शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गरिब तथा विपन्नको उपचारका लागि मोना हङकङद्धारा ४० लाख रुपैयाँ बढी सहयोग (फोटो/भिडियो)
गरिब तथा विपन्नको उपचारका लागि मोना हङकङद्धारा ४० लाख रुपैयाँ बढी सहयोग (फोटो/भिडियो)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असोज २५, २०७९
IMG_9994
बेनी ।  म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले गरिब तथा विपन्न परिवारको उपचारमा सघाउन ४० लाख रुपैयाँ बढी सहयोग गरेको छ । परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषले आर्थिक रुपमा कमजोर भएका जिल्लाबासीको उपचारमा सघाउन स्थापना गरेको अक्षयकोषमा हङकङमा रहेका म्याग्दीलीहरुको साझा संस्था मोना हङकङले ४० लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको हो । उक्त रकम मंगलवार बेनीमा आयोजित एक कार्यक्रमका बिच मोना हङकङका अध्यक्ष कर्णबहादुर पुनले कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभयो । https://youtu.be/r83LJ1qoGAk मोना हङकङको २० औँ साधारणसभाको अवसरमा कोषका लागि संकलन भएको उक्त रकम प्रदान गरिएको अध्यक्ष पुनले जानकारी दिनुभयो । उहाँले अक्षयकोष स्थापना गर्नु पुण्यको काम भएको भन्दै शान्ति कोषको प्रशंसा समेत गर्नुभयो । ‘ जिल्लाका गरिब तथा विपन्न परिवारका विरामीले आर्थिक अभावकै कारण उपचारबाट बञ्चित हुन नपरोस् भन्ने उद्धेश्यले हङकङमा रहेका हामी म्याग्दीलीहरुबाट यो सहयोग रकम जुटाएका हौं ,’ अध्यक्ष पुनले भन्नुभयो । अध्यक्ष पुनका अनुसार, मोना हङकङले अहिलेसम्म विपन्नको उपचार, प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुलाई राहत संगै शिक्षा, स्वास्थ्य लगायतको परोपकारी क्षेत्रमा साढे २ करोड बढी सहयोग गरिसकेको छ । मोना हङकङले संकलन गरेको उक्त रकम जुटाउन हङकङमा रहनुभएका १५ जना म्याग्दीलीहरुले प्रतिव्यक्ति २ लाख रुपैयाँ सहयोग गर्नुभएको थियो । उक्त अवसरमा अक्षयकोषमा २ लाख रुपैयाँ सहयोग गरि व्यक्तिगत संरक्षक सदस्यता प्राप्त गर्नुभएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सहभागी कर्ण पुन, इन्द्रएलजी थापा मगर, प्रमोद गिरी, जेबेन्द्र फगामी र राजु गर्वुजा पुनको दम्पतीलाई प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि राना, बेनी नगरपालिकाका मेयर सुरत केसी, कोषका अध्यक्ष शाक्य लगायतले व्यक्तिगत संरक्षक सदस्यता प्रदान संगै माला लगाएर सम्मान गर्नुभएको थियो । २०७१ सालदेखि सञ्चालन भएको अक्षयकोष निर्माण अभियानमा हालसम्म १ करोड ४३ लाख रुपैयाँ संकलन भएको कोषले जनाएको छ । कोष मार्फत हालसम्म २६५ जना गरिब तथा आर्थिक अबस्था कमजोर भएका विरामीको उपचारमा आर्थिक सहायता प्रदान गरिएको कोषका सचिब लोकेश पुन मगरले जानकारी दिनुभयो । कोषमा हालसम्म आर्थिक सहयोग गरि ८३० जनाले आजिवन सदस्यता, ४१ जनाले व्यक्तिगत संरक्षक सदस्यता र ९ वटा संस्थाले संस्थागत संरक्षक सदस्यता लिएका छन् । आर्थिक अवस्था कमजोर भएका गरिब तथा विपन्न म्याग्दीवासीहरुको उपचारमा सघाउ पु¥याउन स्थापना गरिएको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई प्रवासमा रहेका म्याग्दीलीहरुले ४० लाख रुपैयाँ भन्दा बढी सहयोग गरेका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राना, बेनी नगरपालिकाका मेयर केसी, बेनी अस्पताल व्यवस्थापन समितका अध्यक्ष ज्ञानेन्द्र सुवेदी र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, मोना म्याग्दीका संस्थापक रमेश गिरी लगायतले गरिब तथा विपन्नको उपचारका लागि प्राप्त भएको रकमको सही उपयोग गर्नुपर्नेमा जोड दिँदै प्रवासी म्याग्देलीहरुलाई सामाजिक क्षेत्रमा सहयोग संगै उत्पादनशिल क्षेत्रमा लगानी भित्र्याउन आग्रह गर्नुभएको थियो । कोषका अध्यक्ष शाक्यले कोषको मर्म अनुरुप आर्थिक रुपमा विपन्नता भएका विरामीहरुको उपचारमा कोषले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । गरिब तथा विपन्नहरुको स्वास्थ्य उपचारमा सघाउनका लागि ३ करोड रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्न अभियान सञ्चालन गरिएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो । मोना हङकङका अध्यक्ष पुनको अध्यक्षता बरिष्ठ उपाध्यक्ष प्रमोद गिरीको स्वागत र महासचिब जेबेन्द्र फगामीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । हाइपोलास्टिीक एनीमिया रोगबाट पीडित ओमकुमारी पुन(शान्ति)को उपचारका क्रममा निधन भएपछि पुनको उपचार अभियानमा संकलन भएर बचत भएको रु १३ लाख रकमबाट उहाँकै नाममा ओमकुमारी शान्तिकोष स्थापना गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १९:०९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP