शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ढोरपाटनलाई सडकले जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने गठबन्धनका उम्मेद्वारहरुको प्रतिवद्धता
ढोरपाटनलाई सडकले जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने गठबन्धनका उम्मेद्वारहरुको प्रतिवद्धता
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, कात्तिक २०, २०७९
DSC_0129
बेनी। आगामी मंसिर ४मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि पाँच दलीय गठबन्धनका उम्मेद्वारलेम्याग्दीको पश्चिमी क्षेत्र हुदै ढोरपाटनलाई सडकले जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रतिवद्धता जनाएका छन् ।धवलागिरी गाउँपालिकाको मुदी, मुना, ताकम र धारापानीमा आइतबार गठबन्धनले आयोजना गरेको चुनावी सभामा उनिहरुले ढोरपाटन जोड्ने सडकलाई मध्य पहाडी लोकमार्गको वैकल्पिक बनाउने र धौलागिरि चक्रीय पदमार्गलाई व्यवस्थित गरेर पर्यटन विकासमा जोड दिने प्रतिवद्धता जनाएका हुन् । [caption id="attachment_63843" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष समेत रहेका नेकपा माओवादी केन्द्रका समानुपातिक उमेद्वार डाक्टर मिनबहादुर श्रेष्ठले मध्य पहाडीको बागलुङ भन्दा म्याग्दी भएर ढोरपाटन जोड्ने सडक ६० किलोमिटर छोटो हुने भएकाले वैकल्पिक बनाउन सकिने बताउनुभयो ।“म योजना आयोगको उपाध्यक्ष हुँदा डिपिआर स्विकृत र बजेटको स्रोत सुनिश्चितता गरेर ठेक्का प्रक्रीया अघि बढाएको बेनी–दरवाङ सडक कालोपत्र गर्ने काम अझै पुरा नहुनु दुखद छ,” उहाँले भन्नुभयो “बेनी–दरवाङ– धवलागिरी गाउँपालिका जोड्ने सडक कालोपत्रलाई पूर्णताका साथै ढोरपाटनलाई सडक सञ्जालमा जोडेर पश्चिम म्याग्दीको समग्र विकासलाई अघि बढाउने हाम्रो प्रतिवद्धता छ ।” [caption id="attachment_63844" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] प्रतिनिधीसभा सदस्यका उमेद्वार नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले ताकमकोत, धौलागिरि चक्रीय पदमार्ग र गुर्जा हिमालको पर्यटन विकासका लागि पूर्वाधार निर्माणका साथै प्रचारप्रसार र व्यवस्थापनमा प्राथमिकता दिने बताउनुभयो । [caption id="attachment_63840" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] पर्यटनको विकास गरेर सहर र विदेशमा गएकालाई गाउँ फर्काउने तथा आयआर्जनको अवसर सिर्जना गराउन सकिने बताउनुभयो । म्याग्दीको विकासमा निरन्तरतामा क्रमभंगता गर्नका लागि यसपाली गठबन्धनलाई जिताउन गर्बुजाले अपिल गर्नुभयो ।प्रदेशसभा क्षेत्र ९ख०मा गठबन्धनका उमेद्वार माओवादी केन्द्रका जिल्ला संयोजक रेशमबहादुर जुग्जालीले धवलागिरी गाउँपालिकालाई जलविद्युत र जडिवुटीको माध्यमबाट सम्बृद्ध गराउने योजना सुनाउनुभयो । [caption id="attachment_63842" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] “यहाँ निजी क्षेत्र मार्फत भित्रिएका जलविद्युत आयोजना कार्यान्वयनको क्रममा रोजगारी सिर्जना गर्न सिपयुक्त दक्ष र योग्य जनशक्ति उत्पादन गर्न तीनै तहका सरकारबीच समन्वयको वातावरण बनाउँछु,” उहाँले भन्नुभयो “जलविद्युत आयोजना निर्माण सम्पन्न भएपछि र पर्यटनको रोयल्टीबाट यस क्षेत्रको विकास बजेट बढ्छ । नागरिकको आधारभूत आवश्यकता र माग अनुसारका योजना कार्यान्वयन गर्न सहज हुन्छ ।” [caption id="attachment_63839" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_63846" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_63841" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_63838" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_63837" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_63832" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_63833" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_63834" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_63836" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_63831" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_63830" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_63835" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] चुनावमा मात्र पर्यटक जसरी भोट माग्न मात्र आउने टुरिष्ट उमेद्वारले स्थानीयका समस्या, आवश्यकता नबुझ्ने र काम गर्न पनि गाहे पर्ने भएकाले भूगोलमै निरन्तर राजनीति गरिरहेका उमेद्वार रोज्न जुग्जालीको आग्रह थियो । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोविन्द पौडेलले आफु संविधानसभा सदस्य हुँदा शुरु गरेको ताकमको घना वस्ति विकासको कार्यक्रमलाई सफल बनाउन पनि यसपाली गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो । संविधानको रक्षा, स्थिरता, विकास र सम्बृद्धीका लागि बनेको गठबन्धनमा विश्वास कायम गर्न र विपक्षीले फिजाएको भ्रममा नपर्न पौडेलले आग्रह गर्नुभयो । नेपाली काँग्रेसका नेता तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले शान्ति प्रक्रीया, जनआन्दोलन, संविधान जारी र संघीयताको कार्यान्वयनमा सहकार्य गरेका राजनीतिक शक्तिहरुबीचको सहकार्यले राष्ट्रियताको रक्षा, संविधान कार्यान्वयन र राजनीतिक स्थिरताका साथै शुसासन कायम हुने बताउनुभयो । केपी ओलीले आफ्नै दुई तिहाई बहुमत नजिकको संसदलाई दुई दुई पटकसम्म विघटन गरेर देशलाई अप्ठ्यारो अवस्थाबाट राजनीतिक निकास दिन बनेको गठबन्धनको मर्म र भावना बुझेर धवलागिरीका काँग्रेस–माओवादी–समाजवादी र जनमोर्चाका कार्यकर्ताले स्थानीय तहमा जस्तै आगामी चुनावमा प्रतिगामीलाई सवक सिकाउनुपर्ने बानियाको भनाई थियो । नेपाली काँग्रेसका समानुपातिक उमेद्वार विमला गौचन, नेकपा एकिकृत समाजवादीका समानुपातिक उमेद्वार दुर्गा कार्की, जनमोर्चाका समानुपातिक उमेद्वार छवी विश्वकर्मा, एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माले महिला, दलित, जनजाती, पिछडिएका वर्ग र समुदायको पक्षमा संविधान बनाउने, लोडसेडिङको अन्त्य, शिक्षा, स्वास्थ्यका क्षेत्रमा परिवर्तन ल्याउने योगदान गरेका गठबन्धनका दललाई जिताउन अपिल गर्नुभयो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  २२:५५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP