शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • भुरुङ्ग तातोपानीको सर्वोदय माविलाई ३ लाख पुरस्कार
भुरुङ्ग तातोपानीको सर्वोदय माविलाई ३ लाख पुरस्कार
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, कात्तिक ७, २०७६
wonner sarboday 2

सुरेन गुरुङ
म्याग्दी,विहिबार कात्तिक ७ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानी स्थित सर्वोदय माध्यामिक विद्यालयले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । माविलाई नेपालको सामुदायिक विद्यालयहरुको पूर्वाधार र शैक्षिक गतिबिधिमा सहयोग गर्दै आएको दक्षिण कोरीयाको एक संस्थाले सर्वोदय माविलाई तीन लाख रुपैयाँको पुरस्कार प्रदान गरेको हो ।

दक्षिण कोरीयाको “अम हङ्ग गिल फाउण्डेशन”ले काठमाडौमा भएको संस्थाको दशौ वार्षिकोत्सव कार्यक्रममा सर्वोदय माविलाई बुधबार एका कार्यक्रमका विच सो पुरस्कार प्रदान गरेको हो । १७ जिल्लाका सामुदायीक विद्यालयमा सघाउँदै आएको संस्थाले कार्यक्रम लागू भएका मध्य सबैभन्दा उत्कृष्ट भएकाले सर्वोदयलाई प्रोत्साहनका लागि पुरस्कृत गरेको संस्थाले जनाएको छ ।

कार्यक्रममा विज्ञान, प्रबिधि तथा शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वुद्धी बहादुर पुन, प्रअ किसान पुन लगायत विद्यालयका प्रतिनिधिहरुलाई नगद पुरस्कार र प्रशंसापत्र प्रदान गर्नुभएको थियो । कक्षा १ देखि ८ सम्म कम्प्युटर विषयको पठनपाठन हुन्छ ।

सो संस्थाको डेढ करोड रुपैयाँ सहयोगमा कक्षा १२ सम्म पठनपाठन हुने सर्बोदय माविको ९ कोठे भवन निर्माण भएको छ । संस्थाले गत वर्ष कम्प्युटर ल्याब स्थापनाका लागि १९ थान ल्यापटप सहयोग गरेको थियो भने कम्प्युटर ल्याबका साथै विद्युतीय पुस्तकालय स्थापना गरिएको छ । विद्यार्थीहरुलाई पोशाक, झोला, कापी र कलम लगायत शैक्षिक तथा खेलकुदका सामग्री पनि सहयोग गरेको छ । विद्यालयमा करिब तीन सय जना विद्यार्थी अध्ययनरत छन् । संस्थाले नेपालका १७ जिल्लाका सामुदायिक विद्यालयको भवन निर्माण, कम्प्युटर ल्याब स्थापना र शैक्षिक सामग्री वितरणमा सघाउँदै आएको छ ।


प्रकाशित मिति: बिहीबार, कात्तिक ७, २०७६  १८:१२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP