शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बाम–लोकतान्त्रिक गठबन्धनको आमसभा, ५ बर्षका लागि अन्नपूर्णको विकासको जिम्मा दिन मतदातालाई अपिल
बाम–लोकतान्त्रिक गठबन्धनको आमसभा, ५ बर्षका लागि अन्नपूर्णको विकासको जिम्मा दिन मतदातालाई अपिल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, कात्तिक २३, २०७९
314737315_1230026787545789_5604349862593543455_n
बेनी ।मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी बाम लोकतान्त्रिक गठबन्धनले बुधबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, हिस्तान र ८ राम्चेका विभिन्न स्थानमा चुनाबी सभा गरेका छन् ।चुनाबी सभाहरुलाई सम्बोधन गर्दै उम्मेदवारहरुले यसअगाडी निर्वाचित भएर गएका जनप्रतिनिधिले उत्तरी म्याग्दीको विकासमा कुनै चासो नदेखाएकाले अबको पाँचबर्ष जिल्लाको विकासका लागि गठबन्धनका उम्मेदवारलाई मत दिएर विजय बनाउन मतदातालाई अपिल गरेका छन् । चुनाबी सभाहरुलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एवं नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्वुजा ‘खम्बिर’ले उत्तरी म्याग्दीको विकासमा निरन्तर लाग्ने प्रतिबद्धता जनाउनुभयो । वितेका बर्षमा के भयो सबै तपाईहरुलाई थाहा छ,‘हामीले काम गरेर देखाउँछौ,‘तपाईको मतको सम्मान हुने गरी काम गछौं’ गर्बुजाले भन्नुभयो । कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा उत्तरी म्याग्दीको सम्भावनालाई संघीय सरकारबाट नियमित बजेटको आवश्यकता रहेको गर्बुजाको भनाई थियो । आमसभालाई सम्बोधन गर्दै प्रदेशसभा निर्वाचन क्षेत्र (क)का उम्मेदवार हरि भण्डारीले विगतमा लगाचार जितेकाहरुबाट जिल्ला धेरै पछाडी परेको बताउनुभयो । ‘एकपटक गठबन्धनका उम्मेदवारले जिल्लामा विकासको लहर ल्याउने गरी तपाईलाई मत माग्न आएका छौ,‘हरेक बस्तीमा पुग्दा मतदाताको गुनासो र आवश्यकतालाई हामीले संकलन गरेका छौ, त्यहीबाट निर्वाचनमा विजय भएपछि कामको सुरुवात गर्नेछौ‘ भण्डारीले भन्नुभयो ।आमसभाहरुलाई सम्बोधन गदैं माओवादी केन्द्रका प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार डाक्टर मिनबहादुर श्रेष्ठले म्याग्दीको विकास गर्न सक्ने मोडेल गठबन्धनका उम्मेदवारसँग भएको बताउनुभयो । उहाँले एकपटक राष्ट्रिय योजना आयोगमा काम गर्ने अवसर मिल्दा जिल्लाका ठूला सडकमा बजेट विनियोजन सहितका कार्यमा आफ्नो संलग्नताले सडक सञ्जालमा केही सहज भएपनि सम्रग जिल्ला छिमेकी जिल्लाको तुलनामा धेरै पछाडी परेको बताउनुभयो । आमभसामा नेकपा माओवादी केन्द्रद्रका केन्द्रिय सदस्य गोविन्द पौडेल, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा, काँग्रेसका समानुपातीक उम्मेदवार बिमला गौचन,प्रदेशसभाका समानुपातीक उम्मेदवार बागविर पाईजा, एकिकृत समाजवादीका प्रदेश समानुपातीक उम्मेदवार दिलु बुद्धुजा, दुर्गा कार्की, नेपाली काँग्रेसका प्रदेश निर्वाचन क्षेत्र कका सभापति ओम छन्त्याल, अन्नपूर्ण गाउँपालिकाका सभापति कृष्ण बरुवाल लगायतकाृे उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  २१:१४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP