शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • रघुगंगा गाउँपालिका–३ मा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो (तस्बिर सहित)
रघुगंगा गाउँपालिका–३ मा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो (तस्बिर सहित)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, कात्तिक १४, २०७९
dulepani ghardailo (1)
म्याग्दी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरुले रघुगंगा गाउँपालिका–३ नम्बर वडाका विभिन्न बस्तीहरुमा सोमबार घरदैलो गरेका छन् । [caption id="attachment_63699" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्वुजा (खम्बिर) र प्रदेश सभा सदस्य पदका उम्मेदवार नेकपा ९माओवादी केन्द्र० का हरि भण्डारीको टोलीले रघुगंगा – ३ को दुलेपानी, मालिका, अक्षेता, कलेजाबाङ, फुलवारी र मौवाफाँटमा घरदैलो मार्फत मतदाता भेटघाट गर्नुभएको हो । [caption id="attachment_63701" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] मतदातासंगको छलफलको क्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गर्वुजाले म्याग्दीको बिकासलाई गति दिन र विकास मार्फत आम नागरिकको जिवनस्तरमा परिवर्तन ल्याउन बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन आह्वान गर्नुभयो । ‘‘नयाँ संविधानको रक्षा र केपी ओली नेतृत्वको सरकारले गरेका गलत कार्यहरुलाई रोक्न प्रमुख राजनीतिक दलहरु गठबन्धन गरेर निर्वाचनमा होमिनुपरेको हो, संविधान र प्राप्त उपलब्धीहरुको रक्षा गर्दै समृद्ध मुलुक निर्माणमा गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन आह्वान गर्दछु,’’–उहाँले भन्नुभयो । [caption id="attachment_63693" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] म्याग्दीबाट निरन्तर रुपमा नेकपा एमालेले नेतृत्व गरिरहँदा छिमेकी जिल्लाहरुको तुलनामा म्याग्दीका विकास नगन्य रहेको बताउँदै उहाँले आगामी प्रदेश र संघीय सरकार समेत गठबन्धनकै बन्ने भएकाले यस पटक गठबन्धनका उम्मेदवारलाई बिजयी गराउनुपर्ने उहाँको भनाई थियो ।कार्यक्रममा प्रदेशसभा सदस्य पदका उम्मेदवार भण्डारीले परिवर्तित अवस्था र चुनौतिपूर्ण विकासको गतिलाई अघि बढाउन गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेशसभामा जनताको पक्षमा नीति निर्माणसंगै जिल्लामा विकास योजना भित्र्याउन आफुले हस्तक्षपकारी भूमिका खेल्ने बताउँदै निर्बाचनमा बाम लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न अपिल गर्नुभयो । [caption id="attachment_63692" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] ‘‘भौतिक पूर्वाधारको विकास संगै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायातको अवस्थामा सुधार र परिवर्तन ल्याउँदै आम नागरिकको दैनिकिमा सकरात्मक प्रभाब ल्याउनु हाम्रो प्रमुख उदेश्य हो, युवाहरुलाई स्वदेशमै आत्मनिर्भर बनेर स्वरोजगार बनाउने कार्यमा मेरो विषेश भुमिका रहन्छ’’–भण्डारीले भन्नुभयो । उम्मेदवारहरुको टोलीले स्थानीयबासीको समस्या, गुनासा र सुझाबहरु समेत संकलन गर्नुभएको थियो । टोलीमा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि शिब केसी, जिल्ला सदस्य सम्झना परियार, वडा कमिटी सभापति अशोक शाही, नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटी सदस्य रिम कटुवाल, चिना हमाल, अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्य रेशम कटुवाल, नेविसंघ जिल्ला सभापति निर्मल खत्री लगायतको सहभागीता रहेको थियो । [caption id="attachment_63703" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_63697" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_63698" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_63694" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_63695" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_63700" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption]  
प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १९:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP