शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अर्मन र रत्नेचौरमा एमालेको चुनावी सभा
अर्मन र रत्नेचौरमा एमालेको चुनावी सभा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, कात्तिक २२, २०७९
314715343_1554959498308829_617028089910871052_n
म्याग्दी । आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमाले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले जिल्लाको विकास र सुशासनका लागि आफ्नो उम्मेदवारी भएको बताउनुभएको छ ।सोमवार म्याग्दीको मंगला गाउँपालिका -५, अर्मन र बेनी नगरपालिका -१, रत्नेचौरमा आयोजित चुनावी सभालाई सम्वोधन गर्नुहुँदै उम्मेदवार श्रेष्ठले जिल्लाको शिक्षा, स्वास्थ्य, खोनपानी, यातायात, कृषि, पर्यटन लगायतको क्षेत्रमा उल्लेख्य विकास गर्ने अठोट लिएर चुनावी मैदानमा उत्रिएको बताउनुभएको हो । साथै उहाँले भ्रस्टाचार नियन्त्रण, जिल्लामा संचालित राष्ट्रिय गौरवका आयोजनाहरुको सवल कार्यान्वयन, साथै सवै प्रकारका वेथितिलाई निरुत्साहित गरि सुशासन कायम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । उम्मेदवार श्रेष्ठले नेकपा एमाले केन्द्रिय कमिटीले सार्वजनिक गरेको घोषणापत्र र जिल्लामा सार्वजनिक गरेको प्रतिवद्धतापत्र अनुसार रहेर जनहितका काम गर्ने बताउदै मंसिर ४ गते सूर्य चिन्हमा मतदान गरि विजयी बनाउन अनुरोध गर्नुभयो । रत्नेचौरमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै प्रदेशसभा निर्वाचन क्षेत्र (क) का उम्मेदवार देवेन्द्र बहादुर कटुवालले केपी ओली नेतृत्वमा बनेको एमाले सरकारले शिक्षा, स्वास्थ्य, कृषि, सडक, पर्यटन लगायतका क्षेत्रमा उल्लेख्य विकास गरेको बताउँदै राजनैतिक स्थिरता कायम गराउने, मुलकलाई समृद्धिको बाटोमा अगाडी बढाउने, जनतामा खुसियाली ल्याउने र सुशासन कायम गर्ने एउटा मात्रै पार्टी नेकपा एमाले भएको ठोकुवा गर्नुभयो । नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष तथा जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख समेत रहनु भएका उम्मेदवार कटुवालले आसन्न निर्वाचनमा सूर्य चिन्हमा मतदान गरि आफुलाई विजयी गराउन अनुरोध गर्दै म्याग्देली जनताका समस्या र भावना अनुसार जनताकै पक्षमा रहेर काम गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईन्चार्ज भुपेन्द्र बहादुर थापाले राष्ट्रिबादी र जनबादी पार्टी नेकपा एमालेको पक्षमा जनलहर बढेको बताउनुभयो ।एमाले सरकारले मुलुकमा विकासको मुल फुटाएको बताउँदै थापाले एमाले सरकारको पालामा जिल्लामा पनि लामा झोलुगे पुन बेनेको, ८ सय भन्दा वडि भुकम्पका भत्काएका घरहरु बनेको, विद्यालय भवनहरु बनेको, सडकहरु निर्माण भएका र म्याग्दी र काली गण्डकी माथि विभिन्न ठाउँहरुमा मोटरेवल पुलहरु निर्माण भएको बताउनुभयो । निवर्तमान प्रतिनिधिसभा सदस्य समेत रहनुभएका थापाले एमालेले जितेर जिल्लामा केही गर्न सकेन भनेर विपक्षले भ्रम छरिरहेको बताउनुभयो । सरकारत एमालेले भन्दा धेरै काँग्रेसले चलाएको छ र माओवादीले पनि तर काम कस्ले कति ग¥यो भनेर जनताले बुझिसकेका छन, यसको जवाफ हामीले दिनुपर्दैन, थापाले भन्नुभयो । गठवन्धनले सरकार संचालन गरेको १८ महिना पुगिसक्दा पनि राष्ट्र र जनताको पक्षमा रहेर कुनैपनि काम नभएको थापाको भनाई थियो । महंगी बढाउन बाहेक गठवन्धनको सरकारको कुनै उपलव्धी नभएको उहाँको तर्क थियो । चुनावीसभालाई नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय युवा संघका केन्द्रिय उपाध्यक्ष सन्तोष रावल, अनेरास्ववियुका प्रदेश कमिटी अध्यक्ष प्रकाश पौडेल लगायतका नेताहरुले सम्वोधन गर्नुभएके थियो । त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र (ख) अन्तर्गत मंगलाको अर्मनमा चुनावीसभा सम्पन्न भएको छ । सभामा बोल्दै प्रदेशसभा (ख) का उम्मेदवार याम बहादुर गर्वुजाले जनताको आधारभूत आवश्यकता र जनजीविकाको सवालमा नीति निर्माण र कार्यान्वयका लागि आफुले भुमिका खेल्नका लागि जनताको अगाडि उभिएको बताउनुभयो । युवाहरुलाई राजगारको सृजना गर्न, ज्येष्ठ नागरिकहरुको सुरक्षा, दलित तथा जनजातिहरुको अवस्था परिवर्तन तथा उत्पादनमुखि विकासमा आफ्नो जोड रहने प्रतिवद्धता जनाउँदै मंसिर ४ गतेको निर्वाचनमा सूर्य चिन्हमा अमुल्य मत दिएर विजयी गराउन अनुरोध गर्नुभयो । नेकपा एमालेका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला सह इन्चार्ज नरदेवी पुनले देशको जिम्मेवार पार्टी एमाले भएकाले समृद्ध नेपाल र सुखि नेपालीको संकल्पलाई पुरा गर्नका लागि मंसिर ४ मा नेकपा एमालेका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्नुभयो । सभालाई नेकपा एमाले प्रदेश कमिटी सदस्य सुवास विश्वकर्मा, जिल्ला सचिवालय सदस्य खरमाया विटालु, मंगला गाउँपालिकाका निवर्तमान उपाध्यक्ष सृजना केसी लगायतका नेताहरुले सम्वोधन गर्नुभएको थियो । सभामा राष्ट्रिय जनसांस्कृतिक महासंघका कलाकारहरुबाट आकर्षक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।   एमालेले फरक काम गरेको । ५१ सालमा सरकार स्थापना गर्दा नीतिगत रुपमा परिवर्तन गरेको । वृद्धाभत्ता वितरण गरेको । सुकुम्वासीहरुलाई जग्गा उपलब्ध गराउने गरि सुकुम्वासी समस्या समाधान आयोग गठन गरि सुकुम्वासीहरुलाई जग्गा धनी बनाएको । असामान सन्धीहरु खारेज गर्ने गरि लिएर नेपालीहरुलाई नागरिकता प्रदान गर्ने, सुस्त प्रशासन, मितव्ययी तरिकाले सरकार संचालन गर्ने, मआवादी रकाँग्रेसको कुनैपनि विचार सिद्धान्त नमिल्ने पार्टीको वठवन्धन को राष्टियताको हित विपरित का मगर्ने, जसरीहुन्छ सत्ता प्राप्त गर्ने, हालीमुहाली गर्ने आफनाको भलाईको का मगर्ने जनता र राष्टहितलाई विसर्न, राष्टबादी जनबादीपार्टीलाई का मगर्न रोक्ने, विकास निर्माणलाईए अवरुद्ध गराउने, शुसासन कायम र राजनैतिक स्थितरता कायम हुन नदिने मनासाय बाहेक अरु नभएको । जिम्मेवार पार्टी एमालेलाई
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  ०९:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP