शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • जस्तापाटा बोकेर मतदाता भेट्न पुगे नवनिर्वाचित सांसद जुग्जाली
जस्तापाटा बोकेर मतदाता भेट्न पुगे नवनिर्वाचित सांसद जुग्जाली
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, मंसिर १६, २०७९
resham-jukjali
कुहुँ । धेरै जनप्रतिनिधिहरुलाई चुनाव जितेपछि गाउँ नफकिएको र मतदातालाई बेवास्ता गरेको आरोप लाग्ने गरेको छ । चुनाव जितेर गाउँमा जाँदा पनि धेरैले भोजभतेर गर्ने र तडकभडक देखाउने गर्दछन् । मतदातालाई धन्यवाद दिन र जितको खुसी साट्ने क्रममा म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित रेशमबहादुर जुग्जालीले फरक शैली अपनाउनुभएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट उमेद्वार बनेर प्रदेशसभा सदस्यमा निर्वाचित नेकपा (माओवादी केन्द्र)का म्याग्दी जिल्ला संयोजक जुग्जालीले रचनात्मक काम गरेर विजयउत्सव मनाउन थाल्नुभएको छ ।भोजभतेरको खर्च कटाएर विपन्न मतदातालाई सहयोग पुग्ने किसिमको काम गरेर विजयउत्सव मनाउन लागेको जुग्जालीले बताउनुभयो । [embed]https://youtu.be/2WbHij3wY-E[/embed] मंगला गाउँपालिका–१ कुहुँको भिरकटेराका फाले र रतिकला फगामीको जिर्ण घर मर्मतका लागि जुग्जाली जस्तापाटा बोकेर बिहिबार त्यहाँ पुग्नुभयो । ७६ वर्षका फाले बोल्न नसक्ने अपाङ्ग हुनुहुन्छ । उहाँकी ७७ वर्षीया श्रीमति रतिकला पनि लडेर हिडडुल गर्न सक्ने अवस्थामा हुनुहुन्न । उहाँहरुको ढुंगा, माटो र काठले बनेको दुई तले घर जिर्ण बनेर भत्कने अवस्थामा छ । खरले छाएको पिढिको छानो चुहिने भएपछि बाहिर पलास्टिक राखेका छन् र फगामी दम्पतीलाई छोरी तिलकुमारी पुनले स्याहार सुसार गर्दै आउनुभएको छ । तिलकुमारी उहाँहरुका एकमात्र सन्तान हुनुहुन्छ । आफ्नै जग्गा जमिन नभएका उनिहरुको आम्दानीको स्रोत सामाजिक सुरक्षा भत्ता मात्रै हो । आर्थिक अभावका कारण घर मर्मत गर्न सकेका थिएनन् । जिर्ण घरमा जोखिम मोलेर बस्दै आउनुभएको छ । जिर्ण घर मर्मतका लागि जुग्जालीले फगामी दम्पत्तीलाई ३६ थान ८ फुटको जस्तापाटा उपलब्ध गराउनुभएको हो । “भोज, भतेर गर्ने खर्चले केही रचनात्मक काम गरेर विजयउत्सव मनाउनुपर्छ भन्ने सुझाव र मेरो बिचार अनुसार दुख पाएका नागरिकलाई सहयोग गर्ने कार्यक्रम बनाएको छु,” उहाँले भन्नुभयो “साथी भाई र आफन्तले उपलब्ध गराएको सहयोग सामाजिक क्षेत्रमा खर्चीएको हो ।“ मंगला, मालिका र धवलागिरी गाउँपालिकामा एकरएक वटा कार्यक्रम गर्ने जुग्जालीले बताउनुभयो । नेपाली कांग्रेसका स्थानीय नेता रिप्रसाद पुन (रविन), नेकपा माओवादी केन्द्रका पृथीलाल विक, नविन किसान लगायतले नवनिर्वाचित प्रदेश सांसद जुग्जालीलाई फगामी दम्पत्तीको समस्याका बारेमा जानकारी गराउनुभएको थियो । फगामीका छोरी तिलकुमारीले जिर्ण घर मर्मतका लागि सांसदनै जस्तापाटा बोकेर घर आएकोमा अचम्म लागेको बताउनुभयो । “सांसदले चुनाव जितेपछि गाउँमा मुख देखाउदैनन भन्ने सुनेको थिए,” तिलकुमारीले भन्नुभयो “उहाँ ९रेशम जुग्जाली० त सांसद भएर पनि आफै जस्तापाटा बोकेर हाम्रै घरमा आएको देख्दा अचम्म लाग्यो ।” नेपाली काँग्रेस र माओवादी स्थानीय कार्यकर्ताहरुले श्रमदान गरेर जस्तापाटा फेरिदिने काँग्रेसका नेता पुनले बताउनुभयो । फाले फगामी र रिमतिले जिर्ण घर मर्मत हुन लागेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँहरुले नवनिर्वाचित सांसद जुग्जालीलाई आर्शिवाद दिनुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १८:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP