शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • सांसदद्धय गर्बुजा र भण्डारीलाई दग्नाममा सम्मान (तस्बिरहरु)
सांसदद्धय गर्बुजा र भण्डारीलाई दग्नाममा सम्मान (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, मंसिर २५, २०७९
IMG_6569 copy
बेनी । म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधि सभा सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ र गण्डकी प्रदेश सभा सांसद हरी भण्डारीलाई रघुगंगा गाउँपालिका–४, दग्नाममा सम्मान गरिएको छ । शनिबार नेपाली कांग्रेस वडाइकाई दग्नामको आयोजनामा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका खमबहादुर गर्बुजा ‘खम्बिर’ र प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र ‘क’ बाट निर्वाचित नेकपा माओवादी केन्द्रका हरीबहादुर भण्डारीलाइ दग्नाममा मतदाता र आफन्जनतले सम्मान गर्नुभएको हो । मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीमा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार विजयी भएपछी मतदातालाई धन्यवाद र मतदातालाई भेत्न गाउँ पसेका छन् । सम्मान तथा बधाई कार्यक्रममा सम्बोधन गर्दै प्रतिनिधि सभा सांसद गर्वुजाले गठवन्धनलाई विश्वास गरेर भोट दिई विजयी बनाउने जिल्लाबासीहरुलाई आभार प्रकट गर्दै म्याग्दीले विकास र परिवर्तन चाहेकाले त्यसलाई पुरा गर्ने वाचा गर्नुभएको छ । ‘चुनावी अभियानका क्रममा जनतासंग गरेका बाचाहरु पुरा गर्न आफु प्रतिवद्ध भएर लाग्ने छौ’, उहाँले भन्नुभयो । प्रदेशसभा ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य नेकपा माओवादी केन्द्रका हरी भण्डारीले मतदातालाई धन्यवाद दिदै जनताले दिएको मतको उपेक्षा नहुने गरि काम गर्ने बताउनुभयो । गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली काँग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी (केवी), नेपाली काँग्रेस म्याग्दीका सचिब तथा नेपाल राष्ट्रिय मगर संघ म्याग्दीका अध्यक्ष हिरा बहादुर पुन, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य अनोद श्रेष्ठ महाधिवेशन प्रतिनिधि तथा वरिष्ठ अधिबक्ता चिरञ्जीवी शर्मा, महाधिवेशन प्रतिनिधि तथा नेपाल तरुणदल म्याग्दीका अध्यक्ष मुकन्द छन्त्याल, नेपाल राष्ट्रिय मगरसंघ केन्द्रिय सदस्य तथा रघुगंगा गाँउपालिका निवर्तमान उपाध्यक्ष कमला तिलिजा, नेपाली कांग्रेस रघुगंगा गाँपालिका कार्यसमितिका सभापति तथा वडा नम्बर ६का वडा अध्यक्ष मनकुमार सेरपुजाले गठबन्धनबाट विजयी भएकाहरुलाई जनता र संविधानको पक्षमा दृढताका साथ उभिनु पर्ने भन्दै बधाई तथा शुभकामना सहित सडक, खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य लगायतको विषयमा तिनै तहको सरकारसंग समन्वय गरेर समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । कार्यक्रमा जनता मावि दग्नामका प्रधानाध्यपक गुन पुन, सिद्धभुमे आमा समुहकी अध्यक्ष रिमती तिलिजा र दग्नाम नाङ्गीदेबी आमा समुहकी उपाध्यक्ष मैना गर्बुजा पुन लगाएतले मतदाताको चाहना कृषि उत्पादन वृद्धिका लागि सिँचाइको सुविधा, समयमा मलको व्यवस्था, अहिले सूचना प्रविधिको समयमा बालबालिका तथा युवालाई सहज पहुँच पुग्ने गरी रोजगारीमूलक प्राविधिक शिक्षा एवं रोजगारीको सिर्जना गर्नुपर्ने माग सहित स्थानीय विकास निर्माणमा विशेष जोड दिन आग्रह गर्नु भएको थियो । नेपाली कांग्रेस वडा ईकाइ सभापति कृष्ण गर्बुजको अध्यक्षता रघुगंगा गाँउलिका–४ दग्नामका वडा अध्यक्ष पविन गर्बुजाको स्वागत र नेपाली कांग्रेस रघुगंगा कार्यपालिका कार्यसमितिका सचिब मोहन तिलिजाले सञ्चालन गरेको कार्यक्रममा दग्नाम नौमति बाजा समुह, पुर्ख्यौली समुह र आमा समुहले बिभिन्न नृत्य प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  ११:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP