शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • जेसीज कपको उपाधी छिस्बाङको शारदा माविलाई (फाेटाे फिचर )
जेसीज कपको उपाधी छिस्बाङको शारदा माविलाई (फाेटाे फिचर )
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, मंसिर २४, २०७९
DSC_0158
बेनी । २० औं अन्तरमावि जेसिज कप फुटबल प्रतियोगिताको उपाधी शारदा माविले जितेको छ । शनिबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा बेनीको प्रकाश माविलाई पराजित गर्दै मंगला गाउँपालिका वडा नम्बर ५ स्थित छिस्बाङको शारदा माविले उपाधी हात पार्न सफल भएको हो । फाइनल खेलमा प्रकाश माविलाई १ का विरुद्ध दुई गोल गर्दै शारदा मावि विजयी भयो । [caption id="attachment_64536" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] यसै बर्ष मात्रै कक्षा १० को पठनपाठन सुरु गरेको शारदा माविले गत बर्षदेखि मात्रै जेसीज कपमा सहभागीता जनाएको थियो । बेनीको खुलामञ्चमा भएको फाइनलको पहिलो हाफमा प्रकाश माविले १ गोल गर्दै शारदा माविलाई दबाबमा राखेको थियो । दोस्रो हाफमा लयमा फर्किएका शारदा माविका खेलाडीहरुले दुई गोल गरी प्रकाश माविलाई १ गोलमै रोकेपछि जेसीजकपको उपाधी चुमेका हुन् । [caption id="attachment_64533" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] उपाधी हात पारेको शारदा माविले जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५२ हजार २२२ रुपैयाँ र उपबिजेता प्रकाश माविका खेलाडीहरुलाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद ३२ हजार २२२ रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष लालमणी भण्डारी, पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्री, संस्थापक अध्यक्ष एवम बेनी नगरपालिका–७, का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले बिजेता र उप–बिजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो । [caption id="attachment_64539" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] फाइनल खेलमा शारदाका सिमन सिउथानी उत्कृष्ट खेलाडी घोषित हुँदा उत्कृष्ट गोलरक्षकको पुरस्कार शारदाकै देबेन्द्र पुर्जाले हात पारे । प्रतियोगितामा प्रकाश माविका रिजन पुनले सर्वाधिक गोलकर्ता र उत्कृष्ट मिडफिल्डरको पुरस्कार पाउन सफल भए भने प्रकाश माविकै सुमन पुन उत्कृष्ट डिफेन्डर र सन्देश तामाङ उत्कृष्ट स्ट्राइकर बन्न सफल भए । प्रतियोगितामा केबी एकेडेमीका दिक्षित पुन राइजिङ प्लेयर, बालमन्दिर आधारभुत विद्यालयका शिक्षक बिर्सना चोखाल उत्कृष्ट कोच र केवी एकेडेमी अनुशासित टिमको रुपमा पुरस्कृत भएका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद २ हजार ५ सय रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ भने भने अनुशासित टिमलाई नगद ७ हजार ७ सय ७७ रुपैयाँको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । [caption id="attachment_64535" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] गत मंसिर २१ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न १८ विद्यालयले सहभागीता जनाएका थिए । म्याग्दी जेसीजले हरेक बर्ष आयोजना गर्ने यस प्रतियोगितालाई यस बर्ष गौमती खत्री विकास कोषले मुख्य प्रायोजकको रुपमा आर्थिक सहयोग गरेको थियो । ‘‘जेसीजकप फुटबल म्याग्दीको शान–प्रतिभाको पहिचान र क्षमता प्रस्फुटन’’भन्ने मुल नाराका साथ सञ्चालन गरिएको प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थी खेलाडीहरुले सहभागीता जनाएका थिए । [caption id="attachment_64538" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64537" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64532" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64530" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64528" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64529" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64527" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64526" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64525" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption]  
प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  १८:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP