शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • बेनीमा खम्बिर र हरिको घरदैलो –एक घण्टा पछ्याउँदा जे देखियो
बेनीमा खम्बिर र हरिको घरदैलो –एक घण्टा पछ्याउँदा जे देखियो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, कात्तिक २४, २०७९
314998402_2998101567002081_5007253243024680478_n
बेनी । बेनी बजारको क्याम्पसचोकमा बिहिबार साँझ साढे ४ बजेतिर नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु भेला भएका थिए । नेपाली काँग्रेस म्याग्दीमा सभापति तथा प्रतिनिधसभा सदस्यका उमेद्वार खमबहादुर गर्बुजा ‘खम्बिर’ प्रदेशसभा सदस्यका उमेद्वार नेकपा माओवादी केन्द्रका युवा नेता हरि भण्डारी र राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष तथा माओवादी केन्द्रका प्रतिनिधि सभा सदस्यमा समानुपातिक उमेद्वार डा। मिनबहादुर श्रेष्ठलाई साथमा लिएर आइपुग्नुभयो । रघुगंगा गाउँपालिका–१ बेग र भगवतिको चुनावी सभालाई सम्बोधन गरेर गठबन्धनका उमेद्वारहरुको टोली बेनीमा आएको थियो । नेपाली काँग्रेसका कार्यकर्ताले माओवादी र माओवादीका कार्यकर्ताले नेपाली काँग्रेसको चुनाव चिन्ह र झण्डा समाएका थिए । पृष्ठभूमिमा गित र वाम–लोकतान्त्रिक गठबन्धनका उमेद्वारहरुलाई मतदान गर्न अपिल गरिएको जिंगल बजिरहेको थियो । कार्यकर्ताहरुले नमुना मतपत्र र उमेद्वार तथा पार्टीका अपिल संयुक्त रुपमा बाडेका थिए । पिपलचोक, अस्पताल चोक, बसपार्क र कालीपुलको पुरानो टोलमा घरदैलो गरेका थिए । तेस्रो पटक चुनावी मैदानमा उत्रिएका खम्बिर मतदातामाझ परिचित जस्तो देखिन्थे । बजारबासीलाई नाता लगाएर बोलाउदै हिडेका खम्बिरलाई मिनबहादुर र हरिले पछ्याइरहनु भएको थियो । रघुगंगा २ भगवतिमा जन्मिएपनि दश वर्षदेखि बेनीमै बस्दै आएका हरि पनि मतदातामाझ परिचित देखिनुहुन्थ्यो । खम्बिरले मिनबहादुरलाई चिनाउदै हुनुहुन्थ्यो । माओवादीको समानुपातिक उमेद्वारको सूचिमा प्राथमिकतामा रहेका मिनबहादुरलाई खम्बिरले भावी अर्थमन्त्रीको रुपमा प्रचार गर्दै आउनुभएको छ । घरदैलोको नेतृत्व नेपाली काँग्रेसका बेनपा ८ का वडा सभापति हिमबहादुर भण्डारीले गर्नुभएको थियो । उमेद्वारहरुलाई मतदाताले आर्शिवाद र शुभकामना दिएका थिए । एक जना वृद्धा भन्दै हुनुहुन्थ्यो “यसअघि दुई चोटी पराजित भयौ, यसपाली गठबन्धनको साथ पाएका छौ, चुनाव जित्नु शुभकामना छ ।” नेता कार्यकर्ताहरुले जिल्ला सदरमुकामबाट एक अर्का पार्टीको झण्डा बोकेर र बजारमा संयुक्त घरदैलो गरेर गठबन्धन बलियो भएको सन्देश दिन खोजेको देखिन्थ्यो । “लगातार दुई पटक चुनाव हारेपनि हरेस खाइन, यसपाली गठबन्धनले साझा उमेद्वार बनाएको छ,” खम्बिरले चुनावी सभामा बोल्ने शब्दहरु दोहो¥याउदै भन्नुभयो “यसपाली देशैभरी गठबन्धनको लहर छ । म्याग्दीमा पनि जता गयो त्यही खम्बिर, खम्बिर, हरि हरि, सुविन, सुविन भनेका छन् । चुनाव जित्ने माहौल बनेको छ । अरुले भन्दा फरक तरिकाले तपाईहरुले महशुस गर्ने गरी कानुन निर्माण र जिल्लाको विकासमा भूमिका खेल्नेछु ।” काँग्रेस, माओवादी, नेकपा एकिृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट उमेद्वार बनेका गर्बुजा र नेकपा एमालेका गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ मंसिर ४ गते हुने संघ र प्रदेशसभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धी देखिनुभएको छ । प्रदेशसभा क्षेत्र (क)मा गठबन्धनबाट भण्डारी र नेकपा एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल मुख्य प्रतिस्पर्धीको रुपमा देखिनुभएको छ । क्षेत्र (ख)मा गठबन्धनबाट माओवादीका जिल्ला संयोजक रेशम जुग्जाली (सुविन) र नेकपा एमालेका गण्डकी प्रदेश कमिटि सदस्य यामबहादुर गर्बुजा प्रमुख प्रतिस्पर्धीका रुपमा देखिनुभएको छ ।एमालेका उमेद्वार श्रेष्ठ र केसीले बेनीमा घरदैलो गरेर चुनाव प्रचार अभियान शुरु गर्नुभएको थियो । ग्रामिण क्षेत्रसम्म गठबन्धन, एमाले, राप्रपा, स्वतन्त्र, मंगोल नेशनलका उमेद्वारहरुले प्रचारप्रसारलाई तिब्रता दिएपछि चुनावी वातावरण तात्न थालेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  २२:०९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP