शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • भकिम्ली र बरंजामा एमालेकाे चुनावी सभा
भकिम्ली र बरंजामा एमालेकाे चुनावी सभा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, कात्तिक २०, २०७९
313861782_493667009360642_8504726191581160620_n
बेनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा उम्मेदवारहरुले विकासको एजेण्डा बोकेको एमाले पार्टीलाई भोट दिनुपर्ने बताएका छन् । निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा आज (आइतबार) बेनी नगरपालिका–३, भकिम्ली र मंगलाको बरंजामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका हुन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत भकिम्लीको चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले विकासको एजेण्डा बोकेर गाउँ पसेको पार्टी एमालेलाई भोट दिएर जिताउन आग्रह गर्नुभयो । उहाँले ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई पुरा गर्न देशमा एमालेको सरकार आवश्यक रहेकाले मंसिर ४ गतेको निर्वाचनमा एमालेलाई जिताउनुपर्ने बताउनुभयो । एमाले गण्डकी प्रदेश सचिवालय सदस्य एवं प्रतिनिधि सभाका उम्मेदवार हरिकृष्ण श्रेष्ठले स्रोतसाधनको समुचित परिचालन गरी म्याग्दीको विकास गर्नका लागि आफू उम्मेदवार बनेको बताउँदै एमाले पार्टी र एमालेका उम्मेदवारलाई भोट गर्न मतदाताहरुलाई आह्वान गर्नुभयो । उहाँले म्याग्दी जिल्लामा भएको कृषि, पर्यटन, जलविद्युत, पशुपालन, जडिबुटी, फलफुल खेतीको विकास गरी समृद्ध म्याग्दी बनाउने आफ्नो एजेण्डा रहेको मतदाताहरुलाई जानकारी गराउँदै विकासको एजेण्डा बोकेर निर्वाचनमा होमिएकाले अमूल्य मत प्रदान गरी विजयी बनाउनुपर्नेमा जोड दिनुभयो । प्रदेश सभा (१)का उम्मेदवार एवं एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवालले यसअघि आफूले जिल्ला समन्वय समितिको नेतृत्वमा रहेर जिल्लामा शिक्षा, स्वास्थ्य, सडक, विद्युत, पूर्वाधारलगायत क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै थप विकासका लागि प्रदेश सभामा पुग्ने वातावरण मिलाउन मतदातासमक्ष अनुरोध गर्नुभयो । विगत लामो समयदेखि म्याग्दीमा राजनीतिक र शैक्षिकसहित विभिन्न माध्यमबाट जिल्लालाई नियालेको बताउँदै उहाँले जिल्लामा विकासको लहर सिर्जना गर्न जनताको माझमा आएको बताउनुभएको छ । कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य खुमबहादुर बानियाँ, जिल्ला सचिवालय सदस्य एवं निर्वाचन परिचालन समन्वय कमिटी संयोजक रामप्रसाद सुवेदी र बेनी नगर कमिटी अध्यक्ष नारायण जिसीले मन्तव्य व्यक्त गर्दै जिल्लाको विकास निर्माण गर्न एमाले र एमालेका उम्मेदवारको पक्षमा मतदान गरी विजयी बनाउन भकिम्लीवासीलाई आग्रह गर्नुभएको थियो । एमाले वडा कमिटी अध्यक्ष याम घर्तीमगरको अध्यक्षता, जिल्ला कमिटी सदस्य गेमबहादुर घर्तीमगरको स्वागत र नगर कमिटी सचिव सुवास विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सचिवालय सदस्य भोजबहादुर थापा, प्रदेश सम्पर्क समन्वय कमिटी उपसचिव पदमलाल सापकोटा लगायतको उपस्थिति रहेको थियो । यसैगरी बेनपा–२, बगरफाँट क्षेत्रमा एमाले उम्मेदवार श्रेष्ठ र कटुवालसहितको टोलीले घरदैलो गरी भोट मागको जनाएको छ । यसैगरी प्रदेशसभा (२)को मंगला गाउँपालिका–३ र ४ नम्बर वडा बरंजामा पनि एमालेको चुनावी सभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला सहइन्चार्ज नरदेवी पुनले महिला, दलित, जनजाति, पिछडिएको वर्ग, अपाङ्गता भएका व्यक्तिहरुको उत्थान र रोजगारी सिर्जना गर्न एमालेलाई भोट दिनुपर्ने बताउनुभयो । एमाले उम्मेदवार यामबहादुर गर्बुजाले प्रदेश सभामार्फत नीति, कार्यक्रम र योजना बनाई कार्यान्वयनमार्फत जिल्लाको विकासका लागि आफू उम्मेदवार बनेको हुँदा आफू र पार्टीको पक्षमा मत दिन आग्रह गर्नुभयो । मंगला–४, नम्बर वडामा एमाले वडा कमिटीका अध्यक्ष अर्जुन रोकाको अध्यक्षता र पालिका कमिटी उपसचिव दर्पण रोकाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यस्तै ३ नम्बर वडामा वडा कमिटी उपाध्यक्ष सेतीमाया विश्वकर्माको अध्यक्षता, पालिका कमिटी उपसचिव रोकाको स्वागत र जिल्ला सदस्य कलाधर कँडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा अनेरास्ववियुका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेल, अनेमसंघका जिल्ला अध्यक्ष यशुदा रोका लगायतले सम्बोधन गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  २३:१९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP