शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • घोडेपानीमा घोडादौड प्रतियोगिता (फोटो फिचर)
घोडेपानीमा घोडादौड प्रतियोगिता (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, कात्तिक १८, २०७९
IMG_0376
सुरेन गुरुङ घोडेपानी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,घोडेपानीमा बिहिबार तेस्रो घोडादौड प्रतियोगिता सम्पन्न भएको छ । १६ जना घोडा धावक सहभागि प्रतियोगितामा कास्कीको अन्नपूर्ण गाउँपालिका चुइलेका हितमान गुरुङ प्रथम हुनुभएको छ । गुरुङको घोडाले दोस्रो घोडेपानी घोडादौड प्रतियोगितामा पनि प्रथम भएको थियो । अन्नपूर्ण गाउँपालिका–५ घोप्टेखर्क देखि घोडेपानीसम्मको सात दशमलब पाँच किलोमिटर दुरी २५ मिनेट ३८ सेकेण्डमा पार गरेर गुरुङको घोडा पहिलो भएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष विरेन गर्बुजा पुनले जानकारी दिनुभयो । २५ मिनेट ५३ सेकेण्डमा दुरी पार गरेका घोडेपानीका याम पुन दोस्रो र कास्कीको छोम्रोङका सुमित गुरुङले २६ मिनेट ५४ सेकेण्डमा निर्धारित दुरी पार गरेर तेस्रो हुनुभएको हो । घोडेपानी घोडा व्यवसायी समितिले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा बिजयी भएका प्रथम, दृतीय र तृतीयलाई क्रमश रु. ५१ हजार, ३१ हजार र २१ हजार नगद पुरस्कार, ट्रफि र प्रमाणपत्र वितरण गरिएको थियो । अन्नपूर्ण गाउँपालिकाका पुर्व अध्यक्ष क्याप्टेन डमबहादुर पुनले प्रतियोगिता उद्घाटन गर्नुभएको थियो । “घोडेपानीको पर्यटन विकासमा घोडाको योगदान छ,”उहाँले भन्नुभयो “सौखिन पर्यटकहरु घोडा चढेर यात्रा गर्न रुचाउँछन् । हिड्न नसक्ने पर्यटकहरु घोडा चढेर गन्तब्यमा पुग्न पाएका छन् । घोडापालनबाट ढुवानीमा सहजताका साथै रोजगारी र आयआर्जनमा पनि सहयोग पुगेको छ । ” प्रतियोगितामा विजयीहरुलाई घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मिना पुन, युवा क्लवका अध्यक्ष मिम बुद्धुजा, कोषाध्यक्ष सपना गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभयो । घोडेपानी युवा क्लव, आमा समुह, पर्यटन व्यवस्थापन उपसमिति र टोल सुधार समितिसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो । पर्यटन प्रर्वद्धन र घोडाको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको घोडेपानी घोडा व्यवसायी समितिका अध्यक्ष याम पुनले बताउनुभयो । घोडादौड अवलोकनका लागि स्थानीयवासीका साथै पर्यटकहरुको पनि उपस्थिति थियो । अन्नपूर्ण गाउँपालिका–५ का पुर्व वडा सदस्य धनबहादुर पाईजाले पाउद्धारमा पनि घोडादौड प्रतियोगिता आयोजना गर्ने तयारी भएको जानकारी गराउनुभयो । पुनहिल र घोडेपानीबाट सुर्योदय, हिमाल, पहाडी भूगोल, जंगलको मनमोहक दृष्य अवलोकन गर्न पर्यटकहरु आउने गर्छन् । म्याग्दीको प्रमुख पर्यटकीय गन्तब्य घोडेपानी विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको छ ।घोडेपानी र घोडाको ऐतिहाँसिक सम्बन्ध छ । परापुर्व कालमा घोडेपानी भोटमा नुन लिन जाने, दामोदरकुण्डको तिर्थयात्रा गर्ने र चिनीयाहरुलाई भारतीय बजार जाने आउने गर्ने बाटोमा थियो । समुन्द्रि सतहदेखि करिब दुई हजार ८०० मिटरको उचाईमा रहेको घोडेपानीमा बटुवाहरुले घोडालाई पानी खुवाउने गरेकाले घोडेपानी नाम रहन गएको किम्बदन्ती छ । यसअघि बैशाख महिनामा घोडादौड प्रतियोगिता हुने गरेको थियो । घोडेपानीको छिमेकी कास्कीको घान्द्रुकमा घोडेजात्रा पर्वका अवसरमा घोडादौड प्रतियोगिता आयोजना हुदै आएको छ । दुई ठाउँमा सँगसँगै पर्ने भएकाले घोडेपानीमा यसपाली देखि शरदयाममा घोडा दौड आयोजना गरिएको हो । सहभागीका लागि दर्ता शूल्क प्रतिव्यक्ति रु. तीन हजार तोकिएको थियो । सहभागी हुने घोडाको लागि दानाको व्यवस्था आयोजकले गरेका थिए । घोडेपानीका होटल व्यवसायी शुशिल पुनले पर्यटकको वसाई लम्बाउन घोडेपानी देखि प्यारीबाराही ताल जोड्ने घोडा र साइकल मार्ग, तवेला, चरा अवलोकन स्थल समेत निर्माण गरिएको बताउनुभयो । आगामी वर्ष यही मार्गमा घोडा दौडाउने उहाँले बताउनुभयो ।  
प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  ११:५८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP