छेलो फाल्ने प्रतियोगिता आयोजना गरिदै आएको छ । ताकमकोतको छेलो प्रतियोगितामा विजयी हुनेलाई पहलमान घोषणा गर्ने चलन रहेको ताकमकोत पुजा व्यवस्थापन समितिका रुपक सुवेदीले जानकारी दिनुभयो । ताकमकोतमा बुधबार महानवी पर्वको अवसरमा पुजाआजा र दर्शनका लागि भक्तजनको घुइचो लागेको थियो । म्याग्दीका साथै देशका विभिन्न ठाउँबाट भक्तजन आएका थिए । ताकमकोतमा पुजाआजा गरेमा मनोकाक्षा पुरा हुने विश्वास छ । भाकल पुरा भएपछि बली दिने चलन रहेको ताकमकोत मन्दिरका पुजारी हेमनाथ पौडेलले बताउनुभयो । ताकमकोतमा महानवमीको पुजाका क्रममा मच्छिमका छन्त्याल र काफलडाडाका मगर समुदायले मौलिक पुख्यौली नृत्य प्रस्तुत गरेका थिए । बाजागाजा र ध्वजापटकाले रिँगारिएका लिङ्गा लिएर पञ्चवली दिनेहरु ताकमकोत पुगेका थिए । पुजा व्यवस्थापनका लागि वडा अध्यक्ष अशोक खत्रीको संयोजकत्वमा समिति बनाएर तयारी र व्यवस्थापनको काम गरिएको थियो । यसैगरी ताकमकोतमा निर्माण गर्न लागिएको हनुनमानको मुर्तिको पनि बुधबारनै शिलन्यास गरिएको छ । समुदाय र गाउँपालिकाको सहकार्यमा निर्माण हुन लागेको मुर्तिको गाउँपालिकाका अध्यक्ष प्रेम पुनले शिलन्यास गर्नुभयो । ताकमकोत सहित म्याग्दीका शक्तिपिठहरुमा बुधबार भक्तजनको घुइचो लागेको छ । ज्यामरुककोट, भगवति कोत, बेनी कोत लगायतका ऐतिहाँसिक कोतघरहरुमा पुजाआजा र बली चढाउने चलन छ ।वि.स १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोत घरको रुपमासमेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाल लगायतका हातहतियार छन्। तस्बिर : कृष्ण जीको फेसबुक वालबाट
प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  १७:४३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP