शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • विकासको गतिलाई नयाँ उचाईमा पु¥याउने गठबन्धनका दलको प्रतिवद्धता
विकासको गतिलाई नयाँ उचाईमा पु¥याउने गठबन्धनका दलको प्रतिवद्धता
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, कात्तिक ६, २०७९
gathabandhan
म्याग्दी । नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले म्याग्दीलाई विकासको नयाँ उचाई दिने प्रतिवद्धता जनाएका छन् ।आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेल गरेका सत्तारुढ गठबन्धनमा आवद्ध तीन दलका जिल्ला नेताहरुले आइतबार संयुक्त विज्ञप्ति जारी गरेर गठबन्धनको मूल मर्म र लक्ष्यलाई स्थानीय स्तरमा कार्यान्वयन गर्न कार्यकर्ता र मतदाताहरुलाई अपिल गरेका हुन् । नेपाली काँग्रेसका जिल्ला उपसभापति कर्णबहादुर (केबी) भण्डारी, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा इञ्चार्ज गोविन्द पौडेल र नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माले अपिल जारी गर्नुभएको हो । अपिल मार्फत देशव्यापी बनेको गठबन्धनको मुल मर्म र लक्ष्यलाई स्थानीय स्तरमा कार्यान्वयन गर्ने र विकासको गतिमा पछि परेको म्याग्दीलाई नयाँ उचाई दिन गठबन्धनमा आवद्ध दलहरु प्रतिवद्ध रहेको उल्लेख छ । “२००७ देखि २०६२÷६३ को आन्दोलन, संघर्षबाट प्राप्त उपलब्धीको रुपमा रहेको २०७२ को संविधान र त्यसभित्रका व्यवस्था वाम–लोकतान्त्रिक शक्तिहरुको सहकार्यबाट प्राप्त भएको हो,” विज्ञप्तिमा भनिएको छ “गठबन्धनमा आवद्ध राजनीतिक शक्तिहरुको सहकार्यबाट मात्र राष्ट्रिय स्वाधिनता, संघीय लोकतान्त्रिक गणतन्त्र, स्वतन्त्रता, सुशासन, सम्बृद्धि र मानवअधिकारको रक्षा सहित संविधानले परिकल्पना गरेको समाजवादको आधार निर्माण सम्भव छ ।” “करिब २ तिहाईको जनमतलाई घोर अपमान गर्दै दुई पटकसम्म प्रतिनिधीसभा विघटनको असंवैधानिक र अलोकतानित्रक हर्कत गर्ने एमाले र केपी ओलीले विकासको गतिलाई अवरुद्ध पार्दै भ्रष्ट्राचार, दुःशासन र अराजकतालाई बढवा दिई आफुलाई नव तानाशाहको रुपमा अगाडी सार्न खोजे र उनले जनताको सार्वभौम संसदलाई निरन्तर प्रहार गरे तब विगतमा जस्तै लोकतन्त्र, स्वतन्त्रता, लोकतान्त्रिक व्यवस्था र संविधानको रक्षा गर्न गठबन्धन बनेको हो,” अपिलमा भनिएको छ । परम्परावादी शक्ति, प्रतिगमनकारी प्रवृतिको दलहरुसँग गठजोड गरी विभिन्न तिकडम, छलछाम र भ्रमको खेतीमा तल्लीन रहेको एमाले विरुद्ध संसद, संविधान, लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्दै सम्बृद्धिको लागि बाम लोकतान्त्रिक गठबन्धन बनेको अपिलमा उल्लेख छ । गठबन्धनका तर्फबाट म्याग्दीमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका खमबहादुर गर्बुजा ‘खम्बिर’ , प्रदेशसभा क्षेत्र (क) मा माओवादीका हरि भण्डारी र (ख)मा रेशम जुग्जाली उमेद्वार बन्नुभएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १३:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP