शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म संसदको सेवा र सुविधाका लागि उम्मेद्वार भएको होइन–खम्बिर
म संसदको सेवा र सुविधाका लागि उम्मेद्वार भएको होइन–खम्बिर
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, कात्तिक २६, २०७९
khambir
बेनी । बाम– लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुले मन्त्री बन्ने अवसर पाएर पनि आफ्नो गृहजिल्लाको विकासमा योगदान गर्न नसक्नेले देखाएको सपनामा विश्वास गर्दा जिल्ला पछि पर्ने बताएका छन् ।मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका उम्मेद्वार तथा नेताहरुले शनिबार मालिका गाउँपालिका–४, च्युरीबोट र ५ देविस्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनिहरुले भत्ता खानका लागि मात्र संसद हुन उमेद्वार नभएको बताएका छन् । गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उमेद्वार रहेका नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले पाँच वर्षलाई भत्ता खान र संसदको सुविधा लिनका लागि मात्र पटक पटक उमेद्वार नबनेको बताउनुभयो । “म सुख र सुविधा भोगी हुन्थ्ये भने दुई पटक चुनाव हार्दा पनि वेलायतको सेवा र सुविधा छाडेर म्याग्देलीको सुख दुखमा भुल्थेर रु” गर्बुजाले प्रश्न गर्नुभयो “म भाषणले होइन काममा विश्वास गर्छु । म्याग्दीमा केही परिवर्तन ल्याउन जनतामाझ आएको हो ।” गर्बुजाले ओखरबोटको तामाखानी सञ्चालनमा पहल गर्ने, देविस्थान जोड्ने सडक स्तरोन्नति गर्ने, दरवाङ–तमानखोला सडक स्तरोन्नति गर्ने, खानेपानी, विद्युतीकरणका अधुरा कामलाई पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।प्रदेससभा क्षेत्र (ख)का गठबन्धनका उमेद्वार नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली ९सुविन०ले म्याग्दीको विकास नहुनुको जिम्मेवारी २०४८ पछिका दुई वटा बाहेक अहिलेसम्मका सबै संसदीय निर्वाचन जितेको एमालेले लिनुपर्ने बताउनुभयो । “२६ किलोमिटर बेनी–दरवाङ सडक खन्न थालेको २६ वर्षमा पनि कालोपत्र भएको छैन, यहाँबाट जितेर गएका दुई जना सांसद मन्त्री पनि हुनुभयो,” उहाँले भन्नुभयो “बजेट बाँडफाड गर्ने डाडुपन्युनै हातमा हुने मन्त्री पद पाउँदा उहाँहरुले म्याग्दीको विकासमा दुरगामी महत्व राख्ने के काम गर्नुभयो रु मन्त्री हुँदा त गर्न नसक्नेले अब यसो र उसो गर्छौ भनेर देखाएको सपना र भ्रममा पर्नुभयो भने फेरी पनि म्याग्दी पछि पर्ने र जनताले दुख पाउनु सिवाय केही हुदैन ।” जुग्जालीले गाउँमा गुणस्तरीय शिक्षा, स्वास्थ्य, आयआर्जनको अवसर गठबन्धनको प्राथमिकता भएको बताउनुभयो । राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष समेत रहनुभएका नेकपा माओवादी केन्द्रका समानुपातिक उमेद्वार डा। मिनबहादुर श्रेष्ठले गठबन्धनको देशब्यापी छाएको लहरका कारण अब बन्ने सरकार गठबन्धनकै हुने देखिएको र गठबन्धनका उमेद्वारले जित्दा विकास योजना भित्र्याएर कार्यान्वयन गर्न सहज हुने बताउनुभयो । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज गोविन्द पौडेलले संविधानको रक्षा, स्थिरता र सम्बृद्धीका लागि बनेको गठबन्धन सरकार बन्दा गरिएको प्रतिवद्धता अनुसार नेपालीहरुलाई कोरोना विरुद्धको खोपको ब्यवस्था गरेको, केपी ओलीले चुच्चे नक्साको भ्रम छरेपनि पुस्तकमा प्रकाशन गर्न रोकेको, आफ्नै बहुमतको संसदलाई संविधान विपरित दुई पटकसम्म विघटन गरेर जनमतको अपमान गरेको, माओवादीले नेपाललाई लोडसेडिङबाट मुक्त गरी वर्तमान सरकारले विदेशी बजारमा बिजुली बेच्न थालेको बताउनुभयो । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा मालिका गाउँपालिकाका पुर्व अध्यक्ष श्रीप्रसाद रोकाले मालिकामा आफ्नो कार्यकालमा शुरु भएका विकास आयोजनालाई पूर्णता दिन र आवश्यक थप योजना भित्र्याएर कार्यान्वयन गराउन गठबन्धनलाई जिताउन अपिल गर्नुभयो । नेपाली काँग्रेसका प्रदेशसभामा समानुपातिक उमेद्वार विमला गौचन, नेकपा एकिकृत समाजवादीका समानुपातिक उमेद्वार दुर्गा कार्की लगायतले शान्ति र संविधान ल्याएका नेताहरुले संविधानमा भएका व्यवस्था र नागरिकको अधिकारलाई कार्यान्वयन गर्न सहकार्य गर्नुपरेको बताउनुभयो । स्थानीय नेताहरुले गठबन्धनबाट आफूहरु उत्साहीत भएर चुनाव प्रचारमा जुटेको र जिताउने विश्वास दिलाएका छन्
प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  १९:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP