बेनी। प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि आइतबार भएको मतदानमा म्याग्दीमा ५८.७८ प्रतिशत मत खसेको छ ।
८६ हजार १२० जना मध्ये ५० हजार ६२५ अथवा ५८.७८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदान स्थलबाट मतपेटिका बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने क्रम जारी छ ।
[caption id="attachment_64201" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले सोमबार दिउँसोसम्म सबै ठाउँबाट मतपेटिका बेनी आइपुग्ने र त्यसपछि मतगणना शुरु गरिने बताउनुभयो । धवलागिरी गाउँपालिका १ गुर्जा र वडा नम्बर ४ बगरको मतपेटिका ढुवानीका लागि हेलिकप्टर मगाइएको भएपनि म्याग्दी छनौटमा नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्य ठाउँबाट स्थलमार्ग भएर गाडी मार्फत बेनीमा मतपेटिका ढुवानी भइरहेको छ ।
[caption id="attachment_64194" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
११९ मतदान केन्द्रमा ४२ हजार ५५ जना पुरुष र ४४ हजार ६४ जना महिला मतदाता रहेकोमा २४ हजार ३३१ महिला र २६ हजार २९३ जना महिलाले मतदानमा भाग लिएका जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले जानकारी दिनुभयो ।सबैभन्दा कम रघुगंगा गाउँपालिका ८ ,को कुइने माध्यमिक विद्यालयमा ३१.८३ प्रतिशत मत खसेको छ । ३३३ जना मतदाता रहेकोमा १०६ मत खसेको छ । सबैभन्दा बढी रघुगंगा गाउँपालिका–४ ,दग्नामको जनता मावि मतदान केन्द्रमा ८४.६५ प्रतिशत मत खसेको छ । यहाँ ७६२ जना मतदाता रहेकोमा ६४५ मत खसेको छ ।अन्नपूर्ण गाउँपालिका–५, को शिख मावि मतदान स्थल बाहेकका मतदान स्थलमा निर्धारित समय साँझ ५ बजे मतदान सकिएको थियो । दिउँसो १२ देखि ४ः३० सम्म मतदान स्थगित भएको शिख माविमा साँझ ७ बजेसम्म मतदान भएको थियो ।
[caption id="attachment_64193" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा भन्दा प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनमा आठ प्रतिशत कम मत खसेको हो । वैशाख ३० मा भएको स्थानीय तह चुनावमा ६६.२३ प्रतिशत मत खसेको थियो । कुल ८५ हजार ३७५ जना मतदाता रहेकोमा ५६ हजार ५४३ मत खसेको थियो । खेतीबालीको काम र बजार क्षेत्रमा रहेका मतदाताहरु मतदान स्थलमा नगएकाले कम मत खसेको बताइएको छ ।अन्नपूर्ण गाउँपालिका–५ ,को प्रभा मावि मतदान केन्द्रमा तेस्रो लिङ्गी दिलु बुद्धुजा र मालिका गाउँपालिका– २, रुमको राष्ट्रिय मावि (क) मतदान केन्द्रमा १०७ वर्षीय जसमनी कामीले मतदान गर्नुभएको छ ।
[caption id="attachment_64202" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_64200" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_64199" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_64198" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_64197" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_64196" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_64194" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_64192" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]