शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • राष्ट्रिय महिला भलिबल : म्याग्दीली दुई चेलीले नेतृत्व गरेको टिम आमनेसामने हुँदै
राष्ट्रिय महिला भलिबल : म्याग्दीली दुई चेलीले नेतृत्व गरेको टिम आमनेसामने हुँदै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, कात्तिक १, २०७९
aruna vs kamala
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आज फाइनल प्रवेशका लागि गण्डकी प्रदेश र नेपाल पुसिल तथा सशस्त्र प्रहरीको एपीएफ क्लब र बागमती प्रदेशबिचमा प्रतिस्पर्धा हुँदै छ । एपिएफ र बागमति बिचको खेल विहान १० बजेदेखि सुरु हुने भएको छ भने पुलिस र गण्डकी प्रदेश विचको खेल दिउँसो २ बजे सुरु हुनेछ । खेलको क्वाटरफाइनलमा नेपाल प्रहरीले नेपाली सेनाको त्रिभुवन आर्मी क्लव र गण्डकी प्रदेशले प्रदेश नम्बर १ लाई पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेका हुन् । फाइनल प्रवेशका लागि हुन लागेको सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेको विभागीय टिम नेपाल पुलिस क्लब र गण्डकी प्रदेश दुबै टिमको नेतृत्व म्याग्देली महिला खेलाडीले सम्हालेका छन् । प्रतियोगितामा म्याग्दीको मालिका गाउँपालिका–३,की कमला पुनले नेपाल प्रहरीको र रघुगंगा गाउँपालिका–३ ,पिप्लेकी अरुणा शाहीले गण्डकी प्रदेशको टिमको कप्तानी सम्हाल्नुभएको छ । गण्डकीको टिममा म्याग्दीकै अन्य चार खेलाडीहरु समेत सहभागी छन् । शाही राष्ट्रिय महिला भलिबलको समेत कप्तान हुनुहुन्छ । म्याग्देली दुई चेलीहरुले नेतृत्व गरेको टिमनै फाइनल प्रवेशका लागि आमनेसामने हुँदा आम म्याग्दीबासीको लागि खेल निकै रोचक र रुचिकर हुने देखिएको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो । आफ्नै गृहजिल्लामा जारी प्रतियोगितामा आफ्नो टिमलाई अब्बल सावित गर्ने मौका समेत शाही र पुनलाई रहेको छ । दुबै राष्ट्रिय खेलाडी शाही र पुन विद्यालयस्तरमा हुने खेल, जिल्लास्तरीय तत्कालिन बिरेन्द्र शिल्ड प्रतियोगिता हुदै राष्ट्रिय टोलीमा आवद्ध भएर भलिबलबाटै स्थापित भइसकेका छन् ।  
प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  ०९:५३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP