शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ‘म्याग्दीमा रेल होइन,गाउँका सडक सहज बनाउछौं’– गठबन्धनका उम्मेद्वार
‘म्याग्दीमा रेल होइन,गाउँका सडक सहज बनाउछौं’– गठबन्धनका उम्मेद्वार
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, कात्तिक २९, २०७९
315515968_5171852449583777_840555152806032509_n
बेनी । सत्तारुद्ध बाम–लोकतान्त्रिक गठबन्धनले चुनावी कार्यक्रमलाई तिब्रता दिएको छ । मंगलबार जिल्लाको मंगला गाउँपालिकाका पाँच ठाउँमा चुनावी सभा कार्यक्रम सम्पन्न गरेको छ । वडा नम्बर १ का कुँहु ,थाइबाङ ,पुर्णगाउँ र वडा नम्बर २ का हिदी र बाबियाचौरमा चुनावी सभा कार्यक्रम सम्पन्न गरेको हो । सभालाई सम्बोधन गर्दै गठबन्धनका उम्मेद्वारहरुले रेल र पानी जहाजको महत्वाकांक्षी सपना भन्दा पनि गाउँका सडकलाई सहज बनाउनु म्याग्दीको आवश्यकता भएको बताएका छन् । उनिहरुले म्याग्दीका सबै गाउँबस्तिमा विकासका पूर्वाधारलाई समान हिसाबले व्यवस्थापन गर्न सकेमा सम्बृद्ध बनाउन सकिने बताए । चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य उम्मेद्वार खमबहादुर गर्बुजा ‘खम्बिर’ले जिल्लाको पश्चिमी क्षेत्र संगै समग्र जिल्लाको विकास ,सुशासन र समृद्धीका लागि गठबन्धनका उम्मेद्वारलाई भोट दिएर जिताउन आग्रह गर्नुभयो । कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका गर्बुजाले संविधानको रक्षा ,राजनितिक स्थायीत्व र समृद्धीका लागि गठबन्धन बनेको स्पष्ट पार्नुभयो । आफु पटकपटक चुनावमा पराजित भए पनि म्याग्दीली जनताको सेवा र जिल्लाको विकास गर्नका लागि पुनः चुनावी मैदानमा होमिएको बताउँदै विकासका लागि दल नभनी इमानदार ,योग्य र असल उम्मेद्वारलाई चुन्न आग्रह गर्नुभयो । ग्रामिण र दुर्गम क्षेत्रका नागरिकहरुले सार्वजनिक सेवाका लागि पाउँदै आएको दुख र झञ्जटलाई न्युनीकरण गर्न सेवा प्रवाहमा प्रविधीको प्रयोगका साथै सुधारका लागि नीतिगत पहल गर्ने आफुहरुको साझा प्रतिबद्धता रहेको बताउनुभयो । सडक स्तरोन्नती गरी व्यवस्थित बनाउने , मंगला शिक्षा क्याम्पसको प्राविधिक,भौतिक स्तरोन्नती ,टोड्के लगाष्त पर्यटकीय क्षेत्रमा भौतिक पुर्वाधार निर्माण र प्रवद्र्धन सार्वजनिक शिक्षाको गुणस्तर सुधार्ने, स्वास्थ्यको गुणस्तर सुधार गर्दै पहुँच वृद्धि गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने, भौतिक र सामाजिक विकास गर्ने, आधुनिक कृषि प्रणालीको विकास, खेलकुदको विकास, उत्पादनमा जोड, संस्कृति संरक्षणका मुद्दालाई जोड दिइएको बताउनुभयो । प्रदेशसभा (ख)का उम्मेद्वार रेशम जुग्जालीले पश्चिम क्षेत्रको विकास र जनताको जिवनस्तरमा सुधार ल्याउने गरी आफुले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले गठबन्धनका साझा उम्मेद्वारलाई भोट दिएर जिताउन अपिल गर्दै आफुले तीन वटा पालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने सो क्षेत्रको लाईफलाइन मानिएको बेनी–दरवाङ सडक कालोपत्रको कामलाई तिब्रता दिने ,पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने ,गुणस्तरीय शिक्षा ,गुणस्तरीय स्वास्थ्य सेवा लगायत जनताको आधारभुत आवश्यकतालाई प्राथमिकता दिएर काम गर्ने उद्घोष गर्नुभयो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेद्वार डा.मिनबहादुर श्रेष्ठ,प्रदेश सभा समानुपातिक उम्मेद्वार बिमला गौचन , प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेद्वार डिलु बुदुजा पुन , नेपाली कांग्रेस म्याग्दीका पुर्व सहसभापति नेत्रबहादुर महत ,एकिकृति समाजवादी लेखा समिति सदस्य याम श्रेष्ठले आफ्नै बहुमत भएको संसदलाई दुई दुई पटक सम्म विघटन गरेर जनमतको अपमान गर्ने एमालेलाई भोट माग्ने अधिकार नभएको बताउनुभयो । नेपाली कांग्रेस बाबियाचौरका सभापति श्रीभद्र शर्मा, कुहुँका सभापति रविन पुनले म्याग्दीवासीले यसपटक गठबन्धनलाई जिताएर अवसर पाउँदा पनि काम गर्न नसक्नेहरुलाई सवक सिकाउन आवश्यक रहेको बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  २१:३५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP