शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • गठबन्धनका उम्मेद्वार मतदाताकाे घरदैलोमा
गठबन्धनका उम्मेद्वार मतदाताकाे घरदैलोमा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, कात्तिक ३, २०७९
312277727_515741733730625_6310998118029958738_n
बेनी । आगामी ०४ मंसिरमा हुने निर्वाचनका लागि म्याग्दीमा सत्ता गठबन्धनका दलहरु साझा उम्मेदवारलाई विजयी बनाउन एकसाथ घरदैलोमा निस्किएका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धन दलका जिल्लास्तरीय नेताहरू उम्मेदवार सहित वडास्तरमा घरदैलो, मतदाता भेटघाट तथा अन्तरक्रियामा व्यस्त छन् । गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा ‘खम्बिर’ प्रदेशसभा क्षेत्र नं.१ का उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता हरि भण्डारी सहितको टोली उत्तरी म्याग्दीको वडास्तरीय भेला, घरदैलो र भेटघाटमा छन् भने प्रदेशसभा क्षेत्र नं २ का उम्मेदवार सुविन जुग्जाली सहित नेपाली कांग्रेस र माओवादीका नेताहरू जिल्लाको अति विकट गूर्जामा चुनावी अभियानमा छन्। सभासम्मेलन, माईकिङ लगायतका प्रचारप्रसारलाई निर्वाचन आयोगले कडाई गरेपछि गठबन्धनका उम्मेदवाररु समृद्ध म्याग्दी बनाउने ५ बर्षे प्रतिबद्धता सहित वडास्तरको रणनीति बनाउने, मतदातालाई भेट्ने र मतदाताको घर–घरदैलोमा जाने कार्यक्रम सुरु भएको गठबन्धनको संयुक्त चुनावी प्रचारप्रसार समितिका संयोजक एवम् नेपाली कांग्रेसका उपसभापति केबी भण्डारीले बताए । ‘मतदातालाई अवको पाँचबर्षमा गर्ने काम सहित उम्मेदवार घरदैलोमा पुग्नुहुने छ,‘मतदाताबाट सुझाव लिएर फर्किनुहुन्छ, त्यहीलाई हामीले ५ बर्षे प्रतिबद्धतापत्र बनाएर कार्यान्वयन गर्नेछौ’ संयोजक भण्डारीले भने ।उनले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकाहरू नेता तथा कार्यकर्तासँगै घरदैलोमा पुग्ने कार्यक्रमपछि आमसभा सहितका अन्य कार्यक्रमहरु निर्वाचन आयोगले दिएको समयभित्र गर्ने बताए। उम्मेदवार सहितको टोली घरदैलोमा पुग्न थालेपछि चुनावी रौनकता सुरू भएको छ । गठबन्धनका दलहरुले वडा, बस्तीसम्मको कार्यविभाजन गरी चुनावी गतिविधिलाई तिब्रता दिएको बताइएको छ । घरदैलो अभियानमा ब्यस्त गठबन्धनका साझा उम्मेदवार प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजाले जनताका निकै उत्साह देखेको बताए । उनले निर्वाचनको समय कम रहेकाले घरदैलो अभियानलाई तीव्रता दिएको र विभिन्न चरणमा जनताको माझमा पुग्ने बताए । यसपटक गठबन्धनका उम्मेदवारले आफ्नो प्रतिबद्धता र गठबन्धन गर्नुको प्रमुख कारणका बारेमा मतदातालाई भेटेर नै प्रष्ट पार्ने गरी घरदैलोमा पुगेको प्रदेशसभा क्षेत्र नं १ का उम्मेदवार हरि भण्डारीले बताए । यसैबीच स्वतन्त्र उम्मेदवारहरू पनि चुनाव चिन्ह पाएसँगै मतदाता रिझाउन घरदैलो अभियान सुरु गरेका छन् । चुनाव चिन्ह पाएसँगै स्वतन्त्र तथा साना राजनीतिक दलका उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा होमिएका छन् ।स्वतन्त्र उम्मेदवार शुभचिन्तकसँगै मतदाताको घरमा पुगेर  मत माग्ने गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  २१:२७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP