शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • बाम–लोकतान्त्रिक गठबन्धनद्धारा एकैदिन रघुगंगाका पाँच ठाउँमा आमसभा (तस्बिरहरु)
बाम–लोकतान्त्रिक गठबन्धनद्धारा एकैदिन रघुगंगाका पाँच ठाउँमा आमसभा (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, कात्तिक २८, २०७९
DSC_0703
म्याग्दी । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका दलहरुले म्याग्दीमा चुनाबी प्रचार अभियानलाई आक्रामक बनाएका छन् । सोमबार गठबन्धनले रघुगंगा गाउँपालिका–८ ,घ्यासीखर्क, वडा नम्बर ७ चिमखोला, वडा नम्बर ४ दर्मिजा, दग्नाम र वडा नम्बर ३ पिप्लेमा चुनावी आमसभा सम्पन्न गरेका हुन् । निर्वाचनको दिन नजिकिँदै जाँदा चुनावी प्रचार प्रसारको अभियानले चुनावको सरगर्मी ह्वात्तै बढाएको छ । [caption id="attachment_64087" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] चुनावी सभाहरुलाई सम्बोधन गर्दै गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्वुजा (खमवीर) ले कालीगण्डकी नदीको तीरदेखी धौलागिरी हिमालको शिरसम्मको भु–भाग समेटिएको रघुगंगालाई पर्यटन, जलविद्युत, कला संस्कृति, जडिबुटी खेती, कृषि र पशुपालनमा रहेको सम्भावना उजागर गर्दै भौतिक पूर्वाधार निर्माण मार्फत समृद्ध र विकसित बनाउने प्रतिबद्धता जनाउनुभयो । [caption id="attachment_64093" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] उहाँले रघुगंगाको सबै वडामा सडकको ट्याक निर्माण भएपनि त्यसलाई स्तरीय बनाउँदै कालोपत्रे गर्नुपर्ने आबश्यकता रहेको उल्लेख गर्दै गठबन्धनको पक्षमा मतदान भएमा पाँच बर्षमै विकास निर्माण मार्फत जिल्लाले फड्को मार्ने दावि गर्नुभयो । ‘‘ यस अघि निर्वाचित भएका व्यक्तिहरुको भूमिका चुनावदेखि संसद भवनसम्म मात्रै भयो, जनताको अवस्थामा कुनै सुधार आएन, हामीलाई यस पटक चुनाब जित्ने र जनताको मन जितेर काम गर्ने दुबै अवसर छ, गठबन्धनको पक्षमा न्योचित फैसला जनताले अवश्य गर्नेछन’’–सभालाई सम्बोधन गर्दै गर्वुजाले भन्नुभयो । [caption id="attachment_64086" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] त्यसैगरि गठबन्धनबाट प्रदेशसभा (क)का उम्मेदवार नेकपा माओवादी केन्द्रका हरि भण्डारीले विविधताले भरिपूर्ण रघुगंगा गाउँपालिकामा लुकेर रहेका सम्भावनाको उजागर, समस्याहरुको पहिचान र निराकरण संगै सडक, शिक्षा, स्वास्थ्य, खानेपानीका सुविधा विस्तार र गुणस्तर सुधार गर्दै युवाहरुलाई स्वदेशमै आत्मनिर्भर बनाउने आफ्नो प्रमुख एजेण्डा भएको बताउनुभयो । उहाँले परिवर्तनलाई संस्थागत र विकासलाई गति दिन युवाहरुलाई जिम्मेवारी दिनु अपरिहार्य रहेको बताउँदे गठबन्धनका उम्मेदवारलाई मतदान गरि बिजयी गराउन आग्रह गर्नुभयो । [caption id="attachment_64084" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] ‘‘जनताले चुन्ने प्रतिनिधि संसदको कुर्चिमा गएर बस्ने भयो भने विकास कसरी हुन्छ ? त्यसका लागि गठबन्धनले प्रदेशसभामा युवा उम्मेदवारलाई अघि सारेको छ, मेरो उम्मेदवार माओवादी र गठबन्धनका दलहरुहरुको मात्रै होइन, समग्र म्याग्दीको विकास चाहने आम युवाहरुहरुको हो’’–उम्मेदवार भण्डारीले भन्नुभयो । चुनाबी आमसभाहरुमा गठबन्धनका उम्मेदवारहरुलाई बिजयीको शूभकामना सहित स्थानीय मतदाताले स्वागत तथा सम्मान समते गरेका थिए । [caption id="attachment_64088" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] चुनावी सभाहरुमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द पौडेल, गण्डकी प्रदेश सदस्य रिम कटुवाल, माओवादीका प्रतिनिधिसभा सदस्य पदका समानुपातीक उम्मेदवार डाक्टर मिनबहादुर श्रेष्ठ, नेपाली काँग्रेसका प्रदेश निर्वाचन क्षेत्र (क)का सभापति ओम छन्त्याल, उपसभापति सुजन बरुवाल, महाधिवेशन प्रतिनिधि जिवन मल्ल, तरुण दल म्याग्दीका अध्यक्ष मुकुन छन्त्याल, काँग्रेसका प्रदेश समानुपातिक उम्मेदवार बिमला गौचन, रघुगंगा गाउँपालिकाका निवर्तमन उपाध्यक्ष कमला तिलिजा, नेकपा एकिकृत समाजवादीका केन्द्रीय लेखा आयोगका सदस्य याम श्रेष्ठ, जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा, समानुपातिक उम्मेदवार दिलु बुद्धुजा लगायतले आगामी प्रदेश र संघीय सरकार गठबन्धनकै बन्ने निश्चित भएकाले निर्वाचनमा गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न आह्वान गर्नुभएको थियो । [caption id="attachment_64089" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64091" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64092" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64093" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64094" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64095" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64096" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption]  
प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  २२:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP