शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मुदी र लुलाङमा एमालेको चुनावी सभा
मुदी र लुलाङमा एमालेको चुनावी सभा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, कात्तिक २७, २०७९
315534034_195352156329694_9201788848990417676_n
म्याग्दी । नेकपा एमालेबाट प्रदेशसभा निर्वाचन क्षेत्र (ख) का उम्मेदवार याम बहादुर गर्वुजाले जनताको लागि समर्पित भएर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।प्रदेशसभा क्षेत्र (ख) निर्वाचन परिचालन कमिटीको आयोजनामा धवलागिरी गाउँपालिका वडा नम्वर २ लुलाङ र ४ मुदीमा आयोजित चुनावीसभालाई सम्वोधन गर्दै उम्मेदवार गर्वुजाले चुनाव जितेर गएपछि आफ्नो निर्वाचन क्षेत्रको जनताकै हितमा रहेर काम गर्ने बताउनुभएको हो । यहाँको जनताको समस्या तथा आवश्यकताहरुसंग म परिचत छु, भौगोलिक अवस्था र स्थानीय श्रोत र साधनको उपलब्धताको आधारमा विकासका कार्यहरु गर्नेछु, उम्मेदवार गर्वुजाले भन्नुभयो । व्यक्तिगत लाभ, स्वार्थ केहि नभई खाली जिल्लाको समृद्धिको अभियानलाई सफल बनाउने जिम्मेवारीका साथ आफु जनतामाझ आएको गर्वुजाको भनाई थियो । पार्टीको घोषणापत्र र आफ्नो प्रतिवद्धता अनुसारका कार्यहरुलाई प्राथमितामा राखेर आफ्नो निर्वाचन क्षेत्र भित्र रहेका धवलागिरी, मालिका र मंगला गाउँपालिकाका जनताको आवश्यकतालाई परिपूर्ति गर्नका लागि आवाज उठाउने बताउदै नीति, निर्माण तहमा पनि आफ्नो दमदार उपस्थिति जनाउने प्रतिवद्धता जनाउनुभएको हो । मंसिर ४ गतेको निर्वाचनमा जनताको काम गर्ने योद्धा सोचेर सूर्य चिन्हमा भोट गरि आफुलाई जिताउन आग्रह गर्दै उम्मेदवार गर्वुजाले जनताको भरोसा र विश्वासलाई आत्मसाथ गरेर अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईन्चार्ज भूपेन्द्र बहादुर थापाले सुशासन, विकास, समृद्धि र समानताको संकल्प लिएर आएको एमाले जनताको साथमा रहेकाले अर्को कुनैपनि शक्ति संग नझुक्ने बताउनुभयो । निवर्तमान प्रतिनिधिसभा सदस्य समेत रहनुभएका थापाले राष्ट्रिय हित, स्वाधिनता र स्वाभिमानको रक्षा, राजनीतिक स्थायित्व, मितव्ययी, पारदर्शी र जनउत्तरदायी शासन व्यवस्था संचालनका लागि एमालेनै सक्षम देखिएकाले जनताको विश्वास गठवन्धनलाई नभई एमालेतर्फ भएको बताउनुभयो । उहाँले आगामी मंसिर ४ को निर्वाचनमा सूर्य चिन्हमा मतदान गरि एमालेका उम्मेदवारलाई विजयी गराउन पनि अनुरोध गर्नुभयो । नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला सहईन्चार्ज नरदेवी पुनले समृद्ध नेपालः सुखी नेपाली को राष्ट्रिय आकाङ्क्षालाई पुरा गर्न मंसिर ४ को निर्वाचन पछि देशमा एमालेको सरकार बन्न आवश्यक रहेको बताउनुभयो । निवर्तमान प्रदेशसभा सदस्य तथा पूर्व समाजिक विकास मन्त्री समेत रहनुभएका पुनले एमाले सरकारले मानव विकास, भौतिक विकास, गरिबी निवारण, लैङगिक समानता, शैक्षिक उन्नति, स्वास्थ्य, कृषि, पर्यटन, सडक लगायतका क्षेत्रमा उल्लेख्य विकास गरेको बताउदै हाल परमादेशबाट जारी भएको गठवन्धनको सरकारले मुलुकलाई संकटको संघारमा पु¥याएको आरोप लगाउनुभयो । कार्यक्रममा जिल्ला कमिटी उपसचिव थमसरा पुन, सचिवालय सदस्य खरमाया विटालु, जिल्ला सदस्य दिनेश केसी, मदन मल्ल, पालिका कमिटी अध्यक्ष रेशम छन्त्याल लगायतले मंसिर ४ गते ४ वटै मतपत्रमा सूर्य चिन्हमा छाप लगाई नेकपा एमालेका उम्मेदवारलाई भारि मतले विजयी गराउन अनुरोध गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १९:२०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP