शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गठबन्धनका उम्मेदवार मतदाता भेट्न घरदैलोमा
गठबन्धनका उम्मेदवार मतदाता भेट्न घरदैलोमा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, कात्तिक १७, २०७९
313979363_1350791925327511_8633823756940109612_n
बेनी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरूले जिल्लाका विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्वुजा  र प्रदेशसभा सदस्य क्षेत्र नं २ का उम्मेदवार नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सुविन जुग्जालीले मंगला गाउँपालिका वडा नं ५ अर्मनमा विभिन्न स्थानमा घरदैलो अभियान गर्नुभएको छ । घरदैलो अभियान सहित खेतबारीमा रहेका मतदातालाई भेट्दै उम्मेदवार गर्बुजाले पाँचबर्षमा म्याग्देली जनतालाई बिकासको अनुभुति दिलाउने गरी काम गर्ने गठबन्धनका उम्मेदवारलाई मतदान गरी विजय बनाउन अनुरोध गर्नुभयो । अब गटबन्धनको सरकार बनेमा ६५ वर्षमै वृद्ध भत्ता, ३ वर्ष मुनि र ७३ वर्षमाथिका नागरिकलाई निःशुल्क उपचार, विपन्नलाई १० हजार किरिया खर्च, ५० युनिटसम्म विद्युत निःशुल्क जस्ता सुविधा दिने समेत गर्बुजाको भनाई थियो । जिल्लाभित्र सामानुपातिक बजेट वितरण, ग्रामिण क्षेत्रमा रहेका अति आवश्यक समस्याहरु समाधान सहितका कार्यहरुलाई पहिलो प्राथमिकता दिने प्रदेशसभा सदस्यका उम्मेदवार जुग्जालीले बताउनुभयो । मतदातालाई भेठघाट सहित घरदैलो अभियानको क्रममा प्राप्त सुझावलाई विजय भएपछि पहिलो प्राथमिकतामै कार्यान्वयन गर्ने बताउनुभयो । यसैबीच प्रदेशसभा क्षेत्र नं १ का उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता हरि भण्डारीले रघुगंगा गाउँपालिका वडा नं ८ कुईने, वडा नं ६ ठाडाखानीमा घरदैलो अभियान गर्नुभएको छ । घरदैलो अभियानमा उम्मेदवार भण्डारीले प्रदेश सकारले यसअगाडी गरेका विकास निर्माणका गतिविधिलाई निरन्तरताका साथै जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । उहाँले छिमेकी जिल्लाको पहुँचका कारण विकासमा फड्को मारेको बताउँदै म्याग्दीको विकासका लागि समेत अव ढिलाई गर्न नहुने बताउनुभयो । घरदैलो अभियानमा नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १०:५५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP