शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • एमाले म्याग्दीद्धारा मतदाता भेटघाटलाई तिव्रता
एमाले म्याग्दीद्धारा मतदाता भेटघाटलाई तिव्रता
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, कात्तिक १३, २०७९
313364469_635885711555427_5511740595463485570_n
म्याग्दी । आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरि नेकपा एमाले म्याग्दीले घरदैलो गरि मतदाता भेटघाटलाई तिव्रता दिएको छ । आइतवार उम्मेदवारहरु सहितको टोलीले जिल्लाको मालिका, अन्नपूर्ण र धवलागिरी गाउँपालिकाको विभिन्न ठाउँहरुमा घरदैलो गरि मतदाता भेटघाट गरेको छ । नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठ सहितको टोलीले मालिका गाउँपालिका ६ दिच्याम र दुखुमा घरदैलो गरि मतदातासंग भेटघाट गरेको छ । त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र (ंक) का उम्मेदवार देवेन्द्र कटुवाल सहितको टोलीले अन्नपूर्ण गाउँपालिकाको भुरुङतातोपानी, नारच्याङ लगायतको ठाउँमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । त्यसैगरि प्रदेशसभा निर्वाचन क्षेत्र (ख) का उम्मेदवार याम बहादुर गर्वुजाको टोलीले धवलागिरि गाउँपालिका –२ लुलाङमा घरदैलो गरि भोट मागिएको नेकपा एमाले प्रचार विभागले जनाएको छ । मालिकाको दिच्याम र दुखुमा घरदैलो गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले जिल्लाको विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै आगामी मंसिर ४ मा सूर्य चिन्हमा मतदान गरि विजयी गराउन अनुरोध गर्नुभएको थियो । अभियानमा सहभागी नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज भुपेन्द्र थापाले नेकपा एमालेको सरकारले गरेको कार्यहरु जनभावना र राष्ट्रिय हितका लागि भएको भन्दै गठवन्धनको सरकारले जनतालाई सास्ती दिएको बताउनुभयो । संविधान र राष्ट्रियताको रक्षाका लागि मंसिर ४ पछि एमालेको सरकार बन्न आवश्यक रहेको भन्दै त्यसका लागि एमालेलाई जिताउनुपर्ने थापाको भनाई थियो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटीका सचिवालय सदस्य खरमाया विटालु, मालिका गाउँपालिका कमिटीका अध्यक्ष बेगप्रसाद गर्वुजा लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । घरदैलो अभियानका क्रममा मतदातालाई निर्वाचन शिक्षा समेत प्रदान गरिएको प्रदेश सभा निर्वाचन क्षेत्र (ंख) निर्वाचन परिचालन कमिटीका संयोजक विटालुले जानकारी दिनुभयो । त्यस्तै अन्नपूर्ण गाउँपालिकाको भुरुङतातोपानी, नारच्याङ लगायतका गाउँहरुमा घरदैलो गरि प्रदेश (ंक) का उम्मेदवार देवेन्द्र कटुवालले मतदाताहरु समक्ष भोट माग्नुभएको छ । टोलीमा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियु गण्डकी प्रदेश अध्यक्ष प्रकाश पौडेल, बेनी नगरकमिटी सचिव सुवास विश्वकर्मा लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । यसैगरि प्रदेशसभा निर्वाचन क्षेत्र (ंख) का उम्मेदवार याम गर्वुजाको टोलीले धवलागिरी गाउँपालिका –२ लुलाङमा घरदैलो गरि मतदाताहरु समक्ष भोट अपिल गरेको छ । उम्मेदवार गर्वुजाको टोली सोमवार त्यतैबाट वडा नम्बर १ गुर्जा पुग्ने नेकपा एमाले निर्वाचन परिचालन कमिटीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  २१:०२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP