शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • ‘अन्नपूर्णमा पर्यटन, जलविद्युत र पूर्वाधार’ : बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार
‘अन्नपूर्णमा पर्यटन, जलविद्युत र पूर्वाधार’ : बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, कात्तिक २२, २०७९
khambir-garbuja
म्याग्दी । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका दलहरुले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ भुरुङ–तातोपानी, ३ दाना, ४ नारच्याङ र ५ वडा पाउद्धारमा मंगलवार चुनाबी सभा गरेका छन् ।चुनाबी सभाहरुलाई सम्बोधन गर्दै उम्मेदवारहरुले अन्नपूर्ण गाउँपालिकामा पर्यटन, जलविद्युत र पूर्वाधार निर्माण मार्फत विकास र समृद्धिमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । चुनाबी सभाहरुलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्वुजा‘खम्बिर’ले गाउँपालिकाभित्र सञ्चालनमा रहेका जलविद्युतहरुलाई समयमै सम्पन्न गराउने वातावरण तयार गर्दै उज्यालो गाउँपालिकाको रुपमा विकास गर्न रचनात्मक भूमिका खेल्ने बताउनुभयो । उहाँले अन्नपूर्ण चक्रिय पदमार्गले समेटिएको र अन्नपूर्ण हिमालको आधार शिविरदेखि, पुनहिल, खोप्रा, खयर, तातोपानी कुण्डहरु र विभिन्न ताल तलैया, झरना र अग्ला डाँडाकाँडाले भरिपूर्ण अन्नपूर्ण गाउँपालिका क्षेत्रलाई नेपालकै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न बामलोकतान्त्रिक गठबन्धनलाई बिजयी गराउन आह्वान गर्नुभयो । उहाँले दोबा, भुरुङ र दानाबाट धौलागिरि आइसफल पदमार्गमा जोड्नका लागि समेत पर्यटन पूर्वाधार निर्माण गर्न आफुले प्राथमिकता दिने बताउनुभयो । आमसभालाई सम्बोधन गर्दै प्रदेशसभा निर्वाचन क्षेत्र (क)का उम्मेदवार हरि भण्डारीले कालिगण्डकी कोरिडोर सडक आयोजना अन्तरगत म्याग्दी क्षेत्रमा भैरहेको सडक कालोपत्रे र पक्की पुल निर्माणमा भएको ढिलासुस्ती हटाउन सहजीकरण गर्ने र अन्नपूर्ण गाउँपालिका भित्रका ग्रामीण सडकहरुको स्तरीय बनाउन आफुले प्राथमिकता दिनेमा जोड दिनुभयो । उहाँले सम्भावनाले भरिपूर्ण अन्नपूर्ण गाउँपालिका क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानीको अवस्थामा सुधार ल्याउँदै कृषि र पशुपालनको व्यावसायिकरण र आधुनिकीकरण तथा पर्यटन विकास मार्फत युवाहरुलाई आत्मनिर्भर बनाउने बिषयलाई आफुले एजेण्डा बनाएको बताउनुभयो । आमसभाहरुलाई नेपाली काँग्रेसका पूर्वसभापति रेशमबहादुर बानियाँ, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोविन्द पौडेल, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवि विश्वकर्मा, काँग्रेसका समानुपातीक उम्मेदवार बिमला गौचन, माओवादी केन्द्रका प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार डाक्टर मिनबहादुर श्रेष्ठ, प्रदेशसभाका समानुपातीक उम्मेदवार बागविर पाईजा, एकिकृत समाजवादीका प्रदेश समानुपातीक उम्मेदवार दिलु बुद्धुजा, दुर्गा कार्की, नेपाली काँग्रेसका प्रदेश निर्वाचन क्षेत्र कका सभापति ओम छन्त्याल, अन्नपूर्ण गाउँपालिकाका सभापति कृष्ण बरुवाल, दानाका वडा सभापति सुरत केसी लगायतले बाम गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन आह्वान गर्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  २०:०५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP