शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • एमाले उम्मेदवारद्वारा भकिम्ली र खोरियामा मतदाता भेटघाट
एमाले उम्मेदवारद्वारा भकिम्ली र खोरियामा मतदाता भेटघाट
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, कात्तिक १६, २०७९
313379905_477543114436835_8408213718353667083_n
बेनी । नजिकिँदै गरेको मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि नेकपा एमालेका उम्मेदवारले घरदैलोमार्फत मतदाता भेटघाटलाई तीव्रता दिएका छन् । यसैक्रममा आज (मङ्गलवार) बेनी नगरपालिका–३, भकिम्लीको विभिन्न टोल र वस्तीमा पुगेर मतदाता भेटघाट गरी भोट मागिएको हो । भकिम्लीको हल्लेगौंडा, चिनाखेत, भकिम्ली, डोले र छेपारेलगायत टोल, वस्तीमा पुगेर चुनावलक्षित कार्यक्रमअन्तर्गत मतदाता भेटघाट गर्नुका साथै घरदैलो गरिएको नेकपा एमाले म्याग्दीले जनाएको छ । एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, प्रदेश सभा (क)का उम्मेदवार एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवाल क्षत्रीसहितको टोलीले भकिम्लीमा मतदाता भेटघाट गरेको थियो । मतदातालाई भेटघाट गर्दै प्रतिनिधि सभाका उम्मेदवार श्रेष्ठले आफू सरकारी जागिरको माया मारेर जनताको सेवा गर्नका लागि राजनीतिमा लागेको हुँदा आसन्न निर्वाचनमा भोट दिएर जिताउन आग्रह गर्नुभयो । उहाँले यसअघि आफू तत्कालीन अर्थुङ्गे गाविसको अध्यक्ष हुँदा समग्र बेनीबजारको व्यवस्थापन गर्ने, व्यावसायिक कर उठाउने नीति बसाल्ने, बजार तथा गाउँका सडकहरुको मापदण्ड तयार गर्नेलगायत विकास निर्माणका काम गरेको बताउँदै अब पनि जिल्लाको विकास र नागरिकको सेवा गर्ने अवसर प्रदान गर्न एमाले पार्टी र एमालेका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो । सोही क्रममा प्रदेश सभा (क)का उम्मेदवार क्षत्रीले यसअघि दुई पटकसम्म जनप्रतिनिधिको भूमिकामा रहेर जिल्लाको वस्तुस्थिति बुझ्नुका साथै विकास निर्माणमा आवश्यक पहल गरेको हुँदा जिल्लाको विकासलाई थप गति दिन आफू र एमालेको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । उहाँले समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पुरा गर्नका लागि पनि देशमा एमालेको सरकार आवश्यक रहेकाले एमाले उम्मेदवारलाई विजयी बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटी सदस्य भोजबहादुर थापा, जिल्ला कमिटी सदस्य गेमबहादुर घर्ती, भकिम्लीका वडा कमिटी अध्यक्ष यामबहादुर घर्तीलगायत स्थानीय नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो । यसैगरी प्रदेश सभा (ख)का उम्मेदवार यामबहादुर गर्बुजा, एमाले धवलागिरि गाउँपालिका कमिटी अध्यक्ष रेशम छन्त्याल र प्रदेश सभा (ख) निर्वाचन परिचालन समन्वय कमिटी सचिव प्रगति कार्कीसहितको टोलीले लुलाङको खोरियामा घरदैलो गरी मतदातालाई भेटेर भोट मागेको जनाएको छ । त्यस्तै एमाले मंगला गाउँपालिका कमिटीले समेत पालिकाभित्र पाँचवटै वडा कमिटीको वैठक बसेर आसन्न निर्वाचनलक्षित तयारी गरिएको जानकारी दिएको छ । वडा कमिटीहरुको वैठकमार्फत निर्वाचन प्रचार सामग्री सबै टोल र वस्तीमा पु¥याउने, एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरुको बारेमा जनतालाई सुसूचित गराउने र पार्टीको पक्षमा चुनाव पार्ने तथा उम्मेदवारलाई विजयी बनाउने गरी लाग्न आवश्यक योजना बनाइएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  ०७:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP