शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • साहारा सहकारीको ११औं साधारण सभा सम्पन्न
साहारा सहकारीको ११औं साधारण सभा सम्पन्न
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, मंसिर १०, २०७९
316357459_2163029700535494_2138189764466859028_n
बेनी ।सदरमुकाम बेनीमा सञ्चालित साहारा बचत तथा ऋण सहकारी संस्थाले ११औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार आयोजित एक समारोहबीच साधारण सभा सम्पन्न गरिएको हो । सभालाई सम्बोधन गर्दै जिल्ला सहकारी संघ म्याग्दीका सदस्य देवीप्रसाद शर्मा (डिपी)ले नेपाली अर्थतन्त्रको एउटा खम्बाको रुपमा सहकारी क्षेत्रले योगदान गरिरहेको तर, सरकारी निकायले भने यसको नियमनमा बेवास्ता गरेको बताएका छन् । “बैंकिङ क्षेत्रको नियमन गर्ने राष्ट्र बैंकले सहकारी क्षेत्रलाई त्यत्तिकै छाड्न मिल्दैन,” साहारा सहकारीका पूर्व अध्यक्ष समेत रहेका शर्माले भने, “वाणिज्य बैंक र विकास बैंकको व्याजदरबारे तीन–तीन महिनामा निर्देशन दिन सक्ने राष्ट्र बैंकले सहकारी क्षेत्रको सन्दर्भ व्याजदरबारे बेवास्ता गर्नु राम्रो होइन ।” सोही कार्यक्रममा बोल्दै सिद्धार्थ बैंक म्याग्दी शाखाका प्रमुख नारायण सापकोटा र प्रभू बैंकका प्रबन्धक विनोद केसीले सहकारी क्षेत्रले मुलुकको अर्थतन्त्रको विकास र रोजगारी सिर्जनामा सहयोग गरेको धारणा राखेका थिए । केही सहकारीमा देखिएका समस्यालाई देखाएर सबै सहकारी बेठीक हुन् भन्ने धारणा बनाउनु उपयुक्त नभएको बताउँदै उनीहरुले विद्यमान ऐन कानुनको सीमाभित्र रहेर संस्था सञ्चालन गर्ने हो भने कुनै पनि समस्या नआउने सुझाव समेत दिएका छन् । सहकारीका कोषाध्यक्ष भगवान् ढुङ्गानाले आर्थिक तथा अध्यक्ष गोरखनाथ सुवेदीले प्रगति प्रतिवेदन प्रस्तुत गरेको साधारण सभामा गत आर्थिक वर्षमा राम्रो कारोबार गरेका उत्कृष्ट कारोबारकर्ताहरु चन्द्रबहादुर घिमिरे, उमानाथ शर्मा र रविना भण्डारीलाई सम्मान गरिएको थियो । यसैगरी विज्ञान विषय समूहबाट कक्षा १२ उत्तीर्ण गरेका शेयर सदस्य प्रभास सुवेदीलाई प्रशंसापत्र र नगदसहित सम्मान गरिएको थियो । गत आर्थिक वर्षमा ४३ करोड रुपैयाँको कारोबार गरेको सहकारीले छ करोड ३७ लाख निक्षेप तथा चार करोड ९२ लाख लगानी गरेको संस्थाका कोषाध्यक्ष भगवान् ढुङ्गानाले जानकारी दिए । साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गोरखनाथ सुवेदीले कोरोना महामारीको समस्या, तरलता अभाव र अन्य समस्याका बाबजूद सहकारीले शेयर सदस्यलाई १४ प्रतिशत नगद लाभांश वितरण गरेको जानकारी गराएका थिए । सदरमुकाम बेनीको क्याम्पसचोकमा २०६८ सालमा स्थापित साहारा बचत तथा ऋण सहकारी संस्थामा हाल १ सय ४२ जना शेयर सदस्यहरु रहेका छन्भने एक करोड १२ लाख रुपैयाँ शेयर पुँजी रहेको छ । सहकारीका अध्यक्ष गोरखनाथ सुवेदीको अध्यक्षता, सञ्चालक समिति सदस्य रविप्रसाद शर्माको स्वागत तथा सचिव टेकप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न साधारण सभाको बन्दसत्रमा शेयर सदस्यहरुबीच अन्तरक्रिया गरिएको थियो ।
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  २०:४९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP