शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • टोड्के हिल रिसोर्टद्धारा जेष्ठ खेलाडीलाई सम्मान
टोड्के हिल रिसोर्टद्धारा जेष्ठ खेलाडीलाई सम्मान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, कात्तिक १९, २०७६
IMG_6316

प्रताप बानियाँ
बेनी ,मंगलबार कार्तिक १९ गते ।

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले खेलकुद क्षेत्रको विकासमा पर्याप्त लगानी र पूर्वाधारको आवश्यकता रहेको बताएका छन् । शनिबार टोड्के हिल रिसोर्ट प्रालिद्वारा आयोजित म्याग्दी जिल्लामा ५० वर्षमाथिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन् ।

उपाध्यक्ष तिम्सिनाले खेलकुद क्षेत्रको विकासका लागि पर्याप्त लगानी र पूर्वाधारको आवश्यकता रहेकोमो जोड दिँदै राष्ट्रिय खेलकुद परिषद खेलकुद क्षेत्रको बृहत्तर विकास गर्न लागिरहेको जानकारी दिए । सोही कार्यक्रममा नेपाल ह्यान्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले खेलकुदले राष्ट्रिय एकतामाथि थप बलियो बनाउने भन्दै खेलकुदका विभिन्न क्षेत्रमा लागेका व्यक्तिहरु समाजमा सजिलै घुलमिल हुन सक्ने बताए । टोड्के हिल रिसोर्ट प्रालिका निर्देशक भीम शेरचनले खेलकुदको माध्यमबाट पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यसहित जिल्लाको उच्च क्षेत्रमा खेलाडी सम्मान तथा ह्यान्डबल सो म्याच प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

खेलकुदको माध्यमबाट पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न विभिन्न खेल विधा अन्तर्गतका खेलाडीहरुलाई टोड्के हिल रिसोर्ट प्रालिले म्याग्दीका पाँचजना खेलाडीहरुलाई सम्मान गरेको छ । म्याग्दी जिल्लामा ५० वर्ष उमेर पुगेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी उनीहरुलाई नेपाल भ्रमण वर्ष–२०२० पूर्वसन्ध्याको अवसर पारेर रिसोर्टद्वारा सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा अन्नपूर्ण गाउँपालिका–६, घोरेपानीका ६३ वर्षीय पौडी खेलाडी क्या। डमबहादुर गर्बुजा पुन, मंगला–१, थाईबाङका ७७ वर्षीय बक्सिङका मानबहादुर बुढाथोकी, रघुगंगा गाउँपालिका–५, झीँका एथ्लेटिक्सका ६२ वर्षीय मिनबहादुर पाईजा, बेनी नगरपालिका–८, बेनीबजारका भलिबलका ५७ वर्षीय मिलन श्रेष्ठ र मंगला गाउँपालिका–५, अर्मनकी भलिबल खेलाडी ५४ वर्षीया कौसिला खत्रीलाई सम्मान गरिएको रिसोर्टले जनाएको छ ।

खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष तिम्सिना, नेपाल ह्यान्डबल संघका अध्यक्ष गुरुङ, टोड्के हिल रिसोर्ट प्रालिका अध्यक्ष मिनबहादुर पाईजाले अबिर लगाई सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए । कार्यक्रममा रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, अन्नपूर्णका अध्यक्ष क्या। डमबहादुर पुन र झीँका वडा अध्यक्ष मनबहादुर शेरपुन्जाले मन्तव्य राखेका थिए ।

कार्यक्रम टोड्के हिल रिसोर्ट प्रालिका अध्यक्ष मिनबहादुर पाईजाको अध्यक्षता, निर्देशक शेरचनको स्वागत र स्थानीय युवा धनबहादुर शेरपुञ्जाको सञ्चालनमा सम्पन्न भएको थियो । यसैबीच सोही कार्यक्रमको अवसरमा नेपाल ह्यान्डबल संघका पूर्व खेलाडीहरुको बिचमा मैत्रीपूर्ण ह्यान्डबल सो म्याच प्रतियोगिता सञ्चालन गरिएको थियो ।


प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६  १५:५७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP