शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • रसिलो म्याग्दीका लागि हसिँला खम्बिर
रसिलो म्याग्दीका लागि हसिँला खम्बिर
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, कात्तिक २४, २०७९
khambir garbuja
म्याग्दी । म्याग्दीको संसदीय निर्वाचनको इतिहासमा खमबहादुर गर्बुजा 'खम्वीर' को नाम सबैभन्दा बढी चर्चित छ । बेलायती सेनाबाट अवकाश प्राप्त हसिला र बिकासप्रेमी खम्बीर गर्बुजा २०५४ सालमा नेपाली कांग्रेसमा आवद्ध भएदेखि निरन्तररुपमा कांग्रेसको दरिलो खम्बा बनेर म्याग्दीका विकट गाउँवस्तीहरुलाई विकासको उज्यालोले उजिल्याउने प्रयासमा लागिरहेका छन् । २०५४ सालमा तरुणदलको सदस्यता लिएर म्याग्दीको विकासका लागि होमनुभएका खम्बीर गर्बुजाको जन्म २०२२ सालमा रघुगंगा गाउँपालिकाको वडा नं ४ मा पर्ने दग्नाम गाउँमा भएको थियो । बुबा चकबीर गर्बुजा र आमा कृष्णकुमारी गर्बुजाको कोखबाट जन्मनुभएका खम्बीर गर्बुजा २०५६ को पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसका नारायणसिंह पुनलाई जिताउन अहोरात्र खटेर म्याग्देली जनको मनमनमा वस्न सफल भएका गर्बुजा हारदेखि कहिल्यै नडराउने र जीतमा कहिल्यै नफुर्कने शान्त स्वभावका विकासप्रेमी नेता हुन् । २०६४ मा समानुपातिक उमेद्वार बनेका गर्बुजा २०७० को दोस्रो संविधानसभा चुनावमा मतदातामाझ परिचित भए । २०७४ को चुनावमा वामगठबन्धनका वावजुद सम्मानजनक पराजित ब्यहोर्नुप¥यो । दुई पटक चुनाव हारेपनि संघर्ष गर्न नछोडेका गर्बुजा म्याग्देलीको सेवामा विचलित नभैकन लागिपरेका छन् । बेलायती सेनामा हुँदा वास्केटवल, भलिबल र सुटिङका खेलाडी गर्बुजाले समग्र म्याग्दीको भौतिक, सामाजिक, आर्थिक विकास र यहाँका बासिन्दाको समस्यालाई सम्बोधन गर्ने कानुन निर्माणमा म्याग्देलीको प्रतिनिधित्व गर्ने बताएका छन् । गर्बुजाले म्याग्दीका अधुरा योजनाहरुलाई जति सक्दो छिटो पूर्णता दिएर नयाँ योजना भित्र्याएर तिब्रताका साथ कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् । २०७० सालको दोस्रो संविधान सभाको निर्वाचन र २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा चुनावी मैदानमा उपविजेता भएपनि म्याग्दीको विकासका लागि केन्द्र र प्रदेशसँग समन्वय गरेर निर्वाहा गरेको भूमिका म्याग्देली जनताका लागि अविश्मरणीय छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका गर्बुजा २०६७ सालमा सम्पन्न नेपाली कांग्रेस म्याग्दीको पाँचौ जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिको उपसभापति र २०७२ सालमा सम्पन्न छैठौं जिल्ला अधिवेशन र २०७८ सालमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए । दुई कार्यकाल म्याग्दी कांग्रेसको जिल्ला सभापति निर्वाचित हुनुभएका गर्वुजा पुन ः तेस्रो पटक म्याग्दीको सुशासन,विकास र समृद्धिको लागि प्रतिनिधि सभा सदस्यको लागि वाम लोकतान्त्रिक गठवन्धनको तर्फदेखि उम्मेदवार बनेका छन् । दुईवटा निर्वाचनबाट सूर्यको ताप र रापले जर्जर बनेको म्याग्दीको विकास र समृद्धिलाई सुशासनरुपी जलले सिचाँइ गरी हराभरा बनाउने र म्याग्देली जनताको मुहारलाई विकासको उपहार दिई हसिलो बनाउने उद्धेश्यले गठवन्धनको दरिलो आड सहित निर्वाचनमा होमिनुभएको उनको भनाइ छ । बेलायतको सुख सयल, व्यक्तिगत इच्छा र चाहनाहरुलाई म्याग्देली जनताको विकास र समृद्धिको सपनासँग जोडेर म्याग्दीकै माटोमा विकासको मूल फूटाइ विकट र निकटका जनतालाई सँगसँगै हिडाउने महान उद्धेश्य लिनुभएका हसिँला गर्बुजा सहित गठवन्धनका प्रदेश सभा सदस्यका उम्मेदवारहरुको जीत निश्चित प्राय भएको उनले दावी गर्छन् । छिमेकी जिल्ला विकास निर्माणको क्षेत्रमा तिब्र गतिमा अगाडी बढेपनि यसअगाडी विजय भएर गएका जनप्रतिनिधिको काम सन्तोषजनक नभएकै कारण पनि यसपटक योजनाबद्ध र जनताको प्राथमिकताका क्षेत्रमा काम गर्ने उम्मेदवार गर्बुजाको योजना छ । जनप्रतिनिधि नभएपनि उम्मेदवार गर्बुजाले म्याग्दीमा प्रदेश र संघीय सरकारबाट विभिन्न शिर्षकम बजेट ल्याएर जनताको मनमुटुमा बसीसकेका छन् ।जनताको सेवा गर्न जनप्रतिनिधि नै हुनुपर्छ भन्ने भनाईलाई उम्मेदवार गर्बुजाले म्याग्दीको हकमा चिरेका छन् । उनले धेरैपटक प्रदेश सरकार र संघीय सरकारका विभिन्न मन्त्रालयमा म्याग्दीबासीको समस्याको पोको बोकेर गएका छन् । विकासप्रेमी नेता गर्बुजाले गरेका कामका बारेमा म्याग्देली मतदाता प्रष्ट छन् । गाउँघरमा पुगेर जनताको समस्या र आवश्यकतालाई पूरा गर्न गर्बुजाले अहिलेसम्म खेलेको भूमिकाकै कारण यसपटक सहरदेखि ग्रामिण क्षेत्रसम्मका मतदाता उनलाई मतदान गर्न उत्साहित छन् । जनताको सेवक बन्ने गर्बुजाको प्रयास र सक्रियतालाई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा रुख चिन्हमा मतदान गरी थप पुष्टी गर्न म्याग्देली जनता आतुर रहेका उनको भनाइ छ । उनी भन्छन् ‘विकासका एजेण्डा शब्दमा गुथिदैन । ओठले बोलिदैन । काम र इच्छाशक्तिले देखाउँछ विकास । हामीले विगतका दुईवटा निर्वाचनमा जिताएका जनप्रतिनिधिहरुबाट भएका विकासका काम देखिसकेका छौं । यस्तो गतिको विकासले हाम्रो जिल्ला समृद्धिको शिखरमा पुर्याउँछौं भन्नेहरुका विरुद्ध हुनुपर्छ यसपटकको मतदान । त्यसैले अव अघिपछि केही नसोचि प्रतिनिधि सभा सदस्यका लागि मलाई रुख चिन्हमा र प्रदेश सभा सदस्यका लागि हरिबहादुर भण्डारी र रेशम जुग्जाली (सुविन) लाई गोलाकार भित्रको हसिँया हथौडा चिन्हमा मतदान गरी अत्यधिक बहुमतले विजयी गराई जिल्लाको विकास र समृद्धिको यात्रामा महत्वपूर्ण योगदान गर्ने मौका नगुमाउनुहुन हार्दिक अनुरोध गर्दछु ।’ मालिका प्रेस साप्ताहिकबाट साभार
प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  २१:४१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP