शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गठवन्धनका उम्मेदवार जनताको घरदैलोमा
गठवन्धनका उम्मेदवार जनताको घरदैलोमा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, कात्तिक १३, २०७९
313373014_644793000610088_8029292233342070355_n
बेनी ।म्याग्दीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहित पाँचदलीय गठबन्धनले आफ्ना उम्मेदवारलाई जिताउन चुनावी प्रचारलाई तिब्र बनाएका छन्। जिल्लाका सबै स्थानीय तहका गाउँ बस्तीमा पुग्ने र मतदातासँग समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने उम्मेदवारले प्रतिबद्धता जनाएका छन् । आइतबार गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीली जनतालाई परिणाम देखिने गरी पाँचबर्षसम्म काम बताउँदै गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न अपिल गर्नुभएको थियो । उहाँले घरदैलो अभियानमा जनताका गुनासा सुन्न मात्रै होइन्, प्रतिवद्धता सुनाउन पनि प्रत्येक टोल बस्ती र घरमा पुग्ने बताउनुभयो । अब नेपाली कांग्रेसको सरकार बनेपछि ६५ वर्षमै वृद्ध भत्ता, ३ वर्ष मुनि र ७३ वर्षमाथिका नागरिकलाई निःशुल्क उपचार, विपन्नलाई १० हजार किरिया खर्च, ५० युनिटसम्म विद्युत निःशुल्क जस्ता सुविधा दिने समेत गर्बुजाको भनाई थियो । घरदैलो तथा भेटघाट कार्यक्रम अन्तरगत बेनपा–२, खवरामा आयोजित कार्यक्रममा प्रदेश निर्वाचन क्षेत्र ९क० का उम्मेदवार हरि भण्डारीले पाँचबर्ष भित्र गठबन्धनका उम्मेदवारले लोभलाग्दो विकास गर्नेै बताउनुभयो । उहाँले अहिले र पाँचबर्षपछिको प्रदेशसभा भित्रका विकास निर्माणको तुलना गर्ने अवस्था बनाउने समेत प्रतिबद्धता जनाउनुभयो । प्रतिनिधिसभाका उम्मेदवार गर्बुजा सहितको टोलीले बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाका केही बस्तीमा भेटघाट गरेको थियो । यसैबीच प्रदेश निर्वाचन क्षेत्र ९ख० का उम्मेदवार नेकपा माओवादी केन्द्रक जिल्ला संयोजक सुविन जुग्जालीले पश्चिम म्याग्दीमा अहिलेसम्म जनताको आवश्यकता अनुसारको विकास निर्माणले प्राथमिकता नपाएको बताउनुभयो । ’विकास निर्माणको क्षेत्रका धेरै पछाडी रहेका बस्तीहरुलाई अव विकासको लहर ल्याउने छौ,’झुटा आश्वासनले अहिलेसम्म विकास हुन सकेको छैन, अव विकासका लागि साझा उम्मेदवारलाई जिताउनुहोला‘ उम्मेदवार जुग्जालीले भन्नुभयो । जिल्लाभर गठबन्धनको अवस्था बलियो देखिएकाले इमान्दार मत हाल्दा कसैको प्रलोभनले विजय रोक्न नसक्ने निर्वाचन परिचाल टोलीको भनाई छ ।  
प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  २०:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP