शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिताको उद्घाटन
अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिताको उद्घाटन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, मंसिर २०, २०७९
jci-football
बेनी । म्याग्दीमा बीसौं अन्तरमावि जेसिज कप फुटबल प्रतियोगिता सुरु भएको छ । मंगलबार उक्त प्रतियोगिताको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । प्रतियोगिता आगामी मंसिर २५ गते सम्म सदरमुकाम बेनी स्थित खुल्ला मञ्चमा संचालन हुनेछ । प्रतियोगितामा जिल्लाका विभिन्न १८ विद्यालयले सहभागीता जनाएका छन् । म्याग्दी जेसीजले हरेक बर्ष आयोजना गर्ने यस प्रतियोगितालाई यस बर्ष गौमती खत्री विकास कोषले मुख्य प्रायोजकको रुपमा आर्थिक सहयोग गरेको छ । प्रतियोगिताको उद्घाटन गर्दै मेयर केसीले जिल्लामा फुटवल खेलाडीहरुको उत्पादन र खेलप्रतिको आकर्षण बढाउन जेसीज कप प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । ‘‘ २० औँ संस्कणसम्म निरन्तर प्रतियोगिता आयोजना गर्नु आफैमा गौरवको बिषय हो, विद्यालय तहदेखि नै विद्यार्थीहरुमा अहिले फुटवल प्रतिको मोह यसै प्रतियोगिताले बढाएको हो, खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले खुलामञ्चलाई मिनि रंगशाला बनाउने योजनाालाई पूर्णता दिनतर्फ आबश्यक पूर्वाधार निर्माणमा अगुवाई गरेको छ’’–मेयर केसीले भन्नुभयो ।प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पुरस्कार प्रदान गरिने म्याग्दी जेसीजका अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद रु २ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ भने अनुशासित टिमलाई नगद रु ७ हजार ७ सय ७७ को साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठले प्रतियोगिताको आयोजक म्याग्दी जेसीज भएपनि सवै जिल्लाबासी र सरोकारवालाहरुले साझा प्रतियोगिताको रुपमा लिएकाले नै जेसीजकपको निरन्तरता सम्भव भएकामा जोड दिनुभयो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी र म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले जिल्लामा फुटवल खेलको विकासमा जेसीज कपको योगदानको चर्चा गर्दै खेलाडीहरुलाई अनुशासित भएर खेल खेल्न आग्रह गर्नुभयो । म्याग्दी जेसीजका शाखा अध्यक्ष खत्रीको अध्यक्षता, प्रतियोगिताका मुल संयोजक दिनेश बानियाँको स्वागत र महासचिब विश्मा श्रेष्ठको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कक्षा १० सम्मका विद्यार्थी खेलाडीहरुले सहभागीता जनाउने जेसीज कप फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । जेसीजकप फुटवल म्याग्दीमा विद्यालय तहमा हुने जिल्ला स्तरीय खेल प्रतियोगिताहरुमध्येमा चर्चित मानिन्छ । यस पटक आयोजकले खेल खेल्ने क्रममा घाईते हुने खेलाडीको उपचारका लागि दुर्घटना विमाको समेत व्यवस्था गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  २०:०५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP