बेनी। पाँच दलीय गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उम्मेद्वार समेत रहनुभएका नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले यसपाली म्याग्दीमा गठबन्धनले जित्ने उद्घोष गर्नुभएको छ ।धवलागिरी गाउँपालिकाको मल्कवाङ, मराङवेशी, मालिकाको बिम र दरवाङमा सोमबार गठबनधनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देशभर नयाँ, युवा उमेद्वार रोज्ने लहरको प्रभाव म्याग्दीमा पनि देखिएकाले गठबन्धनले जित्ने ठोकुवा गर्नुभएको हो ।
[caption id="attachment_63877" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
‘म यसअघिका दुई वटा चुनाव हारेपनि विचलित भइन । राजनीति मार्फत म्याग्दीलीको सेवामा निरन्तर क्रियाशिल भएको यहाँहरुले देखेको र भोग्नुभएको छ,’ गर्बुजाले भन्नुभयो ‘जहाँ पुग्दा पनि गठबन्धनकै उम्मेद्वारको चर्चा छ । म्याग्दीली जनताले पनि परिवर्तन चाहेका छन् । यहाँको अवस्था, वस्तुअवस्था र सम्भावनालाई हेरेर गठबन्धनलाई कसिलो बनाएका छौ ।’
[caption id="attachment_63875" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
प्रदेशसभा क्षेत्र ९ख० का उमेद्वार माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीले गठबन्धनका उमेद्वारहरुले चुनाव जितेमा म्याग्दीको विकासमा निरन्तरताको क्रमभंगता हुने बताउनुभयो । ‘सडक भित्रिएको २८ वर्षमा जिल्लाभर करिब ३० किलोमिटर पनि पिच किन हुन नसक्नुको कारण यसअघि चुनाव जितेर गएका प्रतिनिधि हुन कि होइनन ?,’ प्रश्न गर्दै उहाँले भन्नुभयो ‘पटक पटक मन्त्री आफ्नो जिल्ला र भेगको विकास गर्न नसक्नेले अब गर्लान भन्ने के ग्यारेन्टि छ ?’
[caption id="attachment_63878" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
आगामी सरकार गठबन्धनको बन्ने र त्यसमा म्याग्दीको प्रतिनिधित्व हुने भएकाले अबको पाँच वर्षे कार्यकालमा म्याग्दीको भौतिक, सामाजिक र आर्थिक विकासमा क्रमभंगता हुने जुग्जालीको भनाई थियो ।नेकपा माओवादी केन्द्रको समानुपातिक उमेद्वार रहनुभएका राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा। मिनबहादुर श्रेष्ठलाई गठबन्धनले भावी अर्थमन्त्री र काँग्रेसबाट प्रदेशसभाको समानुपातिक उमेद्वार रहेकी बिमला गौचनले महत्वपूर्ण पद पाउने गठबन्धनका नेताहरुले बताएका छन् ।

श्रेष्ठले आफू योजना आयोगको उपाध्यक्ष हुँदा बेनी–दरवाङ र बेनी–दरवाङ–कोरला सडक आयोजनाको डिपिआर स्विकृति गराएर बजेटको स्रोत सुनिश्चितता गराएको बताउदै दरवाङ–बिम–मराङ–मल्कवाङ–ठाडाखानी–पाखापानी–झिँ–पात्लेखेत–घतान–बेनी जोड्ने सडकलाई चक्रपथ बनाउन सकेमा यस क्षेत्रको सम्वृद्धीमा योगदान पुग्ने बताउनुभयो ।
[caption id="attachment_63874" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
जलविद्युत, पर्यटन, कृषि, खनिज स्रोतको परिचालन मार्फत रोजगारी सिर्जना र आयआर्जन वृद्धी गरी म्याग्दीलाई सम्बृद्ध बनाउन गठबन्धनलाई जिताउन उपाध्यक्ष श्रेष्ठले अपिल गर्नुभयो ।महिला, दलित, जनजाती, पिछडिएका वर्ग र समुदायको पक्षमा संविधान बनाउने, लोडसेडिङको अन्त्य, शिक्षा, स्वास्थ्यका क्षेत्रमा परिवर्तन ल्याउने योगदान गरेका गठबन्धनका दललाई जिताउन नेकपा माओवादीका केन्द्रिय सदस्य गोविन्द पौडेलले आग्रह गर्नुभयो ।
[caption id="attachment_63873" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा, जनमोर्चाका समानुपातिक उमेद्वार छवी विश्वकर्माले संविधानको रक्षा, स्थिरता, विकास र सम्बृद्धीका लागि बनेको गठबन्धनमा विश्वास कायम गर्न र विपक्षीले फिजाएको भ्रममा नपर्न आग्रह गर्नुभयो ।नेपाली काँग्रेसका समानुपातिक उमेद्वार बिमला गौचन, नेकपा एकिकृत समाजवादीका समानुपातिक उमेद्वार दुर्गा कार्कीले शान्ति प्रक्रीया, जनआन्दोलन, संविधान जारी र संघीयताको कार्यान्वयनमा सहकार्य गरेका राजनीतिक शक्तिहरुबीचको सहकार्यले राष्ट्रियताको रक्षा, संविधान कार्यान्वयन र राजनीतिक स्थिरताका साथै शुसासन कायम हुने बताउनुभयो ।
[caption id="attachment_63881" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_63882" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]

[caption id="attachment_63876" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_63868" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_63869" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_63870" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_63871" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]

[caption id="attachment_63867" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_63866" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_63865" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_63864" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_63863" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_63858" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_63859" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_63860" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_63861" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_63862" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_63856" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_63857" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]