बेनी । मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा म्याग्दीका तीन वटै क्षेत्रको चुनाव जित्ने पाँच दलीय गठबन्धनका उम्मेद्वार र नेताहरुले दावी गरेका छन् । प्रदेशसभा क्षेत्र (ख)को १९ वटै वडाको चुनाव प्रचार अभियानको बुधबार मंगला गाउँपालिका–३. बरंजामा समापन गर्दै उनिहरुले चुनाव जित्ने दावी गरेका हुन् ।
[caption id="attachment_64128" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
प्रतिनिधिसभा सदस्यका उम्मेद्वार तथा नेपाली कांग्रेस म्याग्दीका सभापती खमबहादुर गर्बुजा ‘खम्बिर’ले गठबन्धनमा आवद्ध दलहरुको बलीयो संगठन, तालमेलले कार्यकर्ता तहमा छाएको उत्साह, प्रभावकारी चुनाव प्रचार, मतदाताको नयाँ उमेद्वार र दलप्रतिको चासो, स्थापित उमेद्वार, राष्ट्रिय राजनीतिक माहौल देखि पछिल्लो स्थानीय तह निर्वाचनको मतपरिणाम जितको आधार भएको बताउनुभयो ।
[caption id="attachment_64133" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
“म आफै पनि बेलायतको सेवा सुविधा त्यागेर दुई पटक चुनाव हार्दा पनि विचलित नभई राजनीतिमा निरन्तर लागेको छु,” उहाँले भन्नुभयो “विकासको डाडुपन्यु कहाँ छ भन्ने मैले ठाहा पाइसकेँ । मलाई जनताको सेवा गर्नबाट रोक्ने ताकक कसैसँग छैन् । आउँदो चुनावमा म्याग्दीका तीन वटै क्षेत्रमा गठबन्धनले जित्छ ।”
[caption id="attachment_64132" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
प्रदेशसभा क्षेत्र (ख)का उमेद्वार तथा नेकपा माओवादी केन्द्रका म्याग्दी जिल्ला संयोजक रेशम बहादुर जुग्जालीले गठबन्धनले चुनाव जित्ने माहौल बनेपछि अत्तालिएका प्रगिगामीका मतियारहरुले दुुषप्रचारको अनेक हत्कण्डा अपनाउन थालेका र उनिहरुको भ्रममा नपर्न आग्रह गर्नुभयो । “हामीले पाँच वर्षपछि फेरी जनतामाझ शिर ठाडो पारेर गरेका कामको विवरण लिएर आउछौ,” उहाँले भन्नुभयो “जनताको माया, सद्भाव, उत्साह, कार्यकर्ताको सक्रीयता र हाम्रो मुद्दानै जितको आधार हो ।”
[caption id="attachment_64130" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
बरंजा जोड्ने सडक, खानेपानी, विद्युत विस्तार, सिचाईको व्यवस्था, कृषिलाई आधुनिकिकरणर व्यवसायीकरण, अधुरा सडक निर्माणलाई पुर्णता, सडक पुल निर्माणमा प्राथमिकता दिने उम्मेद्वारद्धय गर्बुजा र जुग्जालीले प्रतिवद्धता जनाउनुभयो । बरंजाको महेन्द्ररत्न माविमा स्थानीय आवश्यकता र माग अनुसार प्राविधिक विषयको पठनपाठनको व्यवस्थाका लागि पहल गर्ने पनि प्रतिवद्धता जनाउनुभयो ।
[caption id="attachment_64131" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
बरंजाका बासिन्दा समेत रहनुभएका संविधानसभा सदस्य गमबहादुर श्रीसले म्याग्दीमा नागरिकले महशुस गर्ने गरि परिवर्तन ल्याउनका लागि आसन्न चुनावमा गठबन्धनका उमेद्वारलाई जिताउन अपिल गर्नुभयो । उहाँले बरंजाका समस्याका विषयमा उम्मेद्वारहरुको ध्यानाकर्षण गराउनुभयो ।राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठले आफ्नै पार्टीको बहुमत रहेको प्रतिनिधिसभा विघटन गराउने, कम्युनिष्ट एकता भाड्ने, खोक्रो राष्ट्रवादी नारा लगाएर व्यवहारमा राष्ट्रघाति काम गर्ने, भ्रष्ट्राचारीको संरक्षण, विकास आयोजनालाई कमिसनमा डुबेर प्रभावित बनाउने ओलीलाई सवक सिकाउन यसपाली गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।
[caption id="attachment_64129" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक उम्मेद्वार रहेका श्रेष्ठले आफू उपाध्यक्ष हुँदा पखेर–तातोपानी र बाबियाचौर–अर्मन सडक पुल निर्माणको लागि बजेट व्यवस्थापन गरेको बताउदै ठेक्का लगाउने क्रममा फाइल लुकाउने नेतालाई बरंजाबासीहरुले चिन्न आवश्यक भएको बताउनुभयो । यसैगरी गठबन्धनको टोलीले मंगला गाउँपालिका–५ किमचौरमा पनि मंगलबारनै चुनावी सभा गरेका छन् । सो सभामा गठबन्धनका उमेद्वार र नेताहरुले बाबियाचौर–अर्मन–किमचौर–ताराखोला सडक निर्माणलाई प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभएको छ ।समानुपातिक उम्मेद्वार एकिकृत समाजवादी पार्टीकी नेतृ दुर्गा कार्की लगायतले बोल्नुभएको थियो ।