शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • विकास र परिवर्तनका निम्ति गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ: गर्बुजा
विकास र परिवर्तनका निम्ति गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ: गर्बुजा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, कात्तिक १८, २०७९
313118311_664961951656386_1545456857434730956_n
बेनी । म्याग्दीका राजनीतिक दलहरुले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारहरुले चुनाव प्रचार टोली लिएर गाउँ केन्द्रित चुनावी सभा गरेका छन् । चुनावी गीत र नारा घन्काउदै आमसभाका लागि चुनाव प्रचार टोली गाउँ पसेका छन ।शुक्रबार वाम–लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार खमबहादुर गर्वुजा ‘खम्बिर’ र प्रदेश सभा (१) का उम्मेदवार हरीबहादुर भण्डारीले बेनी नगरपालिका – ९, घतानको नेप्टेचौरबाट चुनावी प्रचार सुरु गरेका छन् । गठबन्धनले बेनी नगरपालिका, ४ सिंगा,–६ अर्थुङ्गे, ५ पुलाचौरमा चुनावी प्रचार सभा गरेका छन् । गठबन्धनका शिर्ष नेताहरुको उपस्थित रहेको थियो । गठबन्धनतर्फका प्रदेश सभा (२) का उम्मेदवार रेशम जुग्जालीको टोलीले मंगला गाउँपालिका– ४ बरंजाको धापुङ र बुकुनीमा चुनावी सभा तथा कार्यकर्ता भेटघाट गरेका छन् । चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका उम्मेद्वार गर्बुजाले जिल्लाको विकास र परिवर्तनका लागि गठबन्धनका उम्मेद्वार विजयी हुनुपर्ने बताउनुभयो । संविधानको रक्षा र राजनितिक स्थायीत्वको लागि गठबन्धनलाई जिताउन अपिल गर्नुभयो । उहाँले आफुहरु विजयी भएमा मात्र जिल्लाको विकास र परिवर्तन सम्भव हुने जिकिर गर्नुभयो । ‘लामो समयदेखी एमालेका साथिहरुले जित्दै आउनुभएको छ । जिल्लाको विकास र आम नागरिकको जिवन स्तरमा परिवर्तन आउन सकेको छैन् ,’उहाँले भन्नुभयो । जिल्लामा विकासलाई गति दिन र विकास मार्फत नागरिकको जिवनस्तरमा परिवर्तन ल्याउनको निम्ति पनि आफुहरुले जित्न आवश्यक रहेको दावी गर्नुभयो । त्यस्तै एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार हरीकृष्ण श्रेष्ठ र प्रदेश सभा (१)का उम्मेदवार देवेन्द्रबहादुर कटुवाल सहितको टोलीले बेनी नगरपालिका–५ पुलाचौरमा चुनावी प्रचार प्रसार गरेका छन् । त्यस्तै उम्मेदवार श्रेष्ठ र प्रदेश सभा (२) का उम्मेदवार यामबहादुर गर्वुजाले मंगला गाउँपालिका– १, कुँहुमा चुनावी आमसभा गरेका छन् । नेता श्रेष्ठले संसद विघटनको बचाउ गर्दै वर्तमान सरकारले महङ्गी नियन्त्रणमा चासो नदेखाएको आरोप लगाउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  २०:०१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP