शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पश्चिम नेपाल सहकारीको नयाँ सञ्चालक समिति गठन,अध्यक्षमा गौतम
पश्चिम नेपाल सहकारीको नयाँ सञ्चालक समिति गठन,अध्यक्षमा गौतम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, कात्तिक ५, २०७९
pashchim nepal
तातोपानी । म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भिमप्रसाद गौतम (जिवन) चयन हुनुभएको छ । बेनी नगरपालिका–४, तातोपानीमा शुक्रबार सम्पन्न सहकारीको १५ औ वार्षिक साधारणसभाबाट गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेको हो ।सञ्चालक समितिको उपाध्यक्षमा हरिप्रसाद पौडेल, सचिवमा कृष्णप्रसाद आचार्य र कोषाध्यक्षमा श्रीराम पौडेल चयन हुनुभएको छ । सदस्यहरुमा गणेश गुरुङ (सुरेन), दामोदर शर्मा, प्रेमलाल पौडेल, मायादेवी शर्मा, डिलबहादुर बरुवाल, दिर्घबहादुर खत्री, श्रीकृष्ण रिजाल, लेकबहादुर पुन चयन हुनुभएको प्रबन्धक प्रेमलाल कडेल (सदन)ले जानकारी दिनुभयो । रमेश सुवेदीको संयोजकत्वमा गोपाल रेग्मी र लोकनाथ रेग्मी सदस्य रहनुभएको लेखा समिति चयन भएको छ । सहकारीका निवर्तमान अध्यक्ष सुरेन्द्रराज शर्माको अध्यक्षतामा भएको साधारणसभाको राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले उद्घाटन गर्नुभएको थियो । वि.स. २०६४ मा दरवाङ बजारमा २७ जनाले एक÷एक सय रुपैयाँ सेयरबाट शुरु गरेको सहकारीमा हाल पाँच हजार ३१० जना सदस्यको १२ करोड ८६ लाख ७२ हजार ७०० रुपैयाँ सेयर रकम पुगेको छ । दरवाङ, पश्चिम म्याग्दी, कामना, सिंगा उपभोक्ता, शिख बहुउद्देश्यीय, बाबियाचौर बहुउद्देश्यीय, फुलबारी, प्रभु र पर्वत बेनीको नवकालिगण्डकी वचत तथा ऋण सहकारी संस्था एकिकरण भएर बनेको संस्थाको प्रधान कार्यालय मालिका गाउँपालिका–६ दरवाङमा छ । धवलागिरीको ताकम, मंगलाको बाबियाचौर, बेनी, रघुगंगाको भगवति, अन्नपूर्णको पोखरेबगर र जलजलाको पर्वत बेनीमा सेवा केन्द्र छन् । गत आर्थिक वर्षमा ६९ करोड ४० लाख ४५ हजार ७३० रुपैयाँ निक्षेप र ८० करोड ५७ लाख ७५ हजार २० रुपैयाँ ऋण लगानी गरेको सहकारीले दुई करोड ५२ लाख ७१ हजार ४०६ रुपैयाँ आम्दानी गरेको छ । समान उद्देश्य भएका सहकारी संस्थालाई गाभ्ने नीति लिएको पश्चिम नेपालले गण्डकी प्रदेशको नमुना सहकारी बनाउने लक्ष्य सहित न्युन आय भएका सदस्यहरुको जिवनस्तर उकास्न दूध तथा मासुजन्य कर्जाको कार्यक्रम ल्याएको छ ।साधारणसभाको उद्घाटन समारोहमा वत्ताहरुले सहकारी संस्थाप्रति विश्वास बढाउनुपर्ने र सेयर सदस्यहरुलाई सहज र सरल रुपमा सेवा उपलब्ध गराउनुपर्ने बताएका थिए ।  
प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  २२:०७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP