शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा एमालेले मतदाता प्रभावित बनाउन चामल बाँड्यो (फोटो/भिडिओ)
म्याग्दीमा एमालेले मतदाता प्रभावित बनाउन चामल बाँड्यो (फोटो/भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, कात्तिक १२, २०७९
chamal
बेनी । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनमा मतदातालाई प्रभावित बनाउन म्याग्दीमा एमालेले चामल वितरण गरेको भेटिएको छ ।  जिल्लाकाे  मालिका गाउँपालिका–३,इग्रे, लामखोरीया र श्यामगरामा चामल वितरण गरेको भेटिएको हो । नेकपा एमालेको प्रदेशसभा क्षेत्र (ख) चुनाव परिचालक समितिका संयोजक खरमाया बिटालुले चामल वितरण गरेकी स्थानीयवासीले बताएका छन् । भिडिओ हेर्नुहाेस्... [embed]https://youtu.be/IsWiwr4QLtE[/embed] २५ किलोग्राम तौल भएको कमल ब्राण्डको युएस प्रिमियम चामल १८ बोरा पठाएकोमा १० बोरा स्थानीयलाई वितरण गरेको र आठ बोरा चामल शनिबार फिर्ता गरेका हुन् । स्थानीयवासीका अनुसार तिहार अघि इग्रेमा गएकी बिटालुले मतदातालाई भेटघाट गरेर फर्केपछि दरवाङका ब्यापारीको बोलेरो गाडीमा चामल पठाइदिएकी थिईन् । चामल वितरण गर्ने जिम्मा पाएका स्थानीयवासी र एमाले नेता बिटाल बिचको कुराकानी भिडियो सम्बाद सार्वजनिक भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहितामा मतदातालाई प्रभावित बनाउन नगद, जिन्सी लगायत कुनै पनि बस्तु वितरण गर्न पाइदैन् । मतदाता प्रभावित बनाउन खोज्ने उम्मेद्वार र दललाई निर्वाचन आयोगले स्पष्टिकरण सोध्ने देखि उम्मेद्वारी खारेज गर्ने सम्मको कारबाही व्यवस्था छ । “मिटिङ्ग बसेको मिति ठ्याक्कै थाहा भएन । बेगप्रसाद गर्बुजा र खरमाया बिटालु आउनुभएको थियो । मिटिङ्ग बसेर गएपछि खरमाया म्याडमले १८ बोरा चामल पठाइदिनुभएको थियो । एमालेलाई भोट हाल्ने कुरा भयो । एमालेलाई भोट हाल्चुङ भनेर नौ बोरा चामल लगेका छन् । एक पिस यहीँ मसँग छ्,“ स्थानीयवासीले भनेका छन् । एमालेको गाउँपालिका अध्यक्ष रहेका गर्बुजा निर्वाचित मालिका गाउँपालिका अध्यक्ष पनि हुन् । बिटालु मालिका गाउँपालिकको पुर्व उपाध्यक्ष हुन् । स्थानीयबासी र एमाले नेता बिटालुबिच चामल वितरणको विषयमा मोवाइलमा भएको सम्वाद वाहिरिएको छ । खरमाया– हजुर दाई नमस्कार । स्थानीयवासी–उके बहिनी । आठ पिस चामल मैले फर्काइदिएको छु है । वेदप्रसादको बोलेरोमा । खरमाया – बढी भयो र ? स्थानीयवासी – हजुर । खरमाया – ए । ल । कति लग्नु भएको थियो ? स्थानीयवासी – बढी भएको फर्केको म्याडम । खरमाया – कति पिस लगेको हो र ? स्थानीयवासी – अठार पिस हो ? खरमाया – किन ? थिएनन अरु ? त्यही तपाइले राख्या भए हुन्थ्यो नी ? पछि बाड्न हुन्थ्योनी ? स्थानीयवासी – हजुर हुन्थ्यो करे । फेरी बढी भयो । खरमाया – ए हो ? पछि चाहियो भने फेरी सम्पर्क गर्नुहोस है त । स्थानीयवासी – ल ल हुन्छ । खरमाया – अरु के छ ? स्थानीयबासी – ठिकै छ । खरमाया – केही त्यस्तो कम्पेलेनहरु त आएको छैनननी ? कसैले केही भनेका छैनन् नी ? लल ल ।  
प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९  २०:५१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP